Entertainment.
»
नेपाली चलचित्रमा अस्लिल शव्द बढ्यो ‘द लास्ट किस’ पनि त्यस्तै (भिडियो सहित)
नेपाली चलचित्रमा अस्लिल शव्द बढ्यो ‘द लास्ट किस’ पनि त्यस्तै (भिडियो सहित)
चलनचल्तीका तर छाडा मानिने शव्द तथा वाक्यांशको प्रयोग गरेर चलचित्र हिट हुन थालेपछि यसको प्रयोग गरि चलचित्र निर्माण गर्ने क्रम बढ्न थालेको छ । यस्तै गरि निर्माण गरिएको चलचित्र चलचित्र ‘लूट’ले नेपाली चलचित्र बजार तताएपछि यौनलाई मुख्य विषय बनाएर चलचित्र निर्माण गर्ने क्रम बढेको छ । चैत पहिलो साता खुबै ‘यौन मनोविज्ञान भएको’ हल्लाखल्ला सहित रिलिज गरिएको चलचित्र ‘चपली हाइट’ ले पनि केहि हदसम्म आम्दानी गर्यो । तर केहि दर्शकहरुले त पैसा कमाउने बाटो समेत भने ।
आगामी अप्रिल १५ देखि वल्र्ड रिलिज गर्ने भन्दै चलचित्र ‘द लास्ट किस’को पनि सोसियल मिडियामा निकै प्रचार गरएको छ । युट्युबमा अपलोड गरिएको १ मिनेट १३ सेकेण्ड लामो प्रोमोमा आवाजलाई डिस्टोर्ट गरिएको छ केही ‘उत्तेजक’ दृश्यहरुलाई जोडेर प्रस्तुत गरिएको छ । प्रोमोमा चलनचल्तीमा रहेका तर अश्लिल मानिने शव्दको खुब प्रयोग छ ।
नायिका शोभिता सिम्खडा र पुष्करजंग थापाको मुख्य भुमिका रहेको ‘द लास्ट किस’मा सुरेश चौधरी, इस्मिता थापा, सृजना राई, अनुशा राई, किरण बराल, बिक्रम परियार, लक्ष्मण परयार, प्रज्वल घिमिरे, सुमन राई, उद्दव थापा र बोबी रोजा लगायतका कलाकारको अभिनय छ । सन्तोष तथा नगेन्द्र राजवंशीको संगीत रहेको यो चलचित्रको युवराज खत्रीले निर्माण गरेका हुन् । चलचित्रका निर्देशक बीबी फुयाँल हुन् । नयाँ धारका चलचित्र भन्दै रोमान्स, सेक्स, थ्रिलर र एक्सनलाई विषयबस्तु बनाएका नयाँ चलचित्रमा कला पक्ष कमजोर भएको र बढी नै बजारमुखी भएको आरोप लागिरहेका बेला बनिरहेका नयाँ चलचित्रमा यो झन् बढ्दै गइरहेको छ । चलचित्र निर्माण कम्पनीले युट्युवमा राखेको प्रोमो हेर्न यहा क्लिक गर्नुहोस् ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind