बोक्सी!!!! के यो साच्चै नै हुन्छ त ?(भिडियो सहित)


 "कति कठोर हुदो रहेछ यो मान्छेको मन, कि सास चाहियो कि लास चाहियो "

बोक्सी!!!! के यो साच्चै नै हुन्छ त ? MEROMIND  मा केहि समय अघि  देखि यसको बारेमा चर्चा गर्ने छु भनेको थिए | आज  बोक्सीको बारेमा नै कुरा गर्दै छौ | के तपाईलाइ बिश्वाश लाग्छ  बोक्सी भन्ने कुरा ? बास्तबमा बोक्सी छ या छैन ? बोक्सीको बारेमा सहर तिर बस्ने मानिसलाइ   त्यति थाह नभए पनि ग्रामिण भागमा बस्ने धेरै मानिसहरुले बोक्सी हुनेमा बिश्वाश गर्दछन |
त गाउघर मा भने कसैको घरमा मान्छे  बिरामी  भयो भने पनि झाक्री लगाएर बोक्सी लागेको भनेर नानाथरि कुराले मनिषलाई यातना दिदै आयको पाउछौ , तर बस्ताबमा म पनि गाउमा जन्मेको मान्छे भएको ले बोक्सीको बारेमा त धेरैनै सुनियो, सुनिन्थ्यो बच्चा  बेलामा  बोक्सीका कथाहरु धेरैनै  | फलानो त बोक्सी रे, दिस्कनो  त बोक्सी |  यस्ता धेरै कुरा सुनियो |  बोक्सीको नाममा साधारण व्यक्तिलाई दु:ख दिने प्रचलनले गर्दा आज बोक्सी भन्ने केहि होइन यो त केवल समाजमा रहेका दुखिहरुलाई, दरिद्रीहरुलाई दुख दिन बनाएको कुरा भने जस्तो भान  भैसकेको छ | तर यथार्थमा बोक्सीको अस्तित्व छ वा छैन म पनि यसै भन्न भने सक्दिन | तापैहरुलाई के लाग्छ म  गाउमा जन्मियको हुनाले बोक्सी भन्ने हुन्छ जस्तो लाग्छ, अनि आफुले प्रतक्ष नदेखेकोले यो बोक्सी भन्ने हुदैन जस्तो पनि लाग्छ  | बोक्सीको बारेमा धेरैलाई यातना दियको धेरै ठाउमा अझै पनि सुनिन्छ र धेरै मिडियामा  पनि  बोक्सीको नाममा मानिसलाई धेरै तद्पाएर राखेको र कति त त्यस्तो दुर्व्यवहार बाट मृत्यु भएको खबर पनि सुन्नमा आउछ   |  विभिन्न बहाना बनाएर हिजो आज बोक्सी भनि personal रिसिबी को बदला लिन पनि बोक्सी को आरोप लगाइने  गरेको छ भने  दुखि गरिब तथा कमजोर हरुलाई पनि बोक्सी भन्ने आरोप लगाइने गरेको पाइन्छ | 

थाहा छ के हो त बोक्सी ?
 गाउ घरको बोलीचाली  वा चलीआएको कथन ,सामान्य अर्थमा  बोक्सी भन्नाले उसको बनावट नै अर्को हुने होइन उ पनि हामी जस्तै मानिस  हो तर उ संग असाधारण शक्ति हुन्छ भन्ने सुन्न सकिन्छ  | आफु संग भएको यस्तो असाधारण शक्तिको  दुरुपयोग गरि अरुलाई दुख  दिने काम गर्नेलाई बोक्सी भनिन्छ |  


 भनिन्छ! धामी र बोक्सीसंग भयको असाधारण सक्ति वा उनिहरुले  पढेको बिध्या (पाठ, शिक्षा ) एउटै हो रे  | फरक  यत्ति हो, एउटाले मानिसको लागि हित हुने काममा आफ्नो शक्ति अनि बिध्याको सदुपयोग गर्छ भने अर्कोले अरुलाई दुख दिने काममा आफ्नो ज्ञान प्रयोग गर्छ |  वास्तविकमा  बोक्सीको र धामीको   कुनै पनि साधारण मान्छेले केहि बिगार्न सक्दैन भन्ने गरिन्छ  | हत्पत्ति  येही नै बोक्सी भनेर चिन्न पनि गार्हो हुन्छ | हामीहरुले देखेको र समाजले भनेको सबै बोक्सी नै हुन् भन्न नै मिल्दैन बोक्सी संग यति शक्ति हुन्छ कि आफ्नो प्रतिरक्षा को लागि जे पनि उपाए अपनाउन  सक्छ भन्छन  |

यो बोक्सी भन्ने मानिसमा भएको मान्यता नेपालमा मात्र  होइन विश्वका हरेक देशमा रहेका व्यक्तिहरुले पनि बोक्सीमा बिश्वाश गर्दछन | नपत्याए तलको भिडियो हेर्नुस अनि विकिपीडियामा बोक्सीको बारेमा पढ्न यहाँ Click गर्नुस   |


यस्तै यस्तै धेरै कुराहरु होलान मैले लेखना छुतायाको भए अनि यस सम्बन्धि तपाई हजुलाई थाहा छ भने पनि हामीलाई लेखि पठाउन सक्नु हुन्छ ! तर  अहिले यो भिडियो हेर्नुस, जहाँ एउटा परिवारको ५ जना लाइ बोक्सीको आरोपमा गाउलेले जलाउदै छन् |



  यो भिडियो हेरी सके पछी तपाइलाई पनि मलाई जस्तै यो बोक्सी भन्ने हुदैन , यो भिडियो मा देखियको मानिसहरु निर्दोस छन्  | यदि हो भने पनि परिवारको एक जना होला दुइ जना होला तर , यो एक जना को गल्तीले सबै परिवारलाई जिउदै जलौना अमानबिय काम हो जस्तो लाग्छ  |  नेपालमा पनि यसरि जलेको खबर्नै त मैले थाहा पाएको छैन तर बिभिन्न्न अनैतिक दुख दिने गरेको धेरै पाइन्छ  | बिसेस ग्रामिन भेग अनि तपाई तिर भने अलि बधिनाइ  पाइन्छ  | के यस्तो गर्न ठिक हो त ? यसरि चै बोक्सी छ भने पनि हट्छ त ? तपाइलाई के लाग्छ तपाई को विचार छ भने हामीलाई पठाउन सक्नु हुन्छ  | आजलाई यतिनै गरौ अब तपाई हरुको पत्रको र तपाइको बिचारको पर्खी मात्र हो  | तपाईले सक्नु हुन्छ भने यसलाई धेरै भन्दा धेरै सेयर गरेर सहायोग गर्न सक्नु हुन्छ  |

(माथिको लेखहरु सबै यथार्थ हुन् भन्ने छैन यसबाट कोहि कसैमा असर पर्न गएमा क्षमा प्राथी छौ )  

,

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind