बाल मैत्री गाविस बनाउन काभ्रेको खनालथोकमा वडा स्तरीय अभिमूखिकरण तालिम ।।
प्रकाश सुन्दास,काभ्रेपलाञ्चोक
गाविसलाई बाल मैत्री बनाउने उद्देश्यले आजबाट काभ्रेपलाञ्चोक जिल्लाको खनालथोक गाविसमा वडा स्तरीय अभिमूखिकरण तालिम शुरुभएको छ । गाविसको आर्थिक सहयोगमा गाविस बाल सञ्जाल खनालथोकले आयोजना गरेको तालिम प्रत्येक वडामा १÷१ दिन सञ्चालन हुने छ । अभिमूखिकरण तालिममा बालमैत्री स्थानीय शासनका विषयमा छलफल र अन्र्तक्रिया हुने बताइएको छ । त्यस्तै प्रत्येक वडाका अभिभावक, बालबालिका, फरक क्षमता भएका बालबालिका तथा व्यक्तिहरुलाई बाल अधिकार र बाल महासन्धी सम्बन्धी प्रशिक्षण दिने बाल सञ्जाल खनालथोकका अध्यक्ष अशोक खनालले जानकारी दिनुभयो । वडा नम्बर १ बाट शुरु भएको अभिमुखिकरण तालिममा सहभागि भएका मध्येबाट ११ सदस्यीय बाल मैत्री स्थानीय शासन वडा समिति समेत गठन गरिने प्रशिक्षक समेत रहनुभएका अध्यक्ष खनालले बताउनुभयो ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind