बम राखेर सर्वसाधारणलाई आतंकित पार्ने ३ पक्राउ

काठमाडौंका विभिन्न ठाउँ र सवारी साधनमा बम राखेर सर्वसाधारणलाई आतंकित पार्ने ३ जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा नेपाल कम्युनिष्ट पार्टी पिपुल्स वार ग्रुपका महामन्त्री नुवाकोट बालकुमारी ७ का मनिष तथा रणवीर भनिने कमल खतिवडा, उपत्यका इर्न्चाज हल्देकालिका ८ का २९ वषिर्य समिप भनिने रजमान तामाङ र सदस्य उतवेसीं ६ का अजय भनिने चुडा मोक्तान रहेका छन् । उनीहरू पूर्व माओवादी कार्यकर्ता रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाले विहीवार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको थियो । उनीहरुको साथबाट प्रहरीले बम राख्न प्रयोग गरिएको मोटरसाइकल, पर्चाहरु, मोइबल, बम बनाउन प्रयोग हुने सकेट बरामद गरेको छ ।
उनीहरुले बुधवार काठमाडौंको विभिन्न स्थान र सार्वजनिक यातायातका साधनहरुमा वम राखेको सुचना संचार माध्यमहरु बाट प्रेशित गरेका थिए ।
वम राखेको सुचनामा गरिएको तत्काल प्रहरी प्रतिकृया अन्तर्गत  गोकर्ण, तिलिङ्गेटार, चावहिल, धादिङ्ग र नुवाकोटमा फेला पारिएका शंकास्पद विष्फोटक पदार्थहरु विष्फोटन विशेषज्ञहरुको सहयोगमा सुरक्षित रुपमा निष्कृय गरिएको थियो ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind