सहकारी सम्बन्धि शिक्षा


लेखा सिद्धान्त, अवधारण र उद्देश्य 

परिचय र परिभाषा :
व्यवसायको आर्थिक कारोबारको व्यवस्थित अभिलेखबाट यसमा संलग्न व्यवसायी, साहु, लगानीकर्ता, सरकार एवं अनय सम्बद्ध निकायहरुलाई वास्तविक स्थितिको बोध गराउन सकिन्छ । लेखा भन्नु नै दैनिक रुपमा कारोबारको व्यवस्थित अभिलेख राखी व्यवसायको आर्थिक स्थितिको चित्रण गर्नु हो । आर्थिक स्थितिको जनकारी मासिक, चौमासिक, अर्ध वार्षिक एवं वार्षिकरुपमा आवश्यकता अनुसार दिन सकिन्छ । त्यसैले लेखालाई व्यवसायमा सूचना प्रवाहगर्ने माध्यमको रुपमा लिइएको छ । 

आर्थिक स्थितिकादुई पक्ष, नाफा नोक्सान र सम्पति दायितवको जानकारीबाट व्यवसाय स)चालनको निर्णय प्रक्रियामाटेवा पुग्दछ । नाफा नकमाउने संस्थामा पनि संस्थाको उद्देश्य बमोजिम कार्य संचालन गर्दा चाहिने खर्च परिपुर्ति गर्ने आय छकि छैन, आर्थिक स्थिति कस्तो छ जस्ता विवरणको आवश्यकता हुने हुँदा व्यवस्थित अभिलेखको जरुरी हुन्छ । 
श्रोतको समुचित परिचालन र अपेक्षित लगानीमा लेखाको महत्वपूर्ण योगदान रहेको हुन्छ । यसप्रकार आर्थिक कारोबारहरुको क्रमवद्ध,नियमित, व्यवस्थित अभिलेखलाई लेखा भनिन्छ । आर्थिक कारोबार भनेको दूई पक्षका बीचमा निश्चित मौद्रिक मूल्य अंकित वस्तु, सेवा, विचारको विनिमयलाई भनिन्छ ।
आर्थिक कारोबारको लागि सामान्यतया–
क) दुई पक्ष (क्रेता र विक्रेता, साहु र आसामी, लिने र दिने व्यक्ति) हुनुपर्छ ।
ख) दुई पक्षका बीच (वस्तु, सेवा, विचारको) लेनदेन भएको हुनुपर्छ ।
ग) त्यस्तो लेनदेन निश्चित मौद्रिक मूल्यमा अंकित भएको हुनुपर्छ ।
परिचय र परिभाषा ः
व्यवसायको आर्थिक कारोबारको व्यवस्थित अभिलेखबाट यसमा संलग्न व्यवसायी, साहु, लगानीकर्ता, सरकार एवं अनय सम्बद्ध निकायहरुलाई वास्तविक स्थितिको बोध गराउन सकिन्छ । लेखा भन्नु नै दैनिक रुपमा कारोबारको व्यवस्थित अभिलेख राखी व्यवसायको आर्थिक स्थितिको चित्रण गर्नु हो । आर्थिक स्थितिको जनकारी मासिक, चौमासिक, अर्ध वार्षिक एवं वार्षिकरुपमा आवश्यकता अनुसार दिन सकिन्छ । त्यसैले लेखालाई व्यवसायमा सूचना प्रवाहगर्ने माध्यमको रुपमा लिइएको छ । 
आर्थिक स्थितिकादुई पक्ष, नाफा नोक्सान र सम्पति दायितवको जानकारीबाट व्यवसाय स)चालनको निर्णय प्रक्रियामाटेवा पुग्दछ । नाफा नकमाउने संस्थामा पनि संस्थाको उद्देश्य बमोजिम कार्य संचालन गर्दा चाहिने खर्च परिपुर्ति गर्ने आय छकि छैन, आर्थिक स्थिति कस्तो छ जस्ता विवरणको आवश्यकता हुने हुँदा व्यवस्थित अभिलेखको जरुरी हुन्छ । 
श्रोतको समुचित परिचालन र अपेक्षित लगानीमा लेखाको महत्वपूर्ण योगदान रहेको हुन्छ । यसप्रकार आर्थिक कारोबारहरुको क्रमवद्ध,नियमित, व्यवस्थित अभिलेखलाई लेखा भनिन्छ । आर्थिक कारोबार भनेको दूई पक्षका बीचमा निश्चित मौद्रिक मूल्य अंकित वस्तु, सेवा, विचारको विनिमयलाई भनिन्छ ।
आर्थिक कारोबारको लागि सामान्यतया– 
क) दुई पक्ष (क्रेता र विक्रेता, साहु र आसामी, लिने र दिने व्यक्ति) हुनुपर्छ ।
ख) दुई पक्षका बीच (वस्तु, सेवा, विचारको) लेनदेन भएको हुनुपर्छ ।
ग) त्यस्तो लेनदेन निश्चित मौद्रिक मूल्यमा अंकित भएको हुनुपर्छ ।
व्यवसायको भाषाः 
लेखा बिना व्यवसायको बोध गर्न नसकिने हुँदा लेखा व्यवसायको भाषा हो । लेखाको प्रयोग प्राचीन समय देखि नै भएको पाइन्छ । आधुनिक लेखा पद्धतिको शुरुवात सन् १४९४ मा इटालिका Luca DE Bourga Pacioli Summa De Arethetica नामक पुस्तक प्रकाशित गरी गरेका हुन् । उक्त पुस्तकमा “Accounting of Vanice” सम्बन्धी पाठ समावेश थियो । 
पेसियोलीको प्रकाशन पछि James Pule द्वारा ऋण र धनी (DEBTOR and Creditor) सम्बन्धी लेखाराखिने पुस्तकको प्रकाशन भयो । सन् १७९५ ई. को ] Edward James  को प्रकाशन पनि महत्वपूर्ण मानिन्छ । नेपालको व्यवसायिक तथा आर्थिक क्षेत्रमा वि.सं १९४४ देखि नेपाल बैंक लिमिटेडको स्थापना भएपछि दोहोरो लेखा प्रणली लागु भएको देखिन्छ । 
सरकारी क्षेत्रमा आर्थिक वर्ष २०१९÷२० सालदेखि नेपाल सरकारको नयाँ श्रेस्ता प्रणलीको रुपमा यो लागु भयो । यसभन्दा अघि वि.सं. १९३६ सालमा खरदार गुणबन्तले प्रादुर्भाव गरेको “स्याहा श्रेस्ता प्रणली” को आधारमा राजस्व र खर्चको लेखा राखिने गरिनथ्यो । 
लेखाको गम्भीरता अध्ययन गरी सन् १९४१ मा American Institute of Certified Public Accountants नामक संस्थाले यसरी परिभाषित गरेका छ, लेखा भनेको मौद्रिक र मौद्रिक सरह कारोबारहरुको अभिलेख, वर्गीकरण, संक्षेपीकरण र प्रस्तुतीकरण गर्ने कला हो । 
“The art of recording, classifyng, and summarizing in a significant manner and in terms of money transactions and events which are in part at least of a financial character and interpreting the results there of.” 
यसरी लेखा निम्न कार्य क्षेत्रमा केन्द्रीत रहेको पाइन्छ ।
क) अभिलेखः कारोबारको व्यवस्थित अभिलेख जसको शुरुवात गोश्वारा भौचरबाट गरिन्छ ।
ख) वर्गीकरणः कारोबारको अभिलेखलाई विभिन्न खाताहरुमा वर्गीकरण गरी प्रविष्टि गरिन्छ ।
ग) संक्षेपीकरणः विभिन्न खाताहरुमा प्रविष्टि गरिएका अभिलेखलाई हिसाब परीषा सूची, आय विवरण, स्थिति विवरणको माध्यमबाट संक्षेपीकरण गरिन्छ ।
घ) आर्थिक कारोबारः आर्थिक पक्षसँग सरोकार राख्ने कारोबारहरु मात्र अभिलेख गरिन्छ ।
ङ) प्रस्तुतीकरणः आर्थिक विवरणको प्रस्तुतीकरण उपादेयतामलक ढंगबाट गरिन्छ ।
लेखाको अवधारणा र उद्देश्यः 
अवधारणः लेखा व्यवसायको भाषा हो,उक्त भाषा गोश्वारा भौचर, खाता, आर्थिक विवरण तयार गरी प्रस्तुतीकरण गरिन्छ । यी लेखा सम्बन्धी सूचनाहरुको तयारी केही अवधारणहरु -Concept_ वा सिद्धान्तहरु -Principles_ वा मान्यताहरुको आधारमा गरिन्छ ।
प्रमुख अवधारणाहरु निम्न बमोजिम छन् । 
क) व्यवसायिक अस्तित्व अवधारण (Business Entity Concept):  व्यवसायको मालिक र व्यवसायबीच भिन्नता भएमा मात्र कारोबारको वास्तविक स्थिति प्रस्तुुत गर्न सकिन्छ । त्यसैले यस अवधारण अन्र्गत व्यवसाय मालिकको निजी खर्च र आम्दानीलाई व्यवसायमा समावेश गरिँदैन । 
ख) मौद्रिक मापन अवधारणा (Money Mesurement Concept): लेखा अभिलेखमा मौद्रिक कारोबारहरुमात्र पर्दछन् । वस्तुहरुको अभिलेख गरिएपनि मौद्रिक मूल्यमा मापन गरी उल्लेख गर्नु पर्दछ । चल अचल सम्पत्ति, खरिद बिक्री भएका सबै मालसामानहरु परिमाणको अतिरिक्त मौद्रिक मूल्यमा पनि उल्लेख गरी अभिलेख गर्नु पर्दछ । 
ग) लागत अवधारणा (Cost Concept): खाताबहीहरुमा कारोबारको लेखा वास्वविक मूल्य÷परल मूल्यमा गरिनु पर्दछ । बजार मुल्य वा स्वेच्छिक मूल्यमा अभिलेख गर्नुहुँदैन । उदाहरणको लागि कुनै सवारी साधनको खरिद रु ५० हजारमा भएको छ तर यसको बजार मूल्य ७५ हजार वा ४५ हजार भएमा पनि रु ५० हजार नै अभिलेख गर्नुपर्छ । 
घ) निरन्तरताको अवधारणा (Going Concern Concet): व्यावसाय निरन्तर चलिरहन्छ भन्ने मान्यताबाटै कारोबारको अभिलेख गरिन्छ । त्यसैले व्यवसायमा लामो समयसम्म वा वर्ष दिनसम्म गरिने खर्चको आधारको वर्गीकरण गरी सोही बमोजिम मुनाफा आंकलन गरिन्छ । 
ङ) दोहोरो पक्षको अवधारणा (Dual Aspect Concept): प्रत्येक कारोबारको दुई पक्ष हुन्छ । एउटै रकमले दुवै पक्षमा प्रभाव पर्ने हुनाले यो दोहोरो लेखा प्राणलीमा आधारित छ । यसैको आधारमा लेखा समीकरणलाई निम्न बमोजिम देनाएको छ ः 
सम्पती . दायित्व ं पूँजी 
पूँजी . सम्पत्ति ( दायित्व 
अथवा, सम्पति . दायित्व 
अथवा, डेविट . क्रेडिट 
च) प्राप्ति अवधारण (Realisation Concept): 
वास्तविक रुपमा प्राप्त भएको, तिरेको, आर्थिक वर्षमा प्राप्त हुने आम्दानी÷तिर्न बाँकी खर्चको अभिलेख राखिन्छ । अनमानित रुपमा अभिलेख राखिदैन । 
छ) हिसाब मिलानको अवधारणा (Matching Concept): आम्दानी र खर्च बीच मिलान वा सन्तुलन हुनुपर्छ भन्ने यसको अवधारणा हो । 
आयगत खर्चलाई आम्दानी गर्ने प्रमुख कारकको रुपमा लिइन्छ । किनभने खर्च नगरी आम्दानी हुन सक्दैन । आम्दानी र खर्चको सम्बन्धबाट नाफा वा नोक्सान निक्र्यौल गरिन्छ । 
उद्देश्यहरुः 
क) व्यवस्थित अभिलेख राख्नु ः आर्थिक करोबारको सही र व्यवस्थित ढंगबाट दैनिकरुपमा अभिलेख गरिन्छ । 
ख) नाफा नोक्सानी पत्ता लगाउनु ः व्यवसायीले आफ्नो व्यवसायको लाभ वा हानी के छ ? सो को जानकारी व्यापार, नाफा तथा नोक्सान खाता (आय विवरण) को माध्यमबाट प्राप्त गर्दछ । 
ग) आर्थिक स्थिति पत्ता लगाउनु ः सम्पत्ति र दायित्वको आधारमा आर्थिक स्थितिको विश्लेशषण गर्न सकिन्छ । उक्त विश्लेषण गर्न वासलातले मद्दत पु¥याउँछ । 
घ) प्रमाणको रुपमा पेशगर्नु ः सुव्यवस्थित लेखा आवश्यकतानुसार कानुनी वा अन्य प्रमाणको रुपमा पेश गर्न सकिन्छ । 
ङ) निर्णेय प्रक्रियामा सहयोग ः आर्थिक सुचनाहरुको आधारमा निर्णय कर्ताहरुलाई के गर्ने भन्ने निष्कर्षमा पुग्न मद्दत पुग्दछ । 
लेखा शाखाहरुः 
लेखालाई सामान्यतया तीन शाखाहरुमा विभाजन गरिएको छः 
१) वित्तीय लेखा 
२) लागत लेखा 
३) प्रबन्धकीय लेखा 
१. वित्तीय लेखा :आर्थिक कारोबारको अभिलेख नै वित्तीय लेखा हो । आर्थिक कारोबारमा दामकाम लेनदेन तथा आम्दानी र खर्च पर्दछन् । यस्ता करोबारको अभिलेख राखने सिलसिलामा नगद खाता, दिनु पर्ने, पाउनु पर्ने, आदि खाताहरुका आधारमा निश्चित समयपछि नगद प्रवाह विवरण, आय विवरण, र वासलात तयार गरिन्छ । 
यसैको आधारबाट नै व्यस्थापनले नाफा, नोक्सान एवं सम्पत्ति र दायित्वको स्थिति के छ भनी पत्ता लगाउन सक्दछ । यसले आर्थिक विश्लेषण र निर्णय गर्नका लागि पूर्वाधारहरु तयार गरिरिन्छ । यसरी आम्दानी र खर्चको अभिलेख लेखा वित्तीय लेखाले राख्दछ । 
२) लागत लेखा 
लागत लेखा उत्पादन र लागत नियन्त्रणसँग सम्बन्धित रहन्छ । उत्पादित बस्तु तथा सेवाको मूल्य निर्धारणमा सहयोग गर्ने लेखा नै लागत लेखा हो । लागत लेखामा उत्पादित वस्तु वा सेवाको मूल्य निर्धारणमा सम्बन्धि अभिलेख राखिन्छ । 
यसले लागत नियन्त्रणमा समेत सहयोग पु¥याउँछ । यसरी वस्तु वा सेवाको उत्पादनमालागेका खर्चहरुको अभिलेख राख्ने तथा उत्पादनको विवरण तयार पार्ने लेखा नै लागत लेखा हो । 
३) प्रबन्धकीय लेखा 
आर्थिक योजना तयार गर्ने,नीति निर्माण गर्ने बजेट नियन्त्रण गर्ने,निर्देशन दिने तथा आर्थिक निर्णय दिने जस्ता कार्यहरु व्यवस्थापन क्षेत्रमा ठूलो चुनौतिको रुपमा देखिएकाछन् । 
यसका लागि वित्तीय तथ्यांकहरुलाई प्रस्तुत गरी आर्थिक नीति निर्माण गरिन्छ । यसबाट आर्थिक क्षेत्रमा देखा परेका चुनौतिहरुको सामना गर्न प्रबन्धकहरु सक्षम हुन्छन् । प्रबन्धकीय लेखाको प्रमुख उद्देश्य आर्थिक नियन्त्रण गरी समस्या सामाधान गर्नु हो । 
Institute of Cost and Management Accountants, London का अनुसार “Management Accounting is the application of professional information in such a way as to assist the management in the formation of policies and in the planning and control of the operations of the undertaking” संक्षेपमा भन्ने हो भने प्रवन्धकीय लेखा भनेको निर्णय विधि हो ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind