जनमोर्चाको बन्द, मध्य पहाडका जिल्लाहरुमा यातायात चल्न सकेनन् ।।


प्रकाश सुन्दास,काभ्रेपलाञ्चोक

राष्ट्रिय जनमोर्चाले आह्वान गरेको वाग्मती अञ्चल बन्दको प्रभाव मध्य पहाडका जिल्लाहरुमा बिहानै देखि परेको छ । बन्दका कारण काठमाण्डुको पुरानो बसपार्कबाट भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप तर्फ जाने र राजधानी तर्फ फर्कने छोटो तथा लामो दुरीको यात्रुबाहक सवारी साधनहरु चल्न नसकेको जगती प्रहरी चेक पोष्ट भक्तपुरले जनाएको छ । त्यस्तै बीपी राजमार्ग अन्तर्गत काभ्रे–सिन्धुली हुदै तराईका विभिन्न जिल्ला जाने र आउने सवारी साधन पनि चल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमूख धनबहादुर श्रेष्ठले जानकारी दिनुभयो । त्यसैगरी शैक्षिक संस्था, कलकारखाना तथा उद्योगमा समेत बन्दको प्रभाव परेको छ । संघीताको खारेजी, जेठ १४ भित्रै संविधान जारी हुन पर्ने, स्थानीय निकायको निर्वाचन गरिनु पर्ने लगायतका माग राख्दै राष्ट्रिय जनमोर्चाले सडक आन्दोलन गर्दै आइरहेको छ ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind