अखण्ड सुदूरपश्चिम’को वकालत गर्ने भूमिगत समूहको उदय हुने क्रम बढ्दो ।।
‘अखण्ड सुदूरपश्चिम’को माग राख्दै पछिल्लो केही समय यता विभिन्न भूमिगत समूहको उदय हुने क्रम बढेको छ । राज्य पुनर्सरचना आयोगले ल्याएको प्रस्तावपश्चात् सुदूरपश्चिममा विभिन्न नाममा भूमिगत समूहको गठन गर्ने क्रम बढेको हो । मुलुक सङ्घीयतामा जाँदा सुदूरपश्चिम टुक्रयाउन नपाइने भन्दै सुदूरपश्चिमाञ्चल जागरण मञ्चले आन्दोलनका कार्यक्रम अघि बढाएसंगै केही भूमिगत सङ्गठनसमेत अखण्ड सुदूरपश्चिमको नारासहित चर्चामा आइरहेका छन् । सुदूरपश्चिम मुख्यालय धनगढीमा रहने गरी पछिल्लो समयमा उदय भएको ‘मानसखण्ड क्रान्ति दल’ नामक सशस्त्र समूहले नयाँ वर्षको अवसर पारेर आन्दोलनका कार्यक्रम अघि बढाएको छ । यो
संगठनले विभिन्न सञ्चार माध्यममा इमेल पठाएर राज्य पुनर्संरचना गरिँदा सुदूरपश्चिमेली जनताको भावनामाथि कुठाराघात् गर्ने कुचेष्ठा गरिए सैन्य क्षमता प्रयोग गरिने जनाएको छ । सङ्गठनले शान्तिपूर्ण आन्दोलनबाट अखण्ड सुदूरपश्चिमको मुद्दा समाधान नभए सशस्त्र विद्रोह गर्ने चेतावनीसमेत दिएको छ । अखण्ड सुदूरपश्चिम नै समृद्ध सुदूरपश्चिमको आधार भएको सङ्गठनले दावी गरेको छ । यसअघि संयुक्त लोकतान्त्रिक परिवेश, सुदूरपश्चिम शक्ति बाहिनी, संयुक्त
जातीय मोर्चालगायतका भूमिगत संगठनहरुपनि अखण्ड सुदूरपश्चिमको पक्षमा वकालत
गर्दै आएका छन् ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind