छोरीको उमेर १८, श्रीमानको १७ वर्ष !


प्रकाश सुन्दास


सामान्यत केटा केटीको विवाह गर्ने उमेर कति होला ? सबैलाई थाहै छ केटा र केटीको उमेर २० बर्ष पूरा हुनुपर्छ । यदी यो भन्दा कम उमेरमा विवाह भयो भने कानुनले दण्डित गर्छ । तर सिन्धुपाल्चोकको सागँचोक गाउँ विकास समिति वडा नम्बर १ की विमला पाराजुलीले भने आफ्नो छोरी भन्दा एक वर्ष कान्छो केटासँग दोस्रो विवाह गरिन् । भन्दा पत्यार नलाग्न सक्छ तर प्रेममा पागल भएपछि यस्तो पनि हुदो रहेछ । सागँचोककी विमला पराजुली ५ सन्तानकी आमा हुन् । उनको जेठी छोरीको उमेर १८ वर्ष भइसकेको छ । जेठी छोरी स्थानीय विद्यालयमा १२ कक्षामा अध्यनरत छिन् तर उनले फुल्पिङडाँडा गाविस– १ का १७ वर्षीय रबिन विकसँग दोस्रो विवाह गरेकी छन् । विमलाको उमेर रविनको भन्दा झण्डै दोब्बर छ । उनी ४० वर्ष भइसकेकी छन् । तीन छोरा र दुई छोराकी आमा बिमलाको श्रीमान रोजगारीको शिलसिलामा दुइ वर्ष अघि विदेश गएका थिए । मंसिरको पहिलो साता उनको मोबाइलबाट कसैलाई मिस कल गयो । नयाँ नम्बरबाट मिस कल आएपछि रबिनले फोन फर्काएका थिए । भर्खर बैंस आएका रबिन पनि फोन फर्काउदा केटीको स्वर आएपछि मख्ख पर्दै निरन्तर उनीहरुबीच फोन वार्ता हुदै गयो । सुरुमा त उनले विवाह भएको छैन भनेपछि आफूले झन धेरै फोन गरेको रविनले बताए । विमला र रविनबीच चार महिनासम्म फोनमा माया प्रितीका कुरा भएको उनले बताए । दुबैबीच कुरा हुदै जाँदा फागुनको सुरुमा विमलाले मेरो विवाह भएको छ भने पनि रबिनले विवाह भएपनि केही फरक नपर्ने भनेपछि आफू रबिनसँग विवाह गर्न राजी भएको विमलाले बताइन । ‘मैले विवाह भएको छ त भनको थिएँ तर बच्चा छ भनेर भनेको थिइन’ बिमलाले भनिन् । फागुन ५ गते विमला बिहानै घरबाट स्थानीय आफन्तको विवाहमा जान भनेर नयाँ कुर्ता सुरुवालमा ठाँटीएर हिडेकी थिइन । पहिलो पटक प्रेमी भेट्न हिडेकी विमला विवाहमा केही समय बसेपछि दोललाघाटमा रविनसँग भेट्न हिडेको उनले बताइन । ‘मैले त्यो दिन रबिनसँगको सल्लाहामा रातो सुरुवाल र खैरो सुरुवाल लगाएको थिएँ ।’ उनले भनिन् । तर उनीहरु भेटघाट भएपछि भने छक्क परेका थिए । रविनले सोचेको विमला र विमलाले सोचेको रबिन फरक पाएपछि उनीहरुदुबैबीच केही समय बोलचाल समेत नभएको प्रहरी निरीक्षक सुजन राजभण्डारीले बताए । चार महिनासम्म फोनमा माया वसेपछि उमेरले कहाँ छेक्दो रहेछ र ! भेटघाट भो । मायापिरतीको गफ भो । र विवाह गर्ने निचोडमा पुगे । दोलालघाटमा केही समय बसेपछि विवाह गर्नै भन्दै उनीहरु काठमाडौ गएका थिए ।

काठमाडौमा उनीहरुको विवाह भएपछि विमलाले आफ्नो नाम र थर समेत परिर्वतन गरेकी छन् । उनी विमला पराजुलीबाट रबिना विक भएकी छन् । श्रीमानले विदेशमा बस्दा समेत दुःख दिएपछि आफूले बाध्य भएर दोस्रो विवाह गरेको विमलाले बताइन् । ‘मलाई रबिनसँग विवाह गरेकोमा कुनै पश्चताप छैन ।’ विमलाले भनिन् । श्रीमानले दुःख दिएको बताएपनि दुइ वर्षसम्म यौन चाहाना पुरा नभएपछि उनले रबिनसँग विवाह गरेको वताईन् । उनले प्रत्यक्ष त यौनकै कारण विवाह गरेको नस्विकारे पनि घुमाउारो ढंगले यौन चाहान पुरा गर्नकै लागि रबिनसँग विवाह गरेको भने स्विकारीन् । बिमलाको पहिलाको श्रीमानले प्रहरीमा उजुरी गरेपछि दुवैलाई पक्राउ गरेर ल्याएको प्रहरी निरीक्षक राजभण्डारीले बताए । प्रहरी कार्यालयमा पनि उनीहरुको जोडीलाई हिन्दी फिल्मका हिरो हिरोइन को नाम दिईएको छ । केटाको नाम सलमान खान र केटीको नाम दिव्य भारती । प्रहरी निरीक्षक सुजनराजभण्डारीले उनीहरु दुवैलाई यही नामले बोलाइरहेका थिए । केटा केटी दुवै राजी भएपछि दुवैलाई केटाको परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ



Prakash Sundas
sundasprakash@gmail.com



0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind