जिल्ला प्रशासन र मालपोत कार्यालय सिन्धुपाल्चोकमा कर्मचारीकै मिलेमत्तोमा ठगी ।।
प्रकाश सुन्दास,
जिल्ला प्रशासन र मालपोत कार्यालय सिन्धुपाल्चोकमा प्रशासनकै कर्मचारीको मिलेमत्तोमा दलालहरुले सर्वसाधरणलाई ठग्ने गरेको रहस्य खुलासा भएको छ । जिल्ला प्रशासनबाट सामान्य तय नेपाली नागरिकता लिन १० रुपियाँको टिकट टाँसे पुग्छ तर सिन्धुपाल्चोकमा १ सय देखि ५ सय रुपियाँसम्म तिर्नु पर्छ । यसरी उठाइएको रकम कुनै राजस्व बापतको होइन, दलालहरुले नागरिकता र मेसिनरिडेबल पासपोर्ट (एमआरपी) को फारम भराइदिए पछि रंगीहात लिने गरेको पाइएको छ । सर्वसाधरणहरुले नागरिकता लगायत अन्य कामको लागि फाँटमा पेश गरेको कागजात प्रमाणित गर्न ढिला हुने गर्छ तर दलालहरुले लगेको फाइल भने कर्मचारीहरुले छिटो गराइ दिन्छन् । प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्ले पनि सर्वसाधरणसँग दलालहरुले विभिन्न बहानामा पैसा असुल्ने गरेको स्वीकार्नुभयो । जिल्ला मालपोत कार्यालयमा पनि सेवाग्राहीहरुले उस्तै सास्ती खेपी रहेका छन् । जग्गा रजिष्टेशन, जग्गा धनी पूर्जा, जग्गा रोक्का लगायतका काम गर्न ग्रामीण भेगबाट कार्यालय पुग्ने सोझा नागरिक ठगिदै आएका छन् । वैधानीकता पाएको नेपाल लेखापढी व्यवसायी संघलाई कुन कामको कति पैसा लाग्छ त्यसको मुल्य निर्धारण गर्न आफुले लेखापढी व्यवसायी संघलाई निर्देशन दिएको प्रजिअ काफ्लेले जानकारी दिनुभयो । प्रशासनको सबै फाँटमा आफुले दलाल प्रवेश निषेध लेखेर टाँस्न समेत कर्मचारीहरुलाई निर्देशन दिएको काफ्लेको भनाइ छ ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind