पत्रकार पौडेलको हत्यामा सलंग्न भनिएका आरोपी मदन राईद्धारा आत्मसमपर्ण ।।
झापाका पत्रकार यादप पौडेलको हत्यामा सलंग्न भनिएका आरोपी मदन राईले आज दिउँसो प्रहरी समक्ष आत्मसमपर्ण गरेका छन् । इलाका प्रहरी कार्यलय काँकरभिट्टामा दिउँसो ४ बजे आत्मसमपर्ण गरेका हुन् । भागेर हिंड्दा आफुलाई हेर्ने दृष्टिकोण गलत हुने भन्दै पत्रकार पौडेलको हत्यामा सलंग्नलाई कारबाहीका लागि प्रहरीलाई सहयोग गर्न आफुले आत्मासमपर्ण गरेको राईले बताएका छन् । चैत्र २२ गते पत्रकार पौडेलको विर्तामोडस्थित नया बसपार्कमा रहेको पुर्वाञ्चल सेकुवा कर्नर अगाडि हत्या भएको थियो । पौडेल हत्यामा सलंग्न होटल व्यावसायी संघ झापाका पुर्व अध्यक्ष युवाराज गिरी, पुर्वाञ्चल सेकुवा कर्नर एण्ड लजका सञ्चालक सोम ढकाल र मञ्जु ढकाल हिरासतमा छन् ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind