२ सशस्त्र प्रहरीलाई विभागीय कारबाहीको सिफारिस ।।

सशस्त्र सीमा सुरक्षा बेस कार्यालय कृष्णनगरमा कार्यरत २ सशस्त्र प्रहरीलाई विभागीय कारबाहीका लागि सिफारिस गरिएको छ । रिक्सा चालक मृत्यु भएको घटनामा संलग्नता भेटिएपछि ती दुई प्रहरीलाई बिभागीय कारबाहीको सिफारिस गरिएको हो । घटनाका बारेमा बनेको सशस्त्र प्रहरीको छानबिन समितिले बिभागीय कारबाहीको सिफारिस गरेको हो । गत चैत २७ गते कृष्णनगरमा सादा पोसाकका प्रहरी हवल्दार राजकुमरा गुप्ता र प्रदीप अधिकारीको कुटाईबाट शिवागनर – ७ का बदलु मुराउको मृत्यु भएको आरोप लागेको थियो । घटना लगत्तै सशस्त्र प्रहरी उपरिक्षक मान बहादुर शाहीले नायब उपरिक्षक कुमार श्रेष्ठको संयोजत्वमा ६ सदस्यीय छानबीन समिति गठन गरेको थियो । त्यस्तै घटनाकै अनुसंधानका लागि सशस्त्र प्रहरी प्रधान कार्यालयले सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक उत्तम ठनेटको नेतृत्वमा २० सदसयीय छानबिन समिति गठन गरेको थियो । सो दुबै समितिले घटनमा मुछिएका ती दुई प्रहरी, प्रहरी उपरिक्षक शाही, कृष्णनगरका सशस्त्र प्रहरी नायव उपरिक्षक, स्थानीयबासी, प्रत्यक्षदर्शी, मृतका परिवारसंग घटनाका बारेमा सोधपुछ गरेको थियो । छानबिवन समितिले दुबैले रेक्सा चालकलाई सामान्य एक दुई झापड हानेको, मृतक बदलु मधुमेहको बिरामी रहेको ठहर गरको थियो । घटना भवितव्य भएको तर पनि ती दुबै जनाले आचारसंहिता उल्लघन गरेको देखिएकोले समितिले बिभागीय कारबाहीको सिफरिस गरेको सशस्त्र प्रहरी स्रातले जनाएको छ ।  ती दुई जनालाई तिलौराकोट गाबिस सगराहवा स्थित सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयमा नियन्त्रणमा राखिएको छ ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind