आफ्नै लगानीमा बनाए जब्दीका किसानले दुई किलोमिटर कृषि सडक ।।

सर्लाहीको जब्दी गाविस वडा नं. ९ का किसानले आफ्नै लगानीमा दुई किलोमिटर बरारबरको कृषि सडक निर्माण गरेका छन् । सडक निर्माणका लागि १५ जना किसानले नम्बरी जमिन दिएर तथा सम्बन्धित सबै किसानले प्रतिकठ्ठा एक सय रुपैयाँका दरले रकम जम्मा गरेर कृषि सडक बनाएका हुन् । संकलित रकमबाट डोजर लगाएर ९ फिट चौडाइ भएको कृषि सडक निर्माण गरिएको नयाँ सडक निर्माण समितिका संयोजक श्याम शिवाकोटीले जानकारी दिनुभयो । जब्दी वडा नं. ९ स्थित गढीचौरमा बनाइएको उत्तर–दक्षिण कृषि सडकले स्थानीय करिब दुई सय घरधुरीका किसानका पाँच सय ५० कठ्ठा खेतबारीमा खेती गर्न सहज हुने भएको उहाँले बताउनु भयो । सडक नहँुदा पाकेको बाली ओसार्न तथा खेतमा पानी लगाउन अप्ठ्यारो हुने गरेकोमा अब भने सजिलो हुने भएको भन्दै किसानहरु खुशी भएका छन् ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind