काभ्रेमा कानुनी सञ्चार सम्बन्धी पत्रकारलाई तालिम ।।
प्रकाश सुन्दास,
कानुनमा सञ्चार माध्यम र यसको परिधिका बारे पत्रकारहरुलाई जानकारी दिने उद्देश्यले आजबाट काभ्रेको सदरमुकाम धुलिखेलमा सञ्चार कानुन र अधिकार विषयक तालिम सुरु भएको छ । भोलिसम्म चल्ने तालिममा काभ्रे जिल्लामा रहेका विभिन्न रेडियो तथा पत्रपत्रिकामा कार्यरत महिला र पुरुष गरी २० जना पत्रकारहरुको सहभागिता रहेको छ । तालिमको आयोजना इक्वलएक्सेस र रेडियो नमोबुद्धले संयुक्त रुपमा गरेको हो । रेडियो नमोबुद्धका स्टेशन म्यानेजर भक्त स्याङतानका अनुसार तालिममा द्वन्द्व पछि पीडितहरुको अवस्था र सञ्चार माध्यम तथा पत्रकारले खेल्नु पर्ने भूमिकाका बारे समेत जानकारी दिइनेछ ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind