सिन्धुपाल्चोकको तातोपानीबाट यार्सा गुम्बा र नेपाली नोट सहित ५ जना पक्राउ ।।
प्रकाश सुन्दास, काभ्रेपलाञ्चोक
सिमा सुरक्षा प्रहरीबल कोदारीले तातोपानीबाट हिजो साझँ अवैध करिब ६ किलो ग्राम यार्सा गुम्बा सहित ५ जनालाई नियन्त्रणमा लिएको छ । लिस्ती गाविसबाट काठमाण्डु तर्फ आइरहेको बा ६ च ३७ ८४ नम्बरको बोलेरोमा लुकाएर राखिएको अवस्थामा यार्सा गुम्बा सहित पक्राउ पर्नेहरुमा ३ नेपाली, १ तिब्बतियन र १ जना चिनीयाँ नागरिक रहेको सिमा सुरक्षा प्रहरीबल कोदारीका प्रहरी निरीक्षक विश्व कार्कीले जानकारी दिनुभयो । पक्राउ पर्ने नेपालीहरुमा जिप चालक सिन्धुपाल्चोक फुल्पीङकट्टी गाविस वडा नम्बर–१ का सुन्दर शेर्पा, सोहि गाविस वडा नम्बर ५ सेलाङट्टीका रेञ्जेन लामू शेर्पा र संखुवासभा जिल्ला स्थायी घर भइ काठमाण्डुको सुकेधारा बस्दै आएका नोर्बु शेर्पा रहेका छन् । त्यस्तैगरी तिब्बतको लाप्टाङ भन्ने स्थानमा बस्ने ३२ वर्षिय छिरिङ शेर्पा र मूहामाइ नाकको एक जना चिनीयाँ नागरिकलाई नियन्त्रणमा लिएको निरीक्षक कार्कीले बताउनुभयो । प्रहरीले सेलाङट्टीका रेञ्जेन लामू शेर्पाको साथबाट ६ लाख र चिनीयाँ नागरिक मूहामाइको साथबाट ७ लाख गरी जम्मा १३ लाख नेपाली नोट समेत बरामद गरेको छ । यसैबीच यहि बैशाख ९ गते वाल्टिङ गाविस वडा नं. ८ का १६ वर्षीय श्याम बोम्जनको हत्या अभियोगमा संलग्नलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले सार्वजनिक गरेको छ । हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले सोहि गाविस वडा नं. ७ का १९ वर्षीय विष्णु ठकुरीलाई हिजो सार्वजनिक गरेका हो ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind