बन्दको प्रभाव पोखरामा सामान्य, आठजना बन्द कर्ता पक्राउ ।


राष्ट्रिय जनमुक्ति पार्टीले आवाह्न गरेको नेपाल बन्दको आज पहिलो दिन पोखरामा सामान्य प्रभाव परेको छ । अन्य दिनको तुलनामा ४० प्रतिशत  सवारी साधन मात्रै सञ्चालनमा आएका छन् । पोखरामा बन्दको आशिंक प्रभाव परेपनि पोखराबाट बाहिरीने र पोखरा भित्रिने गाडीहरुमा भने पूर्ण प्रभाव परेको छ । मोटर साइकल ,प्राइभेट गाडीहरु विहानै देखि निर्बाध रुपमा सञ्चालनमा आएका छन् । बन्दकर्ताले आज बिहानै नागढेङामा  ढुङा प्रहार गरी एउटा ट्रकको सिसा फुटाई दिइएका  थिए प्रहरीले ८ जना बन्द कर्ताहरुलाई नियन्त्रणमा लिएको डिएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनु भएको छ । यस्तै पोखराका पसलहरु पनि केही मात्रामा अन्य दिनमा जस्तै  विहानै देखि खुलेका छन् भने अधिकंकास पसलहरु खुलेका छैन्न ।दिउसो सम्म सवै पसलहरु खुल्ने र गाडीहरु निर्बाधरुपमा सञ्चालनमा आउने प्रहरीले बताएको छ ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind