ट्राफिक महाशाखाद्वारा उच्च राजस्व सङ्कलन गरेको जानकारी ।।



महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको चैत मसान्तसम्म रु सात करोड ३७ लाख ९१ हजार ९७५ राजस्व सङ्कलन गरेको छ । महाशाखालआज राजधानीमा पत्रकार सम्मेलन गरी महाशाखा तथा मातहतबाट चार करोड ८१ लाख १८ हजार ५०, मादक पदार्थ सेवनअन्तर्गत मोबाइल कोर्टबाट गरिएको जरिवानाबाट एक करोड ७२ लाख ८१ हजार र अन्य मोबाइल कोर्टबाट ८३ लाख ९२ हजार ९२५ रुपैयाँ राजस्व सङ्कलन गरिएको जनाएको छ । मोबाइल कोर्टको जरिवाना यातायात कार्यालयबाट खटिआउने कर्मचारीले गराउने र यातायात कार्यालयबाट राजस्व दाखिला गरिन्छ । महाशाखा प्रमुख गणेशराज राईले सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सवारी नियम उल्लङ्घन गर्ने विभिन्न सवारी चालकलाई कारबाही गरी रकम सङ्कलन गरिएको बताउनुभयो ।
त्यसैगरी लैनचोर, नागपोखरी, गल्कोपाखा, माइतीघर, कालीमाटी, कमलपोखरी, कुपन्डोल, एयरपोर्ट, गैरीधारा, सातदोबाटोदेखि हात्तीवनलगायत २८ स्थानमा सडक चौडा गर्ने कार्य भइरहेको महाशाखाले जनाएको छ । महाशाखा प्रमुख राईले महाशाखाले सञ्चालन गरेका विभिन्न कार्यक्रमलाई अवरोध गर्न विभिन्न समूहले प्रयास गर्दै आए पनि प्रहरी प्रधान कार्यालयबाट महाशाखामा नियमित अनुगमन, प्रोत्साहनलगायत सहयोग प्राप्त भएको जानकारी दिनुभयो ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind