भारतीय राजदुत जयन्त प्रसादद्वारा सर्लाहीका दुईवटा सडकको शिलान्यास ।।
नेपालका लागि भारतका राजदुत जयन्त प्रसादले नेपालको विकास हुनु भनेकै भारत विकास हुनु भएको बताउनु भएको छ । भारत सरकारकै सहयोगमा निर्माण हुन लागेको नवलपुर–मलङगवा २७ किमि र नयाँरोड–मधुवनी ४१ किमि सडक शिलान्यासका गर्नुहुँदै राजदुत जयन्तले आफू नेपालको विकासका लागि सदैव सकारात्मक सहयोग गर्न तत्पर रहेको बताउनुभयो । उहाँले नेपालको विकासका लागि आवश्यक सहयोग जारी रहने पनि जानकारी दिनुभयो । भारत सरकारले पछिल्लो समयमा स्वास्थ्य, शिक्षा र सडक निर्माणमा चासो दिएकोले नेपालमा पनि सोही क्षेत्रमा सहयोग मिल्ने उहाँको भनाइ छ । नेत्रगञ्जमा रहेको नवजीवन उच्च माविका लागि पनि सहयोग गर्ने राजदुतले प्रतिवद्धता जनाउनुभएको पत्रकार प्रेमनाथ पौडेलले जानकारी दिनुभयो । भारत सरकारबाट ६ वटा विभिन्न विकास योजना निर्माण भैसकेको, ७ वटा सञ्चालनमा रहेको र ११ वटा विचाराधिन अवस्थामा राखिएको कार्यक्रममा जानकारी गराइएको थियो । निर्माण कम्पनीको तर्फबाट टिम लिडर इन्द्र कुमारले १९ वटा सडक बनाइरहने क्रममा पहिलो चरणमा सर्लाहीका दुइवटा सडक खण्डलाई प्राथमिकतामा राखिएको बताउनुभयो । कार्यक्रममा स्थानीय विकास अधिकारी भरत बहादुर ढुङ्गानाले एउटा काम पुरा गरेपछि अर्कोमा हात हाल्न आग्रह गर्नुभयो ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind