संविधानसभाको बैठक दुई दिनपछि स¥यो ।।



आज बस्ने तय गरिएको संविधानसभाको बैठक फेरि थप दुई दिनपछि सारिएको छ । दलहरुले सहमतिको प्रयास जारी रहेकाले फेरि कम्तिमा दुईदिन समय माग गरेपछि आज तय गरिएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आज बोलाइएको बैठक १७ गते बस्ने निर्णय गर्दै सूचना टाँस गरिएको हो । सहमति जुटन नसके मतदान प्रक्रिया सुरु गर्न भन्दै संविधानसभा बैठक आह्वान गरिएको थियो । यसअघि बैशाख ११ थते बोलाइएको बैठक पनि दलहरुले दुई दिनको समय मागेपछि आजका लागि सारिएको थियो ।  सहमति जुटन नसके मतदान प्रक्रिया सुरु गर्न भन्दै संविधानसभा बैठक आह्वान गरिएको थियो । संवैधानिक समितिको हिजो बसेको बैठकले दुइदिन सहमतिको प्रयास गर्ने निर्णय गरेको थियो ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind