मतदान प्रक्रियाबाटपनि विवाद समाधान हुन नसक्ने एमाले केन्द्रिय सदस्य खतिवडाको भनाइ ।


प्रकाश सुन्दास, काभ्रेपलाञ्चोक

नेकपा एमालेका केन्द्रिय सदस्य जगनाथ खतिवडाले मतदान प्रक्रियाबाटपनि संविधानका विवादित विषयको समधान हुन नसक्ने बताउनुभएको छ । आज विहान रेडियो नमोबुद्धको वियमित कार्यक्रम नमोबुद्ध डबलीमा कुरा गर्दै उहाँले माओवादीले आफ्नो हट नत्यागेसम्म सहमतिको कुनै सम्भावना नरहेको बताउनुभयो । दलहरुबीच हात्तिवन बैठकमा भएको सहमति विपरित राज्यपुनर्संरचनामा माओवादीले अड्को थापेको उहाँको भनाइ छ । संविधान जारी नगर्ने खेलमा माओवादी लागेको आरोप लगाउँदै उहाँले अविश्वासको प्रस्ताव ल्याएर भएपनि तत्काल बाबुराम भट्टराई नेतृत्वको सरकार परिवर्तन गरी राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने बताउनुभयो । खतिवाडले केन्द्रिय समितिको आधिकारी धारणा नभइ माओवादीलाई चुनौती दिन एमालले १२ प्रदेशको प्रस्ताव गरेपनि ७ प्रदेशबाट एमाले कतै जान नसक्ने दाबी गर्नुभयो । माओवादी र मधेशी मोर्चाले जातिय आधारमा प्रदेश निर्माण गर्न खोजेर देशलाई टुक्र्याउन खोजेको भन्दै काँग्रेस–एमालेले त्यसको विरोद्ध गर्ने उहाँको भनाइ छ । माओवादीले विभिन्न बहानामा संविधानसभा भंग गर्ने सोच बनाएको उल्लेख गर्दै खतिवडाले २६ दिन भित्र संविधान जारी भएपनि सल्लाह, सुझाव र राय दिनबाट जनताहरु बञ्चित भएको टिप्पणी गर्नुभयो ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind