बाख्रामा देखिएको पीपीआर रोग विरुद्ध पश्चिम सिन्धुपाल्चोकमा खोप अभियान ।।


प्रकाश सुन्दास,काभ्रेपलाञ्चोक

पश्चिम सिन्धुपाल्चोकका किसानहरुले पालेको बाख्राहरुमा पीपीआर नामक रोग लाग्न थालेपछि खोप अभियान सञ्चालन गरिएको छ । जिल्ला पशु सेवा कार्यालय सिन्धुपाल्चोकको सहयोगमा इलाका पशु सेवा कार्यालय तालामाराङले रोकथामका लागि अभियानकै रुपमा निःशुल्क खोप लगाउन थालेको हो । इलाका पशु सेवा कार्यालय तालामाराङका इन्चार्ज टोप बहादुर बरुवालका अनुसार ४ जना ग्रामीण स्वास्थ्य कार्यकर्ता मार्फत जिल्लाको इचोक, किउल, महाङकाल र तालामाराङ गाविसमा खोप लगाउने कार्य भइरहेको छ । त्यस्तै हेलम्बू र थकनी गाविसमा समेत गरेर १२ हजार बाख्रालाई खोप लगाउने तयारी भइरहेको इन्चार्ज बरुवालले जानकारी दिनुभयो । सुरुमा श्वासप्रश्वास बढ्ने, पखला लाग्ने, ज्वरो बढी आउने जस्ता लक्षण बाख्रामा देखा पर्ने र पीपीआर रोग सरुवा भएकाले किसानहरु चिन्तित भएका छन् ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind