पाँचौ गणतन्त्र दिवस
१५ जेठ, काठमाण्डौं । पाँचौ गणतन्त्र दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रम भईरहेको छ । सैनिक मञ्च टुँडिखेलमा जारी समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्रीहरू, राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू, नेपाल सरकारका निजामती, प्रहरी, जङ्गी तथा संस्थानका कर्मचारी, प्राध्यापक, नागरिक समाजका पदाधिकारी, शिक्षक, विद्यार्थी, खेलाडी, उद्योग व्यवसायी लगायतको सहभागिता रहेको छ । समारोहमा नेपाली सेनाको हेलिकेप्टले पुष्प विष्टी गर्नुका साथै बेलुन उडाएको छ । त्यस्तै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायधिसले शान्तिका प्रतिक परेवा उडानुभएको छ ।
अहिले पनि विभिन्न कार्यक्रमहरु जारी रहेका छन् ।
गणतन्त्र दिवस मनाउन मूल समारोह समितिको आहृवानमा जेठ १४ देखि १६ गतेसम्म तीन दिन घरघरमा साँझ दीपावली पनि गरिएको छ । यस्तै, उपत्यकाबाहिर जिल्ला सदरमुकाम, नगरपालिका, गाउँ विकास समितिलगायतका स्थानीय स्तरमा पनि गणतन्त्र दिवसका विविध कार्यक्रम भईरहेको बताईएको छ ।
२०६२/६३ को जनआन्दोलनपछि गठित संविधानसभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गते अर्थात आजकै दिन लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा गरेको थियो । लोकतान्त्रिक गणतन्त्रको घोषणासँगै राजदरबार तथा पूर्वराजपरिवारको सम्पत्ति नेपाल सरकारको मातहतमा आएको घोषणा गरिएको थियो । नेपाली नागरिकले विगत ६० वर्षदेखि संविधानसभामार्फत मुलुकको नयाँ संविधानको सपना देख्दै आएका थिए । सो अनुरूप २०६२/६३ को जनआन्दोलनको सफलतापछि नेपालमा पहिलोपटक संविधानसभाको निर्वाचन भएको थियो । वि.सं. २०६५ साल जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको घोषणा गरेको थियो ।
गणतन्त्र घोषणापछि सरकारले १५ दिनभित्र दरबार छाड्न तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई लिखित पत्र दिएको थियो । पत्र प्राप्त भएको १४ औँ दिनमा अर्थात् २०६५ साल जेठ २९ गते पत्रकार सम्मेलनको आयोजना गरी ज्ञानेन्द्रले दरबार छाड्नुभएको थियो ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind