संविधानसभा विघटन गर्न नपाइने
संविधानसभा विघटन गर्न नपाइने भन्दै
सभासदहरुले संविधानसभा परिसरमा नाराबाजी गरेका छन् । संविधानसभाको म्याद
सकिने केही बेर मात्र बाँकी रहँदा दलहरुबीच सहमति नजुटेको र दलहरुले
संविधान आउने सम्भावना क्षीण बन्दै गएको बताउन थालेपछि सभासदहरु आक्रोसित
भएका छन् ।
माओवादीको बैद्य पक्ष र बृहत मधेसी
मोर्चामा संलग्न सभासदहरुले संविधानसभाबाटै संविधान जारी गर्न र संविधानसभा
विघटन नर्गन माग गर्दै नाराबाजी थालेका हुन् ।
यसअघि दिउँसो पनि सभासदहरुले नाराबाजी
गरेका थिए । आदिवासी जनाजाति, मधेसी लगायतका सभासदहरुले नाराबाजी गर्दै
संविधानसभा भवन परिक्रमा गरेका छन् । सभासदहरुले शीर्ष नेताहरुको बैठक
संविधानसभा परिषद्मा नै राख्न माग गरेका छन् । नाराबाजीपछि आयोजित कोणसभामा
माओवादी सभासद तिलक परियारले आफूहरु अमुख नेताका भेडाबाग्रा नभएको भन्दै
तत्काल संविधानसभा बैठक सुरु गर्न माग गर्नुभयो । ‘सभासदहरु भेडाबाग्रा
होइनन्, जनताका प्रतिनिधि हुन्’ उहाँले भन्नुभयो-’११ बटा विषयगत समितिको
प्रतितवेदनका आधारमा संविधानसभामा मतदान गरी दुई तिहाईबाट संविधान घोषणा
गरियोस् ।’
अर्का सभासद इजदि्रत राईले राति ११ बजे
सहमति गर्ने र आफूहरुलाई अध्ययन गर्न समेत नदिएर पारित गर्ने षड्यन्त्र
भइरहेको भन्दै खबरदारी गर्नु भयो ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind