काभ्रेमा ७ गाविसले दोस्रो र ३ गाविसले पहिलो चौमासिक बापतको रकम खर्च गर्न सकेनन् ।।

प्रकाश सुन्दास, काभ्रेपलाञ्चोक चालु आर्थिक वर्ष २०६८÷०६९ को अन्तिम–अन्तिम तिर आइपुग्दापनि काभ्रेमा ७ गाविसले दोस्रो र ३ गाविसले पहिलो चौमासिक बापतको रकम खर्च गर्न नसकेको पाइएको छ । तेस्रो र अन्तिम चौमासिक सुरु भएपनि सापीङ, धुसेनी र शिखर आम्बोट गाविसले गाउँ परिषद् सकिएको प्रमाण समेत जिविसमा अहिले सम्म दाखिला गर्न सकेका छैनन् । गाउँ परिषद् सकिएको र परिषद्ले निर्णय गरेको प्रमाण जिविसमा प्राप्त भएपछि मात्रै पहिलो चौमासिक बापतको रकम निकासा दिइने व्यवस्था छ । रकम निकासा रोकिदाँ यी तिन गाविसमा खानेपानी, झोलुङ्गे पुल, विद्यालय भवन, मोटरबाटो, सिचांइ लगायतका विकास निर्माणको काम प्रभावित भएको छ । त्यस्तै बुढाखानी, मंलटार, ठूलोपर्सेल, बल्थली, बेगसिम्ले, फलाटे र कोशी देखा गाविसले दोस्रो चौमासिक बापतको रकम खर्च गर्न नसकेको जिविसको योजना शाखाले जनाएको छ । तत्कालिन स्थानीय विकास अधिकारी मेघनाथ काफ्ले सरुवा भएर गएको लामो समय सम्म नयाँ स्थानीय विकास अधिकारी नआउनु, गाउँ परिषद् ढिला हुनु, स्थानीय स्तरका राजनीतिक दलहरु सहमत नहुनु, खेती लगाउने मौसम शुरु हुनु जस्ता कारणले रकम कार्यान्वयनमा समस्या भइरहेको जिविसले जनाएको छ ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind