व्यवस्थापिका संसदको बैठक केहीबेरमा बस्ने ।।
अन्तिरिम संविधानको १२ औं संसोधन प्रक्रिया अघि बढाउन व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । वृहत मधेसी मोर्चामा आवद्ध सभासद्हरुको अवरोधका कारण व्यवस्थापिका–संसदको हिजोको दोस्रो बैठक अवरूद्ध भएको थियो । बैठक अहिले दिउँसो ३ बजेका लागि बोलाइएको भए पनि अहिलेसम्म शुरु भएको छैन । आजको व्यवस्थापिका संसद बैठकमा नेपालको अन्तरिम संविधान २०६३ मा बाह्रौँ संसोधन गर्ने कार्यसूची पेस गर्ने तयारी भएको संसद सचिवालयले जनाएको छ । बृहद् मधेसी मोर्चामा आवद्ध सभासद्हरूले प्रमुख तीन दलबीच भएको ११ प्रदेशसहितको राज्य पुनःसंरचना बारेको सहमति मधेसी, आदिवासी र दलितका हितमा नभएकोले सहमति भङ्ग नभएसम्म संसद स्थगित गर्नुपर्ने बताएका छन् ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind