पत्रकारलाई ज्यान मार्ने धम्कि


काठमाडौं, जेष्ठ ७ - नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङ्काजी शेर्पाले पत्रकारलाई बाँकी नराख्ने चेतावनी दिएपछि आइतबार रिपोर्टर्स क्लवमा तनाव भएको छ ।
-

बन्दकर्ताको तारो सञ्चारमाध्यम

क्लवमा भएको साक्षात्कारमा शेर्पाले प्रेसमाथि भएको आक्रमणविरुद्ध पत्रकार महासंघले र्‍याली निकाले बाँकी नराख्ने चेतावनी दिएपछि समाचार संकलनमा पुगेका पत्रकारले विरोध गरेका थिए । उनले भनेका थिए, 'जनताले दुःख पाए भनेर ब्राम्हण समाज, पत्रकार महासंघले र्‍याली निकालदै छ रे, हिजो अखण्ड सुदूरपश्चिममा नबोल्ने पत्रकार पत्रकार महासंघले र्‍याली निकाले बाँकी राखिने छैन ।'
शेर्पाले पत्रकारविरुद्ध धावा बोल्नेवित्तिकै समाचार संकलनमा उपस्थित पत्रकारले उनको भनाइको विरोध गरेका थिए । त्यसक्रममा पत्रकार ड्यासमा पुगेपछि कार्यक्रम सञ्चालन गरिरहेका क्लव अध्यक्ष ऋषि धमला, क्लवका उपाध्यक्ष मुकुन्द ढुंगानाले पत्रकारलाई सम्झाइ बुझाइ फर्काए ।
स्थिति असहज भएपछि पुगेको प्रहरीले जनजाति महासंघ महासचिव शेर्पासहित जनजाति नेताहरुलाई साक्षात्कार कक्षबाट बाहिर निकालेको थियो । बाहिर निस्कंदै गर्दा शेर्पाले क्लवका  अध्यक्ष धमलालाई नाम किटेरै 'तलाईं छाडि्दन' भन्दै निस्केका थिए भने शेर्पाको विरोध गर्ने पत्रकार खिला कार्कीलगायतको फोटो खिचेका थिए ।
शेर्पाले यसअघि नेपाल पत्रकार महासंघलाई ज्ञापन पत्र बुझाएर जनजाति आन्दोलनमा सहयोग नगरे मिडिया बहिस्कार गर्ने र विज्ञापनसमेत नदिने चेतावनी दिएका थिए ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind