आन्दोलनकारीको माग संबोधन नगरिए मुलुकमा गंभिर दुर्घटना हुन्छः सन्चारमन्त्री


काठमाडौ, ७ जेठ । सूचना तथा सन्चारमन्त्री राजकिशोर यादवले आन्दोलनमार्फत आदीबासी, जनजाती र मधेसीले उठाएको माग पुरा नगरे मुलुकमा गंभिर दुर्घटना हुने चेतावनी दिएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा मन्त्री यादवले पहिचानकोलागी जनताले गरेको आन्दोलनलाई जायज भन्दै आन्दोलनमा एक्यबद्धता र समर्थन समेत जनाए।
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा उनले शोषित पीडित जनताले उठाएको माग पुरा गर्न समयमै उपयूक्त निर्णय लिए मुलुक समृद्ध हुने भन्दै आन्दोलनलाई संबोधन नगरिए मुलुकमा गंभिर दुर्घटना निम्तिने चेतावनी दिए ।

संविधानसभालाई पंगु बनाएर संविधानसभा बाहिर अर्को शक्ति निर्माण गरेर संविधान जारी गर्ने षडयन्त्र भईरहेको भन्दै संविधान सभाबाटै संविधान जारी गर्नु पर्ने धारणा उनले राखेका थिए ।
उनले सिंग र पुच्छर नभएको ११ प्रदेश बनाउने षडयन्त्र भएको भन्दै सहि निर्णय नलिए नेताहरु रहने अन्यथा नेताहरुनै नरहने बताए ।
कुनै कोठामा भएको गोप्य सहिमति मान्य नहुने भन्दै सार्थक संविधान ल्याउन आन्दोलन भएको उनले स्पष्ट पारे ।
मन्त्री यादवले समग्र मधेस एक बनाएर त्यहाँका मधेसी र थारुले मिलेर प्रदेश विभाजन गर्ने भन्दै संविधानमा आफ्ना मुद्दा स्थापित गर्न नदिए सरकार छाड्ने चेतावनी दिए ।
सन्चारमन्त्री यादवले आन्दोलनको क्रममा पत्रकारमाथि भएको आक्रमणको भत्र्सना गर्दै पत्रकारको सुरक्षाकोलागी सरकार सजग भएको बताए । उनले सन्चारकर्मीलाई जिम्मेवार हुन आग्रह गर्दै भौतिक संरचनामा भएको क्षतीको सरकारले क्षतीपूर्ति दिने प्रतिबद्धता ब्यक्त गरे ।
साक्षात्कारमा आदीवासी जनजाती संयूक्त संघर्ष समितिका सचिवालय संयोजक पर्शुराम तामाङले हैसियत विनाको सरकारी बार्ता टोलीसँग वार्ता नगर्ने स्पष्ट पार्दै प्रमुख दलका शिर्षनेता र प्रधानमन्त्री सहभागी वार्तामा मात्र बस्ने बताए ।
उनले भने–सरकारले हामिलाई बार्तामा बोलाएको छ तर अधिकारविहीन त्यो वार्ता टोलीसँग हामि बार्ता गर्दैनौ । प्रमुख दलका शिर्ष नेता र प्रधानमन्त्रीसँग मात्रै वार्ता गर्छौ ।
उनले पहिचान, समानुपातिक निर्वाचन प्रणाली र अवशिष्ट अधिकार सहितको आत्मनिर्णयको अधिकार आफूहरुको माग भएको भन्दै माग पुरा नभएसम्म आन्दोलन फिर्ता नहुने स्पष्ट पारे ।
तामाङले पत्रकारमाथि आक्रमण गर्ने आफूहरुको नीति नभएको आन्दोलनको क्रममा पत्रकार माथि भएको आक्रमणको लागी क्षमा याचना गरे ।
उनले आन्दोलनमा मण्डलेहरुको घुसपैठ भएको आशंका ब्यक्त गर्दै आक्रमण रोक्ने प्रतिबद्धता ब्यक्त गरे । यद्यपि उनले मिडियाको उपेक्षा विरुद्ध आदीवासी जनजातीको आक्रोस भएको भने स्पष्ट पारे ।
साक्षात्कारमा नेकपा माओवादीका नेता एवम पूर्वमन्त्री प्रभु साहले आफूहरुको माग नस्विकारेसम्म आन्दोलन जारी रहने चेतावनी दिदै संविधान निर्माणको सैद्धान्तिक आधारलाई बेवास्ता गरेकोले आन्दोलन गर्नु परेको दाबी गरे ।
उनले आदीबासी जनजाती  र मधेसीलाई  पहिचानबाट ११ प्रदेशको नाममा च्यूत गर्ने काम भएको भन्दै यसको जिम्मेवारी काग्रेस र एमालेले लिनु पर्ने बताए । उनले नयाँ सहमति गर्नु भन्दा पुरानै सहमतिको आधारमा अगाडि बढ्न आग्रह गरे ।
साहले आन्दोलनको क्रममा पत्रकारहरुमाथि भएको आक्रमणप्रति दुखब्यक्त गर्दै  आक्रमण रोक्न आग्रह पनि गरे । उनले मिडिया लक्षित आन्दोलन नभएको समेत स्पष्ट पारे ।
थारु कल्याणकारिणी समितिका अध्यक्ष चन्द्रकुमार चौधरीले आफूहरु सार्वभौम नेपालको पक्षमारहेको भन्दै आफूहरुको माग संबोधन नभए अधिकारकोलागी मर्न समेत तयार रहेको स्पष्ट पारे ।
तराईमा तीन प्रदेश हुनु पर्ने भन्दै थारुहरुको पहिचान खोस्ने कुनै पनि षडयन्त्र सफल हुन नदिने चेतावनी दिए । पत्रकारले आफूहरुको मागलाई  नउठाएको ले आक्रोस रहेको भन्दै पत्रकारमाथि आक्रमण गर्ने कुनै नीति नभएको स्पष्ट पारे ।
तराई थरुहट पार्टीको अध्यक्ष लक्ष्मण थारुले  संविधानसभाले सबै माग पुरा गर्ने अवस्था नभए पनि संविधान संविधानसभाबाटै जारी हुनु पर्ने पक्षमा आफूहरु रहेको बताए । उनले संविधानसभाबाट संविधान जारी नभए प्रतिकार आन्दोलनमा उत्रने चेतावनी दिए । उनले थरुहटको माग संबोधन नभए आन्दोलन जारी रहने समेत बताए ।
उपेन्द्र गच्छदारले पनि आन्दोलन माग संबोधन नभएसम्म आन्दोलन जारी रहने बताए ।
..............................................................................
आदीबासी जनजाती महासंघका महासचिवद्धारा रिपोर्टर्स क्लबका अध्यक्ष सहित पत्रकारहरुलाई नछाड्ने धम्कि
काठमाडौ, ७ जेठ । नेपाल आदीबासी जनजाती महासंघका महासचिव आङकाजी शेर्पाले रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला र सम्पूर्ण पत्रकारलाई ठेगान लगाउने धम्कि दिएका छन ।
रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा शेर्पाले पत्रकार महासंघलाई बाहुन पत्रकार महासंघ भन्दै आईतवार जुलुस निकाले ठेगान लगाउने चेतावनी दिएको थिए ।
उनको अभिब्यक्तिप्रति पत्रकारहरुले आपत्ति प्रकट गर्दै उनको समाचार बहिस्कार गर्ने बताए पछि शेर्पाले रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलालाई चोरी औला ठड्याउँदै तलाई छाड्दिन सकिदिन्छु भनेर चेतावनी दिएका थिए । शेर्पाले साक्षात्कारमा उपस्थित अन्य पत्रकारहरुको आफ्नो मोवाईलबाट फोटो खिच्दै सबैलाई ठेगान लगाउने चेतावनी समेत दिएका थिए ।
धम्की दिदै उनी क्लबबाट बाहिरिएका थिए । क्लबमा तनाव भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसपछि आक्रोसित शेर्पा बाहिरिएका थिए ।
उनले अखण्ड सुदुरपश्चिम र बाहुन क्षेत्रीको आन्दोलनलाई मिडियाले प्राथमिकता दिएको र तर आफूहरुको मागका विषयलाई उपेक्षा भएको भन्दै मिडिया र पत्रकार महासंघलाई ब्राहमण नेपाल पत्रकार महासंघ भनेर नामाकरण गरेका थिए ।
तनाव भए पनि आदीवासी जनजाती संयूक्त संघर्ष समितिका सचिवालय संयोजक पर्शुराम तामाङले शेर्पाको ब्यवहार र अभिब्यक्तिप्रति दुख ब्यक्तगदै क्षमा याचना गरेका थिए । उनले आन्दोलनकारीहरुलाई प्रेस, मानवअधिकारबादी, पर्यटक, एम्बुलेन्स, दुध, तरकारीका गाडीमा आक्रमण नगर्न आग्रह समेत गरेका थिए ।
क्लबका अध्यक्ष ऋषि धमालले आफूलाई शेर्पाले धम्कि दिएको जानकारी दिदै प्रेस माथिको आक्रमणलाई प्रेस स्वतन्त्रतामाथिको आक्रमण भन्दै त्यसका विरुद्ध सम्पूर्ण पत्रकार, नागरिक समाज, मानवअधिकारबादीलाई एक हुन आब्हान गरे ।
तनावको क्रममा रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कक्षको माईक्रोफोन, पोड्रियममा समेत क्षती पुगेको छ ।


0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind