नवलपरासी १० वटा सवारी साधनमा आगजनी
पुर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको वासा र तलसी नगरमा बन्द गराउदै हिडेका बन्दकर्ताले आज बिहान ४ बजे १० वटा सवारी साधनमा आगजनी गरेका छन् । बन्द अवज्ञा गरेको भन्दै एक समूहले सवारी साधनमा आगजनी गरेका हुन् । समूहले साइकल र नम्वर नखुलेका २ ओटा मोटरसाइकल जलाइदिएको प्रहरीले जनाएको छ । सवारी साधनमा आगजनिपछि त्यस क्षेत्र केहीबेर तनावग्रस्त बन्न पुगेको थियो । विगत केही समय देखि नै त्याहाँ बन्दकर्ताको नाममा विभिन्न समूहले प्रेस, एम्वुलेन्स लगायतका अन्य सवारी साधनमा दैनिक जसो ताडफोड तथा आगजनी गर्दै आएका छन् । यसैबीच नवलपरासीमा संयुक्त थारु संघर्ष समितिका कार्यकर्ताहरुले नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद हरि शर्मालाई आक्रमण गरेको छ । थारुहट प्रदेशको माग गर्दै आन्दोलनमा रहेको सघर्ष समितिका कार्यकर्ताहरुले नवलपरासीको बासा चोकमा हिजो बेलुका पत्रकार शर्मालाई आक्रमण गरेका हुन् । पत्रकार शर्मा संयुक्त थारु संघर्ष समिति नवलपरासीले डण्डामा आयोजना गरेको विरोध सभाको समाचार संकलन गरेर बेलुका परासी फर्कदै हुनुहुन्थ्यो । यसैबीच घटनाको नेपाल पत्रकार महासंघ नवलपरासी शाखाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । एक विज्ञप्ती जारी महासंघले आक्रमण गर्नेलाई तत्काल पक्राउ गरी प्रशासन समक्ष कारबाहीको माग गरेको छ ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind