जातीय सङ्गठनहरुको बन्दका कारण देशभरको जनजीवन प्रभावित
पहिचान सहितको संघीयताको मागगर्दै आदिवासी जनजाति संयुक्त सङ्घर्ष समिति लगायत बिभिन्न जातीय सङ्गठनहरुले आह्वान गरेको बन्दका कारण राजधानी काठमाडौं लगायत देशभरको जनजीवन विहानैदेखि प्रभावित भएको छ । बन्दको समयमा सवारीका साधन चलाएकोभन्दै कान्तिपुर दैनिकको पत्रिका बोकेको गाडीलाई बन्दकर्ताहरुले काठमाडौंको जोरपाटीमा तोडफोड गरेका छन् । बन्दकर्ताहरुले ग्वार्को चौकमा २ मोटरसाईकलमा आगजनी गरेका छन् । उनीहरुले बा ३० प ३८९९ पल्सर र बा ३२ प, १९६७ नम्बरको साइन मोटरसाईकल जलाएको प्रहरीले जनाएको छ । बन्द आह्वान गर्दै हिडेका ताम्सालिङ दलका जरसिंह तामाङ, टेकबहादुर तामाङ लगायत करिब १२ जनालाई प्रहरीले बिभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । पहिचानसहितको सङ्घीयता, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, राज्यको सबै अङ्ग र तहमा जनसङ्ख्याको आधारमा समानुपातिक र समावेशी प्रतिनिधित्व तथा आत्मनिर्णयको अधिकार, प्रादेशिक स्वायत्तता र स्वशासन लगाएतको मागगर्दै सङ्घर्ष समिति लगायत बिभिन्न जातीय सङ्गठनहरुले आजदेखि ९ गतेसम्म बन्दको आह्वान गरेका छन् ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind