सवै धारा, ईनार र हैण्डपाईपको पानी पिउन योग्य नभएको पुष्टि

नवलपरासीको सरावल गाउ विकाश समिति वडा नम्बर १ गोईनीमा रहैको  सवै धारा, ईनार र हैण्डपाईपकौ पानी पिउन योग्य नभएको पाईएकौ छ । आज एक कार्यक्रमका विच पानी परिक्षण गर्दा गौईनीकौ कुनै पनि स्रोतको पानी पिउन नरहेको पाईएकौ हो । नेपालको अन्तरिम माप दण्ड अनुसार शत प्रतिशत उक्त गांउको धाराको पानी पिउन अयोग्य रहेको बताईएकौ छ । गोईनी गाउंमा रहेका ३८ वटै धारामा १ सय पिपिवि देखि ५ सय पिपिवि आर्सेनिकको मात्रा देखिएको छ । धारामा आर्सेनिक तत्वको मात्रा उच्च भएको कारणले यहां आर्सेनिकोसिस रोगीहरुको संख्या पनि अत्यधिक रहैकौ आर्सेनिक न्युनिकरणका लागि स्थानिय क्षमता अभिवृद्धि परियोजनालै जनाएकौ छ । नवलपरासीको अधिकांश ग्रमीण क्षेत्रको पानीको स्रोतहरुमा आर्सेनिक भैटिन थालेपछि जाईकाकौ सहयोगमा क्युसु विश्वविद्यालय जापान र एन्फोद्धारा संचालित आर्सेनिक न्युनिकरणका लागि स्थानिय क्षमता अभिवृद्धि परियोजनालै पानीको परिक्षण गर्ने अभियान सुरु गरैको हो । अभियान अन्तरगत आज गोईनीका हैण्डपाईप, ईनार र धाराकौ पानी परिक्षण गरिएकौ हो । पानीमा रहेको आर्सेनिक परिक्षणका लागि स्थानिय सागर सामुदायिक आर्सेनिक न्यूनिकरण समिति गोईनीका सदस्यहरुलै सहयौग गरैका थिए भने संस्थाको तर्फवाट मुन्की चौधरीले सहयोग गर्नुभएको थियो ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind