अमेरिकाले सन् २०२० सम्म नौसैनिक जहाज प्रशान्त क्षेत्रमा लैजाने

एसियामा नयाँ रणनीतिक ध्यान केन्द्रित गर्ने लक्ष्यको एक भागको रूपमा अमेरिकाले आफ्ना बहुसङ्ख्यक नौसैनिक जहाज सन् २०२० सम्म प्रशान्त क्षेत्रतर्फ लैजाने भएको जानकारी अमेरिकी प्रतिरक्षा मन्त्रालयका प्रमुख लेओन प्यानेटाले सिङ्गापुरमा आयोजित एक शिखर बैठकमा आज दिनुभएको विविसिले जनाएको छ ।      उहाँले प्रशान्त महासागरमा थप जहाज तैनाथ गर्ने र यहाँ सैनिक साझेदारी विस्तार गर्ने अमेरिकी निर्णय यस क्षेत्रमा भूमिका बलियो बनाउने प्रयासको रूपमा अमेरिकाको भविष्यका लागि महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । अमेरिकी नौसेनामा हाल २८५ वटा जहाज रहेका छन् र यसको आधा हाल प्रशान्त क्षेत्रमा तैनाथ गरिएका छन् ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind