४ जना पुरषसँग ११ पटक असुरक्षित यौनसम्पर्क


पछिल्लोपटक गरिएको एक अध्ययनले हरेक १० जनामा ७ जना एकल तथा अविवाहित महिलाले असुरक्षित यौनसम्पर्क राख्ने गरेको देखाएको छ । १८ देखि ४० वर्ष उमेर समूहका अविवाहित तथा एकल महिलामा गरिएको अध्ययनले असुरक्षित सम्भोगका कारण त्यस्ता महिला यौन रोगको उच्च जोखिममा रहेको समेत निष्कर्ष निकालेको छ ।

अध्ययनको नतिजा अनुसार एक जना एकल वा अविवाहित महिलाले औषतमा ४ जना पुरषसँग ११ पटक असुरक्षित यौनसम्पर्क गरेका हुन्छन् । एकल तथा अविवाहित महिलाहरुमा यौनप्रतिको इच्छा तिब्र हुने र एक तिहाइ त्यस्ता महिला सम्पर्कका बेला निकै उत्तेजित भएर कण्डम लगायतका सुरक्षित उपायको बारेमा सोँच्न समेत नभ्याउने अध्ययनकर्ताको भनाइ छ । त्यस्तै हरेक ५ जनामा एक जना महिलाले आफ्नो पार्टनरको विश्वासका कारण आफुहरुले कण्डम नलगाइकनै सम्पर्कका लागि तयार हुने गरेको बताएका छन् ।
अध्ययन अनुसार १८ प्रतिशत अविवाहित युवतीहरु यौन सम्पर्कका बेला रक्सीले मात्तिएकै कारण असुरक्षित रुपमा सेक्स गर्ने गरेका छन् भने ८ प्रतिशत युवतीहरुले कण्डमको प्रयोग गर्दा मज्जा नआउने भएकाले कण्डम विनै यौन सम्पर्कका लागि तयार हुने गरेको बताएका छन् ।
बेलायतमा गरिएको यो अध्ययनका अनुसार विदाका दिनहरुमा युवतीहरुमा असुरक्षित सेक्सको दर निकै तिब्र हुने गरेको छ । कतिपय अवस्थामा युवतीहरु अपरिचित पुरुषसँग समेत असुरक्षित रुपमा सेक्सका लागि तयार हुने गरेका छन् । १२ प्रतिशत अविवाहित तथा एकल महिलाहरुका अनुसार सुरक्षित सेक्सका लागि आवश्यक साधनहरु जतिसुकै बेला उपलब्ध हुन नसक्ने भएकाले आफुहरु असुरक्षित रुपमै सेक्स गर्न बाध्य हुने बताएका छन् ।
अध्ययनले उमेर छिप्पिँदै जाँदा महिलाहरुमा हेलचेक्राइँ बढ्ने गरेको पनि देखाएको छ । १८ देखि ३० वर्ष उमेर समूहमा भन्दा ३० देखि ४० वर्ष उमेर समूहका महिलाहरुमा असुरक्षित सेक्सको दर बढि पाइएको छ । जसका कारण उनीहरुमा यौनरोगको संक्रमण पनि बढि हुने गरेको छ ।


कति उमेरमा सेक्स गर्दा बढि मज्जा ?


सामान्यतया कुरकुरे बैँश अर्थात् किशोरावस्थाको समयमा मान्छे सेक्सको विषयमा सबैभन्दा धेरै उत्सुक हुन्छ र त्यस्तो कौतुहलताको उमेरमा गरिने सेक्समा उसले सबैभन्दा धेरै सन्तुष्टी पाउँछ होला भन्ने आमधारणा छ ।
तर यो धारणा सही भने होइन । पछिल्लोपटक गरिएको एक अध्ययनले महिलाहरुको हकमा २८ वर्षको उमेरमा गरिने सेक्स सबैभन्दा आनन्ददायक हुने देखाएको छ । तर पुरुषको हकमा भने सेक्समा सबैभन्दा धेरै मज्जा लिने उमेर ३३ वर्ष रहेको बताइएको छ ।
महिलाहरुले २८ वर्षको उमेरमा सेक्सबाट सबैभन्दा धेरै आनन्द लिने भएपनि उनीहरु २५ वर्षको उमेरमा सेक्सको मामिलामा धेरै सक्रिय हुन्छन् । त्यस्तै महिलाहरुले औषतमा १७ वर्षको उमेरमा आफ्नो कुमारित्व गुमाउने गरेका छन् ।
यस्तै पुरुषहरुको हकमा औषतमा १८ वर्षको उमेरमा उनीहरुको भर्जिनिटी तोडिने र २९ वर्षको उमेरमा सेक्सको मामिलामा सबैभन्दा बढि सक्रिय हुने अध्ययनको निष्कर्ष छ । अनलाइन मार्फत गरिएको यो अध्ययन एक यौन खेलौना उत्पादक कम्पनीले गरेको हो ।
यसअघिको अर्को अध्ययनले भने पुरुषले १८ वर्ष तथा महिलाले ३० वर्षको उमेरमा सेक्समा सबैभन्दा धेरै मज्जा लिने निष्कर्ष निकालेको थियो ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind