फिल्म ‘महसुस’ ले फिल्मको प्रचारप्रसारका लागि ट्राफिक सचेतना

आगामी साउन ३२ गतेबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘महसुस’ ले फिल्मको प्रचारप्रसारका लागि नौलो काम गरेको छ । फिल्मले ट्राफिक नियमसम्बन्धी विभिन्न स्टिकरलाई राजधानीको गोंगबुस्थित नयाँ बसपार्क पुगेर सवारीसाधनमा टाँस्दै सिनेमा खेलेपछि त्यसको प्रचारका लागि नयाँ शैली अपनाएको हो ।
 प्रचार अभियानमा फिल्मका नायक आर्यन सिग्देल र नायिकाद्वय केकी अधिकारी तथा बेनिशा हमालसहित निर्देशक नवल नेपाल तथा निर्माता कल्याण घिमिरे पनि उपस्थित थिए । ‘तीब्र गति जीवनको Ôति’, ‘सवारी साधन बिस्तारै हा“कौँ’ लेखिएका स्टिकरहरू कलाकारले गाडीभित्र प्रवेश गरेरै टा“सेका थिए । नेपाल यातायात मजदुर संघको सहयोगमा आयोजना भएको यो कार्यक्रमले जनतामा सचेतना जगाउन मद्दत पुग्ने निर्माता घिमिरेले बताए । ‘सामाजिक सचेतनामा सेलीब्रेटीको भूमिका पनि महŒवपूर्ण हुन्छ, ’उनले भने, ‘यसै कुरालाई मध्यनजर गर्दै हामीले पनि ट्राफिक नियमसम्बन्धी सन्देशलाई अगाडि बढाएका हौँ ।’ फिल्मका निर्देशक नेपालले सामाजिक कार्यले फिल्मप्रति दर्शकको आकर्षण बढ्ने दाबी गरे ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind