माइक्रोम्याक्सले ल्यायो ‘क्यानभास ४’

नेपाली स्मार्टफोन बजारमा माइक्रोम्याक्सले ‘क्यानभास ४’ भित्राएको छ । भारतीय ब्राण्ड माइक्रोम्याक्सको नयाँ स्मार्टफोन मध्यमवर्गीय उपभोक्तालाई लक्षित गरेर नेपाल भित्राइएको हो । ‘क्यानभास ४’ को मूल्य नेपाली बजारमा ३२ हजार रुपैयाँ पर्ने छ ।
माइक्रोम्याक्स स्मार्टफोन नेपाली बजारमा पशुपती ट्रेड लिंकले विक्री वितरण गर्दै आएको छ । स्मार्टफोनको ब्याक साइडमा १३ मेगापिक्सेल क्यामेरा रहेको छ भने फ्रन्ट साइडमा ५ मेगा पिक्सेल क्यामेरा रहेको छ । स्मार्टफोनमा रहेको क्यामेरा प्रोफेसनल रुपमा प्रयोग गर्न सकिने कम्पनीले दाबी गरेको छ । क्यामेरामा पानोरामा फोटो खिच्ने सुविधा रहेको छ । स्मार्टफोनमा ५ इञ्च ठूलो उच्च क्षमताको एलसीडी टच स्त्रिmन रहेको छ ।
स्मार्टफोनमा एन्ड्रोइडको ओएस ४.२.१ जेली बिन अपरेटिङ सिष्टम प्रयोग गरिएको छ । यसमा १.२ गिगाहर्ज क्वार्ड कोर प्रोसेसर, २००० एमएएच क्षमताको ब्याटि्र, थि्रजी, ब्लुटुथ, वाईफाई, युएबी, एक जीबी र्‍याम, आन्तरिक मेमोरी क्षमता १० जीबी, आवश्यकता अनुसार ३२ जीबीसम्म मेमोरी विस्तार गर्न सकिने, दुई सीम प्रयोग गर्न सकिने, रेडियो लगाएतका सुविधाहरु रहेका छन् ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind