यसरी बिताउने छन् खुर्सिदले काठमाडौ‍मा नौ घन्टा

भारतीय विदेशमन्त्री सलमान खुर्सिद मंगलबार बिहान नौ बजे काठमाडौं आइपुग्दैछन् । नौ सदस्यीय प्रमण्डलको नेतृत्व गरेर आउन लागेका खुर्सिदले साढे नौ बजे सिंहदरबारस्थित मन्त्रालय भवनमै नेपाली समकक्षी माधव घिमिरेसँग द्विपक्षीय वार्ता गर्नेछन् । लगत्तै अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र राष्ट्रपति रामवरण यादवसँग शिष्टाचार भेट गर्ने छन् । अचानक भ्रमण समय छोटिएकाले खुर्सिदले राजनीतिक दलका शीर्ष नेताहरूसँग चाहिँ कसिकसाउपूर्वक भेट्नुपर्ने भएको छ । शीर्ष नेताहरूसँग भेटघाटका लागि द्वारिकाज होटलमा दिउँसो साढे दुई बजेदेखि साढे दुई घन्टाकै लागि समय 'बुक' गरिएको छ । बेलुकी पौने छ बजे उनी फिर्ने छन् । उनलाई भेट्नकै लागि भनेर पत्नीको उपचारका लागि भनेर सिंगापुर गएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल त्यहाँको बसाइँ छोट्याएर मंगलबार मध्याह्न स्वदेश फिर्दैछन् ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind