अग्नी सापकोटा, सूर्यमान दोङ र बालकृष्ण ढुङगेललाई पक्राउ गरि कारवाही गर्न माग ।।


न्यायकालागी  द्धन्द्ध पीडित समाज नेपाले हत्याको आरोपमा सर्वस्व सहित जन्मकैदको सजाय पाएका माओवादी सभासद बालकृष्ण ढुङगेल सहित हत्याका आरोपी माओवादी नेताहरु अग्नी सापकोटा र उर्जा राज्यमन्त्री सुर्यमान दोङलाई पक्राउ गरी कानूनी कारवाही अगाडि बढाउन माग गरेको छ ।  आज राजधानीमा पत्रकार सम्मेलन गरेर समाजले जेपी गुप्ताले भ्रष्टाचार गरेको ठहर गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै अदालतको फैसला पश्चात नै गुप्तालाई जेल पठाईएसँगै सभासद र मन्त्री पद खोसिए पनि सभासद ढुङगेललाई जेल नपठाई पदमा कायमै राखेर सरकारले दण्डहिनता बढाएको आरोप लगायो । पत्रकार सम्मेलनमा बोल्दै प्रा डा सुरेन्द्र केसीले जन अदालतको निर्णय मान्ने तर सर्वोच्च अदालतको निर्णय नमान्ने माओवादी अध्यक्ष प्रचण्डको अभिब्यक्तिले दण्डहिनताको अन्त्य नेपालबाट तत्काल हुने सम्भावना नरहेको दावी गर्दै जेपी गुप्तालाई कारवाही हुने तर सभासद ढुङगेललाई संरक्षण गरेर राख्ने कार्यले दण्ड हिनताले मुलुकमा प्रश्रय पाएको बताउनुभयो । मानवअधिकारकर्मी चरण प्रसाईले हत्या गर्ने ब्यक्ति सबैभन्दा ठूलो नैतिक पतन भएको ब्यक्ति स्वतः सावित भएकोले संविधानसभाका अध्यक्षले हत्यालाई नैतिक पतन कार्यको रुपमा लिई सभासद पदबाट मुक्त गर्नु पर्ने सुझाव दिनुभयो । उहाँले माओवादी माओवादी नेताहरु अग्नी सापकोटा, सुर्यमान दोङ र सभासद ढुङगेललाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गर्नुभयो । उहाँले पिडीतलाई न्याय दिएर कानूनी राज्यको स्थापनाको लागि हत्यारालाई कारवाही गर्न राज्य अगाडी बढ्नु पर्ने बताउनुभयो ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind