प्रहरीको ज्यादती विरुद्ध भन्दै नारायणगढ र भरतपुर वन्द ।। n


चितवनको चण्डीभङ्ज्याङमा प्रहरीको कुटाईबाट एक युवकको ज्यान गएको विरोधमा अहिले पिडित परिवारले नारायणगढ वजार वन्द गराएका छन् ।  वन्दका कारण सवारी साधन र यात्रुहरु बीच वाटोमै अलपत्रमा परेका छन् । वन्दको अवज्ञा गरेको भन्दै वन्दकर्ताहरुले भरतपुरमा ना  ३ ख ४०६ नम्वरको ट्रकमा तोडफोड गरिएको छ ।  शिबरात्रीका लागि भन्दै पैसा उठाई रहेका स्थानिय बालबालिकाहरु प्रहरी देखेर भागेपछि बाटोमा हिडिरहेका चन्डीभन्ज्याङ–९ का रबिन गुरुङलाइ प्रहरीले कुटपिट गरेको हो । कुटपिटपछि गम्भीर घाईते भएका उनलाई भरतपुर अस्पतालमा उपचारका लागि ल्याउदैगर्दा बाटोमानै मृत्यु भएको स्थानियबासिन्दाले जानकारी दिएका छन् । प्रहरीले शिवरात्रीका लागि भन्दै पैसा असुलीरहेको अवस्थामा रहेको गुरु«ङलाई रोक्ने क्रममा धकेलाधकेल हुदा लडेर गम्भीर घाईते भएपछि उनको भरतपुर अस्पतालमा मृत्यु भएको दाबी गरेको छ । यता, परिवारले भने आफन्तको घरमा गैरहेको बेलामा प्रहरीले कुटपीट गरि हत्या गरेको भन्दै बिरोध जनाएका छन् । गएराती साँढे ९ वजे भएको घटनापछि आक्रोशित स्थानियवासीले रातभर राजमार्ग अवरुद्ध गरेका थिए ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind