कागजजस्तै मोबाइल अर्को बर्ष


सन् २०१३ भित्रमा कागजजस्तै पट्याउन मिल्ने पातलो मोबाइल बनाएर आफ्नो ग्राहकलाई नयाँ ग्याजेट उपलब्ध गराउन मोबाइल सेट उत्पादक कम्पनीहरु लागिपरेको समाचार बाहिर आएको छ ।

पछिल्लो समय आकर्षक उत्पादक र आक्रामक बजार प्रबर्द्धनको शैली पछ्याएको सामसुङले अर्को बर्ष सबैभन्दा पहिले कागजीजस्तै  गरी पट्याउन र भाँच्न मिल्ने मोबाइल सेट बजारमा ल्याउने दाबी गरेको समाचार अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले प्रकाशित गरेको छ ।

सामसुङले यसको प्रारम्भिक डिजाइन भइसकेको जनाएको छ । यता, अन्य मोबाइल सेट उत्पादक कम्पनी एलसी, फिलिप्स, सोनीजस्ता कम्पनीले पनि यस्तै उत्पादनको लागि आफ्नो प्राविधिकहरुलाई व्यस्त बनाएको बीबीसीले जनाएको छ । त्यस्तो मोबाइल फोन पट्याउन मिल्ने मात्रै नभई प्लाष्टिक कोटेट गरिएकाले अत्याधिक टिकाउसमेत बनाउने तयारी भइरहेको जनाइएको छ ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind