नांगिए अक्सफोर्डका विद्यार्थी (फोटोफिचर सहित

बेलायतको चर्चित अक्सफोर्ड विश्वविद्यालयका विद्यार्थी नांगिएका छन् । यो सुन्दा सबैलाई अचम्म लाग्नसक्छ । विश्वका जो कोही विद्यार्थीले पढ्न चाहने विश्वविद्यालयका विद्यार्थीले किन लाजमर्दो काम गरे होलान् ? भनेर । वास्तवमै अक्सफोर्डमा पढ्ने केही युवा विद्यार्थीले लाज भन्ने कुराको परवाह नगरी नांगो तस्वीर खिचाएका छन् ।

उनीहरु कुनै सनक वा वैँशको मातमा नांगिएका भने होइनन् । एउटा परोपकारी कामका लागि उनीहरुले नग्न फोटोशूट गरेका हुन् । बेलायतमा प्रोस्टेट क्यान्सरका रोगीहरुको सहयोगार्थ एक क्यालेन्डरका लागि अक्सफोर्ड विश्वविद्यालयको रग्बी फुटबल टोलीका सदस्यहरुले नग्न फोटोशूट गरे ।
यसरी नांगिएका युवा विद्यार्थीहरुको ब्लाक एण्ड ह्वाइट तस्वीरहरु एक च्यारिटी संस्थाको आगामी नयाँ वर्षको क्यालेन्डरमा प्रकाशित हुनेछ ।









0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind