बस दुर्घटनामा 24 जनाको मृत्यु


डोटीमा भएको यात्रुबाहक बस दुर्घटनामा 24  जनाको मृत्यु भएको छ । १0 जना घाइते भएका छन् । अछामको जैगडबाट कैलालीको टीकापुरका लागि छुटेको कर्णालि रिभरको ना ४ ख ३६०३ नम्बर को बस डोटी छतीवन गाबिसको रुपसकाँडामा दुर्घटना हुँदा 24 जनाको मृत्यु भएको हो ।
बस बुडर बजारबाट ७ किलोमिटर टाढा रुपसकाँडा राती साढे २ बजे दुर्घटना भएको हो । बस सडक बाट ३ सय मिटर तल खसेकाले मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीको अनुमान छ । दुर्घटना भिरमा भएको र अत्यधिक चिसोभएकाले उद्धारमा कठिनाई भएको जिल्ला प्रहरी कार्यालय डोटीका एस पि प्रेम चन्दले जानकारी दिनुभयो ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind