जातीय अहंकारको आरोप गायक रामकृष्ण ढकालमाथि


राज्यकोषबाट अर्बौँ खर्चर पनि संविधान जारी गर्न नसकी संविधानसभा खारेज हुँदा राजनीतिक पार्टी र बुज्रुगहरु मात्र होइन सर्वसाधारणसमेत चिन्तित छन् । तर, नेपालका कुनै जमानाका नम्बर वान गायकले भने संविधान बन्न नसकेकोमा हर्ष व्यक्त गरेका छन् ।
दुई महिनादेखि बेलायतका विभिन्न ठाउँमा आफ्नो कला प्रस्तुत गर्दै आएका गायक रामकृष्ण ढकालले आइतबार लण्डनमा एनआरएन युकेले आयोजना गरेको च्यारिटी डिनरमा यस्तो खुशी व्यक्त गरेका हुन् ।
गीत सुनाउन मञ्चमा पुगेका ढकालले नेपालको राजनीतिप्रति विषवमन गर्दै भने-’…नेपालमा जातजातिको समस्या देखिएको थियो । कतिले संविधान नै बनेन भन्नुभयो । संविधान बन्नुपथ्र्यो तर नबन्दा पनि कताकता राम्रो पो भो कि ?’
नेपाली पत्रकारहरुको व्यावसायिक क्षमताको विकास र प्रोत्साहनका लागि पत्रकार महासंघ, युके र एनआरएनको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा ढकालले जातजातिका नाममा परदेशमा पनि नेपाली विभक्त भएकोमा रोश पोखे,- ‘विदेशमा आउँदा पनि हामीहरु कताकता नेपाली भएता पनि फलाना ठाउँको, यो ठाउँको, फलाना जातको, यो अर्को जातको भन्ने भन्ने विभाजनमा छौँ’ ।
ढकालले मञ्चबाट त्यसो भन्ने बित्तिकै दर्शक दीर्घामा रहेका आदिवासी जनजातिहरुले हुटिङ शुरु गरेका थिए । त्यसपछि कसैलाई चित्त दुखाउने आप\mनो नियत नरहेको प्रष्टीकरण दिँदै उनले गाए-’….अब भूल गर्दिन भन्छु मान्छे हुँ गल्ती नै हुन्छ.. ।’ गीतपछि पनि उनले आफूले युनाइटेड किङडमको सन्दर्भमा बोल्दा कतै नेपालमा पनि ‘किङ’को पक्षपोषण गरेको अर्थ लाग्यो कि भन्दै क्षमायाचना गरेका थिए ।
त्यतिले पनि नपुगेर कार्यक्रमका आयोजकले पनि घटनाको जिम्मा लिँदै माफी माग्नु परेको थियो । कार्यक्रममा उपस्थित आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष श्रीप्रसाद लिम्बु, महासचिव नरेश काङमाङ, युबीजीइएनका प्रवक्ता ज्ञानराज राई, कृष्णकुमार हेम्ब्या लगायतले ढकालले एकल जातीय अहंकार व्यक्त गरेको र नेपालको बहुजातीय यथार्थता स्वीकार गर्न नसकेको आरोप लगाउँदै आफूहरुलाई मञ्चमा दुई मिनेट बोल्न दिन आयोजकसँग आग्रहसमेत गरेका थिए ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind