भदौ २८ गतेबाट देशभरका हलमा प्रदर्शनमा ‘ढुवानी’


यसअघि ‘बरदान’ र ‘प्लान’ बनाएकी निर्मात्री कविता श्रेष्ठ आफनो तेश्रो चलचित्र ‘ढुवानी’ले राम्रो व्यापार गर्नेमा ढुक्क छिन् । यसैले पनि उनी यतिबेला ‘ढुवानी’को बारेमा निर्धक्क कुरा गरिरहेको अवस्थामा भेटिन्छिन् ।पिताम्बर पाण्डेको निर्देशनमा तयार भएको यो चलचित्र भदौ २८ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउने जानकारी निर्माणपक्षले दिएको छ । चलचित्र नेपाल र भारतको सिमानाबाट हुने चेलीबेटी बेचबिखनको बिषयलाई प्राथमिकताका साथ उठान गरेको छ ।
कविता फिल्मस्को ब्यानरमा तयार भएको यो चलचित्रमा किशोर खतिवडा, अर्चना देलाला, सगुन शाही, धिरेन थापा, अनु गायक, प्रविण खतिवडा लगायतका कलाकारको अभिनय छ । चलचित्रमा हरि लम्सालको संगीत, देवको द्वन्द्व छ । चलचित्रको छायांकन बर्दिया, भारतको सिमाना, नेपालगञ्ज लगायतका क्षेत्रमा गरिएको छ ।
चलचित्रलाई बास्तविक देखाउन कुनै कसर बाँकी नराखिएको निर्माता कविता श्रेष्ठले जानकारी दिएकी छिन् । चलचित्रको प्रोमोले पनि निक्कै राम्रो चर्चा पाएको निर्माणपक्षले दाबी गरेको छ ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind