अन्तर्राष्ट्रिय मान्यता प्राप्त फ्लाईस्काई इन्टरनेशनल एयरहोस्टेज एकाडेमी
एयरहोष्टेज तालिम संचालन गरिरहेको काठमाण्डौंस्थित फ्लाईस्काई इन्टरनेशनल एयरहोस्टेज एकाडेमीले अन्तराष्ट्रिय मान्यता प्राप्त गरेको छ ।
एक बर्षअघि संचालनमा आएको सो केन्द्रले एयरहोस्टेज सम्वन्धी तालीम, व्यत्तित्व विकास र टेलिफोन अपरेटर कक्षाहरु सन्चालनमा गरिरहेको छ । एकेडमीलाई हालै अमेरीकास्थित इन्टरनेशनल एकि्रडिएसन अर्गनाइजेसन (आइएओ) ले फ्लाईस्काई इन्टरनेशनललाई अन्तराष्ट्रिय मान्यता प्रदान गरेको हो ।
‘एक बर्षमै यो सम्मान पाएकोमा हामी गौरवान्वित छौं’-संस्थाका प्रवन्ध निर्देशक प्रदीपराज वन्तले भन्नुभयो-’नेपालमा यस्तो मान्यता पाउने हामी पहिलो संस्था हौं ।’
फ्लाईस्काई इन्टरनेशनलले गत वर्षदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानका लागि उपयोगी तालिम कक्षाहरु सन्चालन गर्दै आएको छ । हाल नेपाल लगायत विदेशी एयरलाइन्सहरुमा रोजगारीका लागि आवेदन दिएर रोजगारीका लागि थुप्रै विद्यार्थीहरु प्रतिक्षारत छन् । यसै वर्ष देखि नेपालका विभिन्न एयरलाइन्स कंपनीहरुमा पनि प्रशिक्षार्थीहरुले सेवा पुर्याउँदै आएका छन् ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind