बिहे गर्न तयार कामसुत्रकी हिरोइन


कामसुत्र थ्रीडीका कारण चर्चा रहेकी बलिउड हिरोइन सर्लिन चोपडाले आफ्नी आमाको इच्छाअनुसार बिहे गर्न तयार भएको बताएकी छिन्। दैनिक भास्कर पत्रिकासँग कुरा गर्दै उनले आमाको इच्छा पूरा गर्न बिहेका लागि राजि भएको बताइन्। भनिन्, 'मैले मलाई सुहाउँदो केटा खोज्नुस् भनिसकेँ।'
भर्खरै कान्स फिल्म फेस्टिवल पुगेर फर्केकी सर्लिन त्यहाँ पनि कम चर्चामा रहिनन्। पापाराजीहरुको बीचमा पनि उनी आत्तिनन् र पोज पोजमा फोटो खिच्न सघाइन्।
प्ले व्वायका लागि नाङ्गो तस्बिर खिचेर चर्चित बनेकी उनी कामसुत्रका कारण थप चर्चामा रहिन्। कामसुत्रमा यौन संशर्ग कसरी गर्ने भन्ने सिकाउने हिरोइनले बिहेका लागि केटा खोज्न भने आमालाई जिम्मा दिइछिन्। कुरो अल्ली नसुहाउने भएन र?

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind