डीटीसी नेपाल प्रबेश
नेपालमा विभिन्न ब्राण्डका स्मार्टफोन भित्राउने होडबाजी चलिरहेका बेलामा डीटीसी ब्राण्डका स्मार्टफोन नेपाली बजारमा भित्रिएका छन् । कल मोबिलिटी प्रालिले डीटीसी ब्राण्डका जीटी-१० एस्ट्रोइड बुलेट र जीटी-७ एस्ट्रोइड म्याक्स गरि दूई मोडलका स्मार्टफोन नेपाली बजारमा भित्राएको हो ।
जीटी-१० एस्ट्रोइड बुलेट
जीटी-१० एस्ट्रोइड बुलेट मोडल ६ इन्चको टच स्त्रिmन भएको स्मार्टफोन हो । यसमा २ गिगाहर्जको डुअल कोर प्रोसेसर रहेको छ । यस स्मार्टफोनमा एन्ड्रोइडको जेली बिन ४.१.१ भर्सन अपरेटिङ सिस्टम रहेको छ ।
स्मार्टफोनको पछाडी ५ मेगापिक्सेल र अगाडी १.३ मेगापिक्सेल क्यामेरा रहेको छ । यो स्मार्टफोन किन्दा एउटा कभर सित्तैमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
स्मार्टफोनमा उच्च क्षमताको ३००० एमएएचको ब्याटि्र रहेको हुँदा लामो समयसम्म चलाउन सकिन्छ । यसमा थ्रीजी, वाईफाई, एफएम रेडियो लगाएतका सुविधा उपलब्ध छन् ।
जीटी-७ एस्ट्रइड म्याक्स
यस स्मार्टफोनमा ४.३ इन्चको डब्लुभीजीए टच स्त्रिmन रहेको छ । १ गिगाहर्जको प्रोसेसर रहेको जीटी- ७ मा एन्ड्रोइडको २.३.५ भर्सनको अपरेटिङ सिष्टम प्रयोग गरिएको छ । डबल सीम प्रयोग गर्न मिल्नुका सार्थ ३२ जीबीसम्म मेमोरी विस्तार गर्न सकिने कम्पनीले जनाएको छ ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind