विवाह: आमा भएपछि
गायिका जेसिका सिम्पसन तथा उनका पुरुष मित्र एरिक जोनसनले विवाह-बन्धनमा बाँधिने निर्णय गरेका छन्। सिम्पसन अहिले गर्भवती छिन्। गर्भमा भएको शिशु जन्मिएपछि दुवैले विवाह गर्ने योजना बनाएका हुन्। जेसिका र एरिक दोस्रो पटक आमा-बुवा बन्न लागेका हुन्। उनीहरूले यो खुसीलाई वैवाहिक समारोहमार्फत बाँड्न चाहेका छन्। एक अनलाइन पत्रिकाका अनुसार शिशु जन्मिएको करिब तीन महिनापछि उनीहरू वैवाहिक जीवनमा बाँधिनेछन्। एनएलएफका पूर्व फुटबल खेलाडी जोनसनले २०१० मा सिम्पसनका सामु विवाहको प्रस्ताव राखेका थिए। त्यसपघि सिम्पसन गर्भवती भएका कारण दुवै पटक उनले विवाहको विचारलाई स्थगित गर्नुपरेको थियो। सिम्पसनले आफ्ना पूर्व श्रीमान् निक लेससँग सन् २००५ मा डिभोर्स गरेकी थिइन्।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind