आफ्नौ दूधको चिया सबै परिवारका लागि खुवाउने सेलिब्रेटी
आमाको दूध बच्चाको लागि सर्वोत्तम मानिन्छ । तर, एक सेलिब्रेटीले भने आफ्नो दुध बच्चाका लागि मात्र नभएर सबै परिवारका लागि प्रयोग गर्दै आएको खुलासा गरेकी छन् ।
टेलिभिजन प्रस्तोता एवम् गायिका माइलिनी क्लासले आफ्नो दूधको चिया बनाएर परिवारका सबै सदस्यलाई खुवाउने गरेको बताएकी हुन् ।
माइलिनीका अनुसार आफ्ना बुवाबाट उनले यो आदत सिकेकी हुन् । 'मेरा बुवाले सधैँ आमाको दुध हालेको चिया मात्र पिउनुहुन्थ्यो उनले भनेकी छिन् मैले पनि उहाँले सुरु गरेको परम्परा धानेकी छु ।'
आफ्नो शुद्ध दूध गिलासमा निचोरेर पनि परिवार तथा साथीहरुलाई खुवाउने गरेको माइलिनीले दावी गरेकी छन् ।
उनले यसलाई सामान्य बताएकी छन् । 'मैले सबैलाई चाख्न लगाएकी छु । यसको स्वाद अरु जनावरको दूधभन्दा फरक हुन्छ । त्यति गुलियो हुँदैन, तर मौलिक हुन्छ ।' पहिलोचोटि पिउँदा सैलाई मन नपरे पनि एक–दुईचोटी पिएपछि बानी पर्ने उनी बताउँछिन् ।
'मलाई यो कहिल्यै अनौठो लागेन । किनकि म हुर्किदाखेरि नै बुबाले अभ्यस्त बनाईसक्नुभएको थियो, हामीलाई । अहिले हाम्रो परिवारमा सबैजनाका लागि यो सामान्य हो,' माइलिनीले भनेकी छन् । ३५ बर्षीया माइलिनीका दुयृ छोरी पाँच र दुई बर्षका छन् ।
उनका बुबा ओस्कार जलसेनामा कार्यरत थिए ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind