सुरु भयो ‘शीशा’ सिक्किमकी हिरोइनलाई सेक्रेट राख्दै

मुहुर्त भएको लामो समयसम्म पनि छायांकनमा नजा“दा अलमलमा परेको चलचित्र ‘शीशा’ युनिट आइतबार सिक्किम प्रस्थान गरेको छ । आरबी के शरदको निर्देशनमा तयार हुन लागेको यो चलचित्रलाई माधव ढुंगेलले निर्माण गर्न लागेका हुन् ।चलचित्रमा नायक जीवन लुइटेलका साथमा निर्मल सेञ्चुरी र दिपक भण्डारी देखिदैछन् । नायिकाको बिषयमा भने निर्माणपक्षले अहिले नै केही बोलेको छैन । चलचित्रको लागि नायिका सिक्किममै पक्का भएको निर्देशक शरदले बताए । उनका अनुसार काठमाण्डौ फर्किएपछि मात्र नायिकाको नाम सार्वजनिक गरिनेछ ।
लभस्टोरी बिषयबस्तुमा तयार हुन लागेको ‘शीशा’स“गै अन्य २ सिनेमा पनि निर्माता ढुंगेलले घोषणा गरेका थिए । कलाकार निर्मल सेञ्चुरीले ‘शीशा’ मा काम गर्न पाउ“दा खुशी लागेको बताए । उनले तनाव, व्रम्हा र मिस्टेक लगतै यो सिनेमामा काम गर्न लागेका हुन् । नायक जीवन लुइटेल भने एक साता पछि मात्र सिक्किम तर्फ प्रस्थान गर्नेछन् ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind