आठ एवार्ड :टेलर

चीनको झिन्ताङमा सम्पन्न मिस टुरिज्म क्विन एसियाको पहिलो संस्करणमा नेपालका तर्फबाट प्रतिनिधित्व गरेकी समृद्धि राईले विशेष सफलता हात पारेकी छिन्। चीनमा मिस टुरिज्म क्विन इन्टरनेसनल प्रतियोगिता आयोजनाको १० वर्ष पुगेको अवसर पारेर यो वर्ष शुभारम्भ गरिएको मिस टुरिज्म क्विन एसियामा एसिया क्षेत्रका विभिन्न मुलुकका ३७ जना पर्यटन सुन्दरीको सहभागिता थियो। उक्त प्रतियोगितामा समृद्धिले आफूलाई टप ट्वेन्टी चरणसम्म उभ्याइन भने मिस प्रेस पि्रन्सेस्को उपाधिसमेत हात पारिन्। यसअघि मिस टुरिज्म क्विन इन्टरनेसनल-२०११ नेपालका तर्फबाट पर्यटन सुन्दरीका रूपमा सहभागिता जनाएकी राईले प्रतियोगितामा मिस पर्सनालिटिको अवार्ड जितेकी थिइन्। समृद्धिले मिस नेपाल-२०१० को टप फाइभ फाइनलिस्ट र त्योभन्दा अघि मिस टिन नेपाल-२००६ मा सेकेन्ड रनर्सअपसम्मको यात्रा तय गरेकी थिइन्। मिस टुरिज्म क्विन एसियाको उपाधि भने चीनकी  बेइ जुईङले जितेकी छिन्।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind