स्वंयसेविकालाई मोबाइल
महिला स्वास्थ्य स्वयम्सेविकाको कामलाई थप प्रभावकारी बनाउन मद्दत पुर्याउने उद्देश्यले दुनी गाविसका सबै महिला स्वास्थ्य स्वयम्सेविकालाई मोबाइल टेलिफोन प्रदान गरिएको छ ।
गाविसलाई खोपमुक्त घोषणा गर्न राम्रो भूमिका खेलेको भन्दै आफ्नै स्रोतमा गाविसका नौ वटै वडाका स्वास्थ्य स्वयम्सेविकालाई मोबाइल सेट, सिमकार्ड तथा रु तीन हजारका दरले पुरस्कारसमेत प्रदान गरेको छ ।
पूर्ण खोप गाविस घोषणा कार्यक्रममा मोबाइल सेट, सिमकार्ड र नगद रकम हस्तान्तण गरिएको हो । खोप लगाउने, गर्भवती जाँच गराउने लगायत विषयमा गाउँका महिलालाई खबर गर्न सजिलो होस् भन्ने उद्देश्यले मोबाइल सेट प्रदान गरिएको गाविस सचिव खगेन्द्र खड्काले जानकारी दिए । रासस
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind