
शुक्रबार अपराह्न मात्रै १५ वर्षीया एक किशोरीमाथि फूलबारी ६ ढकनाको जंगलमा सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको थियो । ३२ घन्टापछि शनिबार राति १७ वर्षीया अर्की किशोरी तुलसीपुर ५ नयाँ बसपार्कमा बलात्कृत भइन् । घटनास्थलमा फेला परेका खलंगा ५ प्युठानका वीरबहादुर खत्री, थारमारे ६ सल्यानका युवराज डाँगी, फालाबाङ ५ सल्यानका अर्जुन योगी र रागेचौर ६ सल्यानका चन्द्र डाँगीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीहरू सबै यातायात व्यवसायमा संलग्न रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी तुलबहादुर कार्कीले बताए ।
पक्राउ पर्नेहरू सबै १९ देखि २२ वर्षका रहेको कार्कीले जनाए । सुरुमा एक जनासँग सहमतिमा यौन सम्पर्क गरेको र पछि तीन जनासँग सम्पर्क हुँदा पनि प्रतिकार नगरेको देखिएको उनले बताए । 'चौथो युवा पनि थपिएपछि मात्र बलात्कार भनेर फोन आयो,' उनले भने, 'आपसी अविश्वासको अभावमा यस्ता घटना भइरहेका छन् ।'
बलात्कृत किशोरी पनि प्रहरीको निगरानीमा छिन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले बतायो । घटनाबारे अनुसन्धान भइरहेको र थप तथ्य पत्ता नलागेको डीएसपी कार्कीले बताए । फूलबारी ६ ढकनाको जंगलमा शुक्रबार १५ वषर्ीया किशोरीले 'सामूहिक बलात्कार' भएको बताएकी थिइन् । मुख छोपेका चार युवाले लछारपछार पारेको र त्यसपछि बेहोस भएकाले केही थाहा नपाएको ती किशोरीले बताइन् । किशोरी निर्वस्त्र अवस्थामा फेला परे पनि बलात्कार हो/होइन या प्रयास मात्र हो भन्नेबारे मेडिकल चेकजाँचको रिपोर्ट नआउँदासम्म केही भन्न नसकिने डीएसपी कार्कीले
जनाए । ती किशोरी निकै हतोत्साहित अवस्थामा रहेको र उनको राप्ती अञ्चल अस्पताल तुलसिपुरमा उपचार भइरहेको प्रहरीले बतायो ।
चार वर्षमा १५ घटना
दाङ गढवाकी २५ बर्षीया युवतीको २०६६ चैतमा बिजौरीमा सात जनाद्वारा सामूहिक बलात्कार भई २०६७ जेठ ३० मा उपचारका क्रममा मृत्यु ।
रुकुमकी १८ बर्षीया एक युवतीलाई तुलसीपुरको बसपार्कस्थित न्यु राप्ती गेस्ट हाउसमा बास बसेको समयमा १० जना युवाद्वारा २०६७ असार १५ मा अपहरणपछि सामूहिक बलात्कार ।
२०६७ साउन १७ मा घोराही नगरपालिका ४ चौघेरामा ११ बर्षीया बालिकालाई बलात्कार ।
तिजमा माइती जाने क्रममा सौडियारकी एक महिलामाथि २०६७ भदौ ५ मा बिजौरीमा सामूहिक बलात्कार ।
तुलसीपुरका एक बुबाले १५ बर्षीया छोरीमाथि नियमित यौन शोषण गर्दै आएको रहस्य २०६७ मंसिर १० गते खुलेको ।
२०६७ पुस १२ गते पुरन्धारामा ४६ बर्षीया महिलालाई दुई प्रहरीद्वारा सामूहिक बलात्कार ।
२०६७ माघ र फागुनमा हापुरमा दुई महिलामाथि सामूहिक बलात्कार ।
२०६७ फागुनमा तुलसीपुर बसपार्कमा एक युवतीमाथि सामूहिक बलात्कार ।
२०६७ चैत ११ गते अपराह्न ४ बजे घोराही ६ मा एक युवतीमाथि सामूहिक बलात्कार ।
२०६७ चैत २९ गते तुलसीपुरमा एक युवतीमाथि सामूहिक बलात्कार ।
घोराही काठेकोलमा कम्लरी बलात्कृत ।
२०६८ असार ९ गते टरिगाउँकी १० बर्षीया बालिका घरैमा बलात्कृत ।
२०६८ असार १८ गते तुलसीपुरमा एक बालिकालाई गाडीका चालक र सहचालकद्वारा बलात्कार ।
२०७० असार २१ गते फूलबारी ६ ढकनाको जंगलमा १५ बर्षीया किशोरीमाथि चार जनाद्वारा सामूहिक बलात्कार ।
२०७० असार २२ गते राति तुलसीपुर बसपार्कस्थित एक ग्यारेजमा १७ बर्षीया किशोरीमाथि चार जनाद्वारा सामूहिक बलात्कार
अचेल होटल, लज, क्याबिन रेस्टुरेन्ट, मसाज सेन्टरमा यौनकर्मी र ग्राहक 'रंगेहात पक्राउ' परेका समाचार त्यति आउँदैनन्। भ्रम नपरोस्, राजधानीको यौनबजार सुकेको छैन। यो झन् 'एड्भान्स्ड' भएको छ। घर या फ्ल्याट भाडामा लिएर व्यवस्थित तरिकाले यौन व्यवसाय हुन थालेको छ। नेता, अभिनेता, व्यापारी, प्रहरीका हाकिमसम्मले यस्ता केन्द्रमा गएर देहसुख लुटिरहेका छन्। राजधानीको यौनबजारमा 'भर्जिनिटी'को मोलमोलाइ पनि भइरहेको छ। दलालहरूले कुमारीत्वको मूल्य डेढ लाख रुपैयाँसम्म उठाउने गरेका छन्। शुक्रवार टिमले धनबहादुर खड्काको नेतृत्वमा राजधानीका केही यौन अखडामा 'रेड' हानेको थियो।
प्रहरीले 'सामाजिक मर्यादा कायम राख्न विशेष अभियान' चलाएको घोषणा नगरेको निकै भयो। केही समयअघि दिनैपिच्छे आउने 'रंगेहात पक्राउ'का समाचार पनि आउन छाडे। लाग्छ– राजधानीमा अवैध यौन क्रियाकलाप हुनै छाडेका छन्। कुनै समय क्याबिन रेस्टुरेन्ट तथा मसाज सेन्टरहरूमा मौलाएको काठमाडौँको यौनबजार यतिबेला कहाँ छ? प्रहरी भन्छ, 'अहिले संगठित रूपमा यौन व्यवसाय गर्नेहरू तितरबितर भएका छन्।' होटल, रेस्टुरेन्ट र मसाजबाट यौनबजार कहाँ सरेको छ त? शुक्रवार साप्ताहिकले यसको जबाफ खोज्ने क्रममा संगठित रूपमा सञ्चालनमा रहेका उपत्यकाका केही यौन अखडा खोजी गर्न सुरु गर्यो। व्यवस्थित तरिकाले भव्य फ्ल्याल्टहरूमा सञ्चालन भइरहेका यौन अखडाका बारेमा अनुमान लगाउन गाह्रो छ। कतै फुपू त कतै काकीको नाममा चलेका सयौँ यौन अखडा छन् उपत्यकामा। त्यहाँ सेक्सको निर्धक्क क्रय/विक्रय हुन्छ। मोलमोलाइ हुन्छ, खुद्रा र थोकमा।
यही यथार्थ पत्ता लगाउन हामी दलालमार्फत ग्राहक बनेर यी अखडामा पुगेका थियौँ। यी अखडा व्यवसायी र ग्राहकले मात्रै देख्छन्। ग्राहकसम्म पुग्न यौनव्यवसायीले दलाललाई बलियो स्रोत बनाएका छन्। यौनबजार भित्र पस्ने बाटो पहिल्याउने क्रममा हामीले बदलिँदो यौनबजारको रूपसँगै त्यहाँ आफ्नो 'पसल' थाप्न पुगिहाल्ने एकजना अनुभवी दलाल 'फुपू'को नाम सुन्यौँ। उनीसँग हामीले फिल्म निर्माताका रूपमा भेट्ने मेसो मिलायौँ। यौनबजारमा सेलिब्रिटीको 'हाई डिमान्ड' भएको हामीले सुनेका थियौँ। हिरो वा हिरोइनसम्म एक्सेस पुर्याउन पाए मालामाल हुने सपना देखिरहेका हुन्छन्, यौनबजारका चल्तापुर्जाहरू। हिरो वा हिरोइन मिलाइदिए महँगो मूल्य चुक्ता गर्न पछि नपर्ने बताइरहेका हुन्छन् ग्राहकहरू।
पुरुषहरूका सन्दर्भमा कामुकताको बेग्लै परिभाषा छ। कामुकताको परिभाषामा पुरुषहरूलाई महिलाहरूजस्तो शारीरिक आकर्षणसँग जोडिएको पाइँदैन। मानिससँग गर्ने व्यवहार, बोली वचन एवं आफ्नो क्षेत्रमा प्राप्त सफलताले पुरुषहरूको आकर्षणलाईं परिभाषित गरेको पाइन्छ। यसै सन्दर्भमा यो वर्ष ग्ल्यामर म्यागजिनले वर्ष २०१२ मा आफ्नो कार्यक्षेत्रको सफलता र महिलाहरूलाई आफूतर्फ आकषिर्त गर्न सक्ने क्षमताका आधारमा संसारका सर्वाधिक कामुक पुरुषको सूची जारी गरेको छ। जसमा पहिलो नम्बरमा रोबर्ट पेटिन्सन छन्।
रोबर्ट पेटिन्सन

मोडलिङ, अभिनय एवं संगीतजस्ता तीनवटा फरक विधामा नाम कमाएका रोबर्ट डग्लस थोमस पेटिन्सन ग्ल्यामर म्यागजिनले जारी गरेको संसारका सर्वाधिक कामुक पुरुषहरूको सूचीमा पहिलो स्थानमा छन्। गत वर्ष पनि उनी पहिलो स्थानमै थिए। १३ मे १९८६ मा जन्मिएका पे न्टिसन बेलायतका नागरिक हुन्। सन् २००४ देखि मनोरन्जनको संसारमा उदाएका पेटिन्सन चलचित्र निर्माणको क्षेत्रमा पनि सक्रिय छन्। सन् २०११ मा उनी वाटर अफ एलिफेन्ट नामक चलचित्रका कारण चर्चामा आएका हुन्।
टम हिडल्टन

कामुक पुरुषहरूको यो सूचीमा टम हिडल्टन पहिलोपटक अटाएका हुन्। उनी यो सूचीमा दोस्रो स्थानमा छन्। ९ फेब्रुअरी १९८१ मा जन्मिएका हिडल्टन पनि बेलायती अभिनेता हुन्। रोयल एकेडेमी अफ ड्रामेटिक आर्टबाट स्नातक गरेका हिडल्टनले टेलिभिजन सो तथा चलचित्रहरूमार्फ त् मानिसहरूको मनमा आफ्नो स्थान बनाएका हुन्। ग्ल्यामर म्यागजिनले विश्वव्यापी रूपमा गरेको सर्वेक्षणअनुसार टम हिडल्टनको प्रभाव चलचित्र र टेलिभिजन क्षेत्रमा मात्र नभई सामाजिक क्षेत्रमा पनि उत्तिकै छ।
जोनी डेप

सूचीको तेस्रो स्थानमा हलिउडका चलचित्र अभिनेता जोनी डेप छन्। सन् १९६३ जुन ९ मा जन्मिएका जोनी डेप पाइरेट्स अफ द क्यारिबियन सिरिजका चलचित्रका कारण चर्चामा आएका हुन्। अघिल्लो वर्ष उनी यो सूचीमा तेस्रो स्थानमै थिए। आफ्नो फरक र विशिष्ट गेटअपका कारण ४८ वर्षीय जोनी युवा अवस्थादेखि नै सुन्दरीहरूको मनमा रहन सफल छन्।
माइकल फासबेन्डर

सूचीको चौथो स्थानमा जर्मन-आइरिस कलाकार माइकल फासबेन्डर छन्। सन् १९७७ अप्रिल २ मा जन्मिएका फासबेन्डरलाई उनका चलचित्रहरू इन ग्लोरियस बेस्टर्ड (२००९), एक्स-म्यानः फस्र्ट क्लास (२०११) तथा प्रोमिथस (२०१२) ले कामुक पुरुषहरूको सूचीमा उकासेको हो। गत वर्ष उनी यो सूचीको ३१ औं नम्बरमा थिए।
टेलर लुटनर

मोडलिङ र अभिनयमा नाम कमाएका टेलर डेनियल लुटनर कामुक पुरुषहरूको यो सूचीमा सातौं स्थानमा छन्। गतवर्ष उनी यो सूचीमा दोस्रो स्थानमा थिए। ११ फेब्रुअरी १९९२ मा जन्मिएका लुटनर यस्तो स्थान प्राप्त गर्ने सबैभन्दा कान्छा सेलिब्रिटी हुन्। मोडलिङ र अभिनयका अतिरिक्त रेडियो जक्की र भ्वाइस डबिङमा पनि उनको सक्रियता लोभलाग्दो छ। लुटनर पछिल्लो समयमा चलचित्र अब्डक्सनका कारण चर्चामा थिए।
बेनेडिक्ट कम्बरब्याच

सूचीको पाँचौं स्थानमा बेलायतका चलचित्र अभिनेता बेनेडिक्ट टिमोथी कार्लटन कम्बरब्याच छन्। सन् १९७६ जुलाइ १९ मा जन्मेका कम्बरब्याचले यो स्थानमा दावी गर्नुअघि बीबीसी टेलिभिजन सो सेरलकमा निर्वाह गरेको सेरलक होम्स नामक जासुसको भूमिकाले तहल्का मच्चाएको थियो। सोही भूमिकाका कारण उनको लोकप्रियता चुलिएको विश्लेषकहरूको ठहर छ।
रोबर्ट डाउनी जुनियर

सूचीको छैटौं स्थानमा अमेरिकी चलचित्र कलाकार रोबर्ट डाउनी जुनियर छन्। केही वर्षअघि यो सूचीमा लगातार स्थान बनाउँदै आएका डाउनी पछिल्लो केही वर्षदेखि हराएका थिए। यो वर्ष उनले यो सूचीमा पुनः प्रवेश पाएका हुन्। सन् १९६५ अप्रिल ४ मा जन्मिएका डाउनी अमेरिकामा खानदानी कलाकार मानिन्छन्। उनको सम्पूर्ण परिवार कलाक्षेत्रमै छ।
पाउल वेस्ले

कामुक पुरुषहरूको यो सूचीको आठौं स्थानमा अमेरिकी चलचित्र कलाकार पाउल वेस्ले छन्। सन् १९८२ जुलाई २३ मा जन्मेका वेस्ले मूलतः पोल्यान्डका नागरिक हुन्। उनले यो सूचीमा प्रवेश पाउनुअघि द भ्याम्पायर डायरिज नामक टेलिभिजन सोमा अभिनय गरेका थिए। उक्त सोको लोकप्रियताले उनी यो सूचीमा आठौं स्थानमा उक्लिएका हुन्। अघिल्लो वर्ष उनी ५९ औं स्थानमा थिए।
जेम्स एन्ड्रयु म्याक्भोय

सन् १९७९ अप्रिल २१ मा जन्मेका स्टकल्यान्डका रंगमञ्च तथा टेलिभिजन कलाकार जेम्स एन्ड्रयु म्याक्भोय कामुक पुरुषहरूको सूचीको नवौं स्थानमा छन्। यो सूचीमा स्थान बनाउने म्याक्भोय एक्ला रंगमञ्चीय कलाकार हुन्। उनका स्टेट अफ प्ले, शेमलेस र फ्रेंक हर्बर्टस् चिल्ड्रेन अफ ड्युनजस्ता नाटकहरू लोकप्रिय मानिन्छन्। गत वर्ष उनी यो सूचीको १४ औं स्थानमा थिए।
हेनरी काभिल

गत वर्ष कामुक पुरुषहरूको यो सूचीमा १५ औं स्थानमा रहेका बेलायती कलाकार हेनरी विलियम डेलग्लिस काभिल यो वर्ष १० औं स्थानमा उक्लिएका छन्। सन् १९८३ मे ५ मा जन्मिएका काभिलको द काउन्ट अफ मोन्टे क्रिस्टो, स्टारडस्ट, इम्मोर्टल जस्ता चलचित्र प्रसिद्ध छन्। आगामी वर्ष प्रदर्शनमा आउने चलचित्र सुपरम्यानका लागि उनको विश्वव्यापी प्रतिक्षा भैरहेको छ।
BY:saptahik
रोबर्ट पेटिन्सन
मोडलिङ, अभिनय एवं संगीतजस्ता तीनवटा फरक विधामा नाम कमाएका रोबर्ट डग्लस थोमस पेटिन्सन ग्ल्यामर म्यागजिनले जारी गरेको संसारका सर्वाधिक कामुक पुरुषहरूको सूचीमा पहिलो स्थानमा छन्। गत वर्ष पनि उनी पहिलो स्थानमै थिए। १३ मे १९८६ मा जन्मिएका पे न्टिसन बेलायतका नागरिक हुन्। सन् २००४ देखि मनोरन्जनको संसारमा उदाएका पेटिन्सन चलचित्र निर्माणको क्षेत्रमा पनि सक्रिय छन्। सन् २०११ मा उनी वाटर अफ एलिफेन्ट नामक चलचित्रका कारण चर्चामा आएका हुन्।
टम हिडल्टन
कामुक पुरुषहरूको यो सूचीमा टम हिडल्टन पहिलोपटक अटाएका हुन्। उनी यो सूचीमा दोस्रो स्थानमा छन्। ९ फेब्रुअरी १९८१ मा जन्मिएका हिडल्टन पनि बेलायती अभिनेता हुन्। रोयल एकेडेमी अफ ड्रामेटिक आर्टबाट स्नातक गरेका हिडल्टनले टेलिभिजन सो तथा चलचित्रहरूमार्फ त् मानिसहरूको मनमा आफ्नो स्थान बनाएका हुन्। ग्ल्यामर म्यागजिनले विश्वव्यापी रूपमा गरेको सर्वेक्षणअनुसार टम हिडल्टनको प्रभाव चलचित्र र टेलिभिजन क्षेत्रमा मात्र नभई सामाजिक क्षेत्रमा पनि उत्तिकै छ।
जोनी डेप
सूचीको तेस्रो स्थानमा हलिउडका चलचित्र अभिनेता जोनी डेप छन्। सन् १९६३ जुन ९ मा जन्मिएका जोनी डेप पाइरेट्स अफ द क्यारिबियन सिरिजका चलचित्रका कारण चर्चामा आएका हुन्। अघिल्लो वर्ष उनी यो सूचीमा तेस्रो स्थानमै थिए। आफ्नो फरक र विशिष्ट गेटअपका कारण ४८ वर्षीय जोनी युवा अवस्थादेखि नै सुन्दरीहरूको मनमा रहन सफल छन्।
माइकल फासबेन्डर
सूचीको चौथो स्थानमा जर्मन-आइरिस कलाकार माइकल फासबेन्डर छन्। सन् १९७७ अप्रिल २ मा जन्मिएका फासबेन्डरलाई उनका चलचित्रहरू इन ग्लोरियस बेस्टर्ड (२००९), एक्स-म्यानः फस्र्ट क्लास (२०११) तथा प्रोमिथस (२०१२) ले कामुक पुरुषहरूको सूचीमा उकासेको हो। गत वर्ष उनी यो सूचीको ३१ औं नम्बरमा थिए।
टेलर लुटनर
मोडलिङ र अभिनयमा नाम कमाएका टेलर डेनियल लुटनर कामुक पुरुषहरूको यो सूचीमा सातौं स्थानमा छन्। गतवर्ष उनी यो सूचीमा दोस्रो स्थानमा थिए। ११ फेब्रुअरी १९९२ मा जन्मिएका लुटनर यस्तो स्थान प्राप्त गर्ने सबैभन्दा कान्छा सेलिब्रिटी हुन्। मोडलिङ र अभिनयका अतिरिक्त रेडियो जक्की र भ्वाइस डबिङमा पनि उनको सक्रियता लोभलाग्दो छ। लुटनर पछिल्लो समयमा चलचित्र अब्डक्सनका कारण चर्चामा थिए।
बेनेडिक्ट कम्बरब्याच
सूचीको पाँचौं स्थानमा बेलायतका चलचित्र अभिनेता बेनेडिक्ट टिमोथी कार्लटन कम्बरब्याच छन्। सन् १९७६ जुलाइ १९ मा जन्मेका कम्बरब्याचले यो स्थानमा दावी गर्नुअघि बीबीसी टेलिभिजन सो सेरलकमा निर्वाह गरेको सेरलक होम्स नामक जासुसको भूमिकाले तहल्का मच्चाएको थियो। सोही भूमिकाका कारण उनको लोकप्रियता चुलिएको विश्लेषकहरूको ठहर छ।
रोबर्ट डाउनी जुनियर
सूचीको छैटौं स्थानमा अमेरिकी चलचित्र कलाकार रोबर्ट डाउनी जुनियर छन्। केही वर्षअघि यो सूचीमा लगातार स्थान बनाउँदै आएका डाउनी पछिल्लो केही वर्षदेखि हराएका थिए। यो वर्ष उनले यो सूचीमा पुनः प्रवेश पाएका हुन्। सन् १९६५ अप्रिल ४ मा जन्मिएका डाउनी अमेरिकामा खानदानी कलाकार मानिन्छन्। उनको सम्पूर्ण परिवार कलाक्षेत्रमै छ।
पाउल वेस्ले
कामुक पुरुषहरूको यो सूचीको आठौं स्थानमा अमेरिकी चलचित्र कलाकार पाउल वेस्ले छन्। सन् १९८२ जुलाई २३ मा जन्मेका वेस्ले मूलतः पोल्यान्डका नागरिक हुन्। उनले यो सूचीमा प्रवेश पाउनुअघि द भ्याम्पायर डायरिज नामक टेलिभिजन सोमा अभिनय गरेका थिए। उक्त सोको लोकप्रियताले उनी यो सूचीमा आठौं स्थानमा उक्लिएका हुन्। अघिल्लो वर्ष उनी ५९ औं स्थानमा थिए।
जेम्स एन्ड्रयु म्याक्भोय
सन् १९७९ अप्रिल २१ मा जन्मेका स्टकल्यान्डका रंगमञ्च तथा टेलिभिजन कलाकार जेम्स एन्ड्रयु म्याक्भोय कामुक पुरुषहरूको सूचीको नवौं स्थानमा छन्। यो सूचीमा स्थान बनाउने म्याक्भोय एक्ला रंगमञ्चीय कलाकार हुन्। उनका स्टेट अफ प्ले, शेमलेस र फ्रेंक हर्बर्टस् चिल्ड्रेन अफ ड्युनजस्ता नाटकहरू लोकप्रिय मानिन्छन्। गत वर्ष उनी यो सूचीको १४ औं स्थानमा थिए।
हेनरी काभिल
गत वर्ष कामुक पुरुषहरूको यो सूचीमा १५ औं स्थानमा रहेका बेलायती कलाकार हेनरी विलियम डेलग्लिस काभिल यो वर्ष १० औं स्थानमा उक्लिएका छन्। सन् १९८३ मे ५ मा जन्मिएका काभिलको द काउन्ट अफ मोन्टे क्रिस्टो, स्टारडस्ट, इम्मोर्टल जस्ता चलचित्र प्रसिद्ध छन्। आगामी वर्ष प्रदर्शनमा आउने चलचित्र सुपरम्यानका लागि उनको विश्वव्यापी प्रतिक्षा भैरहेको छ।
BY:saptahik
सौन्दर्य र महिला एकअर्काका पूरक हुन्। आफूलाई सुन्दर देखाउन महिलाहरूले प्राचीनकालदेखि नै अनेक उपाय अपनाउँदै आएका छन्। सौन्दर्यका सम्बन्धमा पूर्वी तथा पाश्चात्य मान्यताहरूमा केही भिन्नता छ। तैपनि आफ्नो रुप र यौवनले पुरुषहरूलाई आकषिर्त गर्ने क्षमता भएका महिलाहरू नै सबैको नजरमा पर्छन्। अनुहार तथा शरीरको बनोट बाहेक हाउभाउ तथा कामकलाका कारण पनि महिलाहरूको सौन्दर्यको मापन गरिँदै आएको छ। यसै सन्दर्भमा अमेरिकालगायत थुप्रै देशबाट प्रकाशित हुने पत्रिका एफएचएमले सन् २०१२ का १० उत्कृष्ट कामुक महिलाको सूची जारी गरेको छ।
टुला पाउलिनी कन्टोस्टाभ्लोस

यो वर्ष एफएचएम पत्रिकाले जारी गरेको कामुक महिलाहरूको सूचीको पहिलो स्थानमा बेलायती गायिका तथा गीत लेखिका टुला पाउलिनी कन्टोस्टाभ्लोस देखा परेकी छिन्। कामुक महिलाहरूको यो सूचीमा कन्टोस्टाभ्लोस पहिलोपटक एकैचोटि पहिलो स्थानमा उक्लिएकी हुन्। सन् १९८८, १३ जुलाईमा जन्मिएकी कन्टोस्टाभ्लोसलाई उनका फ्यानहरू टुलिसाको उपनामले चिन्दछन्। स्टेजमा गीत गाउँदा टुलिसले प्रस्तुत गर्ने हाउभाउ एवं शैलीले नै उनलाई यो स्थान दिलाएको एफएचएम पत्रिकाले जनाएको छ।
जर्जिया साल्पा

आइरिस आमा तथा ग्रीक पिताकी सन्तान जर्जिया साल्पा आयरल्यान्डमा बसोबास गर्ने उच्चकोटिकी फेसन मोडल हुन्। कामुक महिलाहरूको सूचीमा साल्पा पाँचौं स्थानमा छिन्। १९८५ मे १४ मा जन्मिएकी साल्पा फोटोसेसनका क्रममा प्रस्तुत गर्ने विभिन्न भावभंगिमा र सोहीअनुरू पको सार्वजनिक व्यवहारका लागि प्रसिद्ध छिन्। साल्पाले मोडलिङबाहेक विभिन्न टेलिभिजन सोहरूमा समेत अभिनय गरेकी छिन्।
एमिली जेन अट्याक

कामुक महिलाहरूको सूचीको दसौं स्थानमा बेलायती अभिनेत्री एमिली जेन अट्याक छिन्। उनी चलचित्र चार्लोट हिन्चक्लिफमा निर्वाह गरेको आफ्नो भूमिकाका लागि चर्चित छिन्। सन् २०१० मा सार्वजनिक भएको चलचित्र डान्सिङ अन आइसमा उनले निर्वाह गरेको भूमिकाले उनलाई यो सूचीमा उकासेको हो। चलचित्रमा प्रस्तुत हुने शैली र उनको सार्वजनिक छवि एकदम भिन्न छ।
रोजी जोन्स

बेलायतकी कामुक फेसन मोडल रोजी जोन्स कामुक महिलाहरूको यो सूचीको चौथो स्थानमा छिन्। जोन्सले यो स्थान पहिलोपटक प्राप्त गरेकी हुन्। सन् १९९० जुलाई १९ मा जन्मेकी जोन्स आफ्नो पेज थ्री इमेजका कारण यो सूचीमा अटाएकी हुन्। मोडलिङबाहेक सामाजिक क्षेत्रमा खर्च गर्ने उद्देश्यले विभिन्न कार्यक्रममार्फत् रकम जुटाउने उनको सक्रियताले पनि उनलाई यो स्थानमा उकासेको हो।
केटी पेरी

कामुक महिलाहरूको सूचीको छैटौं स्थानमा गायिका क्याथरिन एलिजाबेट हडसन अर्थात् केटी पेरी छिन्। सन् १९८४ अक्टोबर २५ मा जन्मिएकी केटी पेरी पप, रक तथा गोसपेल शैलिमा गीत गाउनुका अतिरिक्त गिटार पनि बजाउँछिन्। आफ्नो स्टेज पर्फमेन्सका कारण चर्चामा रहने केटी पेरी सर्वाधिक बिक्री हुने गायिकामा पर्छिन्। गीत गाउने क्रममा स्टेजमा कामुक हाउभाउ देखाउन खप्पिस मानिने केटी पेरी यसै कारण यो सूचीमा परेको विश्वास गरिन्छ।
चेरिल कोल

सर्वाधिक कामुक महिलाको सूचीको दोस्रो स्थानमा बेलायती पप गायिका चेरिल कोल छिन्। पहिले पनि यो सूचीमा स्थान बनाएकी कोल गत वर्ष यो सूचीबाट बाहिरिएकी थिइन्। बेलायतको न्युक्सल अपनटाइनमा जन्मिएकी २९ वर्षीय चेरिल ट्वीडी कोलले ६ वर्षको उमेरदेखि नै मो डलिङका विभिन्न प्रतियोगितामा सामेल भैसकेकी छिन्। कोलले साथीहरूसँग मिलेर निर्माण गरेको द गल्र्स एलाउड सांगीतिक समूहको साउन्ड अफ द अन्डरग्राउन्ड एल्बम निकै चर्चित छ। उनको विवाह सन् २००६ मा इंग्ल्यान्डका फुटबल खेलाडी एस्ली कोलसँग भएको थियो।
मेगन फक्स

कामुक महिलाहरूको सूचीको सातौं स्थानमा रहेकी मेगान फक्स हलिउड चलचित्रकी नायिका हुन्। सन् १९९९ देखि अभिनय यात्रामा रहेकी मेगानलाई ट्रान्सर्फमर सिरिजका चलचित्रले चर्चामा ल्याएको हो। आकर्षक शरीरकी धनी मेगानको शरीरमा कुदिएको टाटुले उनलाई थप कामुक बनाएको छ। उनका कन्फ्रेसन अफ अ टिन एज ड्रिम क्विन, क्राइम्स अफ फेसन आदि चलचित्र पनि प्रसिद्ध छन्।
रिहान्ना

कामुक महिलाहरूको यो सूचीको तेस्रो स्थानमा रिहान्ना अर्थात् रोबिन रिहाना फेन्टी छिन्। सन् १९८८ फेब्रुअरी २० मा जन्मिएकी रिहान्ना अहिलेकी हटकेक गायिका हुन्। आफ्ना उत्तेजक पहिरन र फेसनेबल केशका कारण सधैं चर्चामा आउने रिहान्ना मूलतः रेगी र हिपहप गायिका हुन्। सन् २००५ मा १७ वर्षकै उमेरदेखि गीत गाउन थालेकी रिहान्नालाई सन् २००७ को उनको एल्बम द न्यू इमेजले चर्चामा ल्याएको हो।
मिला कुनिस

कामुक महिलाहरूको सूचीको नवौं स्थानमा रहेकी मिला कुनिस युक्राइनी मूलकी अमेरिकी चलचित्र कलाकार हुन्। उनले विभिन्न टेलिभिजन शो तथा विज्ञापनहरूमा समेत आफ्नो उपस्थिति जनाएकी छिन्। सन् १९८३ अगस्त १४ मा जन्मिएकी मिला कुनिस केही चलचित्रमा दिइएको यौनजन्य दृश्य र नग्नताका कारण चर्चामा आइरहन्छिन्।
किले हाजेल

कामुक महिलाहरूको सूचीको आठौं स्थानमा रहेकी किले हाजेलले १६ वर्षको उमेरदेखि मोडलिङ यात्रा प्रारम्भ गरेकी हुन्। हाजेल अहिले २५ वर्ष पुगिन्। उनको जन्म बेलायतको लन्डनमा भएको हो। सन् २००७ को आरम्भमा पूर्वप्रेमी लियोड मिलरले उनीहरूबीचको यौनक्रीडालाई इन्टरनेटमार्फत सार्वजनिक गरेपछि यी अमेरिकी मोडलको चर्चा बढ्न थालेको हो।
BY:saptahik
टुला पाउलिनी कन्टोस्टाभ्लोस
यो वर्ष एफएचएम पत्रिकाले जारी गरेको कामुक महिलाहरूको सूचीको पहिलो स्थानमा बेलायती गायिका तथा गीत लेखिका टुला पाउलिनी कन्टोस्टाभ्लोस देखा परेकी छिन्। कामुक महिलाहरूको यो सूचीमा कन्टोस्टाभ्लोस पहिलोपटक एकैचोटि पहिलो स्थानमा उक्लिएकी हुन्। सन् १९८८, १३ जुलाईमा जन्मिएकी कन्टोस्टाभ्लोसलाई उनका फ्यानहरू टुलिसाको उपनामले चिन्दछन्। स्टेजमा गीत गाउँदा टुलिसले प्रस्तुत गर्ने हाउभाउ एवं शैलीले नै उनलाई यो स्थान दिलाएको एफएचएम पत्रिकाले जनाएको छ।
जर्जिया साल्पा
आइरिस आमा तथा ग्रीक पिताकी सन्तान जर्जिया साल्पा आयरल्यान्डमा बसोबास गर्ने उच्चकोटिकी फेसन मोडल हुन्। कामुक महिलाहरूको सूचीमा साल्पा पाँचौं स्थानमा छिन्। १९८५ मे १४ मा जन्मिएकी साल्पा फोटोसेसनका क्रममा प्रस्तुत गर्ने विभिन्न भावभंगिमा र सोहीअनुरू पको सार्वजनिक व्यवहारका लागि प्रसिद्ध छिन्। साल्पाले मोडलिङबाहेक विभिन्न टेलिभिजन सोहरूमा समेत अभिनय गरेकी छिन्।
एमिली जेन अट्याक
कामुक महिलाहरूको सूचीको दसौं स्थानमा बेलायती अभिनेत्री एमिली जेन अट्याक छिन्। उनी चलचित्र चार्लोट हिन्चक्लिफमा निर्वाह गरेको आफ्नो भूमिकाका लागि चर्चित छिन्। सन् २०१० मा सार्वजनिक भएको चलचित्र डान्सिङ अन आइसमा उनले निर्वाह गरेको भूमिकाले उनलाई यो सूचीमा उकासेको हो। चलचित्रमा प्रस्तुत हुने शैली र उनको सार्वजनिक छवि एकदम भिन्न छ।
रोजी जोन्स
बेलायतकी कामुक फेसन मोडल रोजी जोन्स कामुक महिलाहरूको यो सूचीको चौथो स्थानमा छिन्। जोन्सले यो स्थान पहिलोपटक प्राप्त गरेकी हुन्। सन् १९९० जुलाई १९ मा जन्मेकी जोन्स आफ्नो पेज थ्री इमेजका कारण यो सूचीमा अटाएकी हुन्। मोडलिङबाहेक सामाजिक क्षेत्रमा खर्च गर्ने उद्देश्यले विभिन्न कार्यक्रममार्फत् रकम जुटाउने उनको सक्रियताले पनि उनलाई यो स्थानमा उकासेको हो।
केटी पेरी
कामुक महिलाहरूको सूचीको छैटौं स्थानमा गायिका क्याथरिन एलिजाबेट हडसन अर्थात् केटी पेरी छिन्। सन् १९८४ अक्टोबर २५ मा जन्मिएकी केटी पेरी पप, रक तथा गोसपेल शैलिमा गीत गाउनुका अतिरिक्त गिटार पनि बजाउँछिन्। आफ्नो स्टेज पर्फमेन्सका कारण चर्चामा रहने केटी पेरी सर्वाधिक बिक्री हुने गायिकामा पर्छिन्। गीत गाउने क्रममा स्टेजमा कामुक हाउभाउ देखाउन खप्पिस मानिने केटी पेरी यसै कारण यो सूचीमा परेको विश्वास गरिन्छ।
चेरिल कोल
सर्वाधिक कामुक महिलाको सूचीको दोस्रो स्थानमा बेलायती पप गायिका चेरिल कोल छिन्। पहिले पनि यो सूचीमा स्थान बनाएकी कोल गत वर्ष यो सूचीबाट बाहिरिएकी थिइन्। बेलायतको न्युक्सल अपनटाइनमा जन्मिएकी २९ वर्षीय चेरिल ट्वीडी कोलले ६ वर्षको उमेरदेखि नै मो डलिङका विभिन्न प्रतियोगितामा सामेल भैसकेकी छिन्। कोलले साथीहरूसँग मिलेर निर्माण गरेको द गल्र्स एलाउड सांगीतिक समूहको साउन्ड अफ द अन्डरग्राउन्ड एल्बम निकै चर्चित छ। उनको विवाह सन् २००६ मा इंग्ल्यान्डका फुटबल खेलाडी एस्ली कोलसँग भएको थियो।
मेगन फक्स
कामुक महिलाहरूको सूचीको सातौं स्थानमा रहेकी मेगान फक्स हलिउड चलचित्रकी नायिका हुन्। सन् १९९९ देखि अभिनय यात्रामा रहेकी मेगानलाई ट्रान्सर्फमर सिरिजका चलचित्रले चर्चामा ल्याएको हो। आकर्षक शरीरकी धनी मेगानको शरीरमा कुदिएको टाटुले उनलाई थप कामुक बनाएको छ। उनका कन्फ्रेसन अफ अ टिन एज ड्रिम क्विन, क्राइम्स अफ फेसन आदि चलचित्र पनि प्रसिद्ध छन्।
रिहान्ना
कामुक महिलाहरूको यो सूचीको तेस्रो स्थानमा रिहान्ना अर्थात् रोबिन रिहाना फेन्टी छिन्। सन् १९८८ फेब्रुअरी २० मा जन्मिएकी रिहान्ना अहिलेकी हटकेक गायिका हुन्। आफ्ना उत्तेजक पहिरन र फेसनेबल केशका कारण सधैं चर्चामा आउने रिहान्ना मूलतः रेगी र हिपहप गायिका हुन्। सन् २००५ मा १७ वर्षकै उमेरदेखि गीत गाउन थालेकी रिहान्नालाई सन् २००७ को उनको एल्बम द न्यू इमेजले चर्चामा ल्याएको हो।
मिला कुनिस
कामुक महिलाहरूको सूचीको नवौं स्थानमा रहेकी मिला कुनिस युक्राइनी मूलकी अमेरिकी चलचित्र कलाकार हुन्। उनले विभिन्न टेलिभिजन शो तथा विज्ञापनहरूमा समेत आफ्नो उपस्थिति जनाएकी छिन्। सन् १९८३ अगस्त १४ मा जन्मिएकी मिला कुनिस केही चलचित्रमा दिइएको यौनजन्य दृश्य र नग्नताका कारण चर्चामा आइरहन्छिन्।
किले हाजेल
कामुक महिलाहरूको सूचीको आठौं स्थानमा रहेकी किले हाजेलले १६ वर्षको उमेरदेखि मोडलिङ यात्रा प्रारम्भ गरेकी हुन्। हाजेल अहिले २५ वर्ष पुगिन्। उनको जन्म बेलायतको लन्डनमा भएको हो। सन् २००७ को आरम्भमा पूर्वप्रेमी लियोड मिलरले उनीहरूबीचको यौनक्रीडालाई इन्टरनेटमार्फत सार्वजनिक गरेपछि यी अमेरिकी मोडलको चर्चा बढ्न थालेको हो।
BY:saptahik
पृथ्वीका सहरी प्रकाशका यी दृश्य तथा एनिमेसनहरु सुओमी एनपीपी भु उपग्रहबाट प्राप्त दृश्यमा आधारित छन् ।
अप्रिल ९ दिन र अक्टोबरका १३ दिनसम्म भू उपग्रहबाट तथ्यांक तथा दृश्य प्राप्त गरी यो तयार पारिएको हो ।
पृथ्वीको हरेक भुखण्ड सतह तथा टापुको स्पष्ट तस्वीर खिच्न उक्त भु उपग्रह ३१२ पटक पृथ्वीको परिक्रमा गर्नुपरेको थियो । त्यसबाट प्राप्त डाटालाई ब्लु मार्बल दृश्य प्रविधिमार्फत यो रुपमा ढालिएको हो ।
अक्टोबर महिनामा नेपालसँगै भारतमा पनि दिपावली पर्ने भएकाले तस्वीरमा देखिएको झिलिमिली दिपावलीको हुनसक्ने धेरैको अनुमान छ । तर, नासाले भने केही बताएको छैन ।
![]() |
रातको समयमा खिचिएको लण्डनको तस्वीर । |
![]() |
यो अमेरिकाको तस्वीर हो । |
![]() |
यो तस्वीरमा भारतसँगै नेपाल, पाकिस्तान, बंगलादेश देखिएको छ । |
![]() |
यो अफ्रिका हुँदै बगेको नाइल नदीको तस्वीर हो । |
![]() |
नोटः नासाले खिचेको तस्वीरमाथि नेपाली नक्साङ्कन अनुमानितमात्र हो ।
भिडियो हेर्नुहोस
|
'अवार्ड मेरा बच्चा र मुलुकका लागि हो'
अमेरिकी टीभी च्यानल सीएनएनले हरेक बर्ष प्रदान गर्ने यो एवार्ड सीएनएनको वेबसाइटमा भएको अनलाइन भोटिङबाट चयन गरिन्छ । नेपाली समयअनुसार सोमबार बिहान अमेरिकाको लस एन्जलसमा भएको अवार्ड बितरण समारोहमा पुष्पाले अन्य ९ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन् । उपाधि जित्न सफल पुष्पाले २ लाख ५० हजार अमेरीकी डलर पाएकी छिन् ।
नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ पुगेको छ
२०६८ सालमा भएको जनगणनाको तथ्याङक अनुसार जनसंख्या वृद्धिदर बार्षिक १ दशमलव ३५ रहेको उल्लेख छ । २०५८ को जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ३१ लाख ५१ हजार ४ सय २३ थियो भने २०४८ सालको गणना अनुसार १ करोड ८४ लाख ९१ हजार ९७ थियो । केन्द्रीय तथ्याङ्ग बिभागले सोमवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०६८ को नजितामा शहरी जनसंख्या १७ दशमलव ० ७ प्रतिशत रहेको तथ्याङक सार्वजनिक गरिएको छ ।
By:free sansa
पूर्व मिस नेपाल जेनिशा मोक्तानको भनिएको भिडियो सार्बजनिक भएपछि सुरु भएको अस्लिल भिडियो सार्बजनिक हुने क्रम बढ्दो छ | Youtube बाहेक सित्तैमा भिडियो upload गर्न मिल्ने विभिन्न साइटहरुमा हिजो आज नेपाली अस्लिल भिडियो प्रसस्त भेट्न सकिन्छ | अरुको देखासिकी गर्ने, कस्तो हुने रैछ त भनेर सेक्स गरेको भिडियो खिच्ने गरेको देखिन्छ |

*ज्ञान-विज्ञान तथा संदेशमूलक जानकारी ^^^ं^^^ www.meromind.blogspot.com ma *हजुरको दु:ख भुलाउने चौतारी ^^^ं^^^ www.facebook.com/mindmero *मनोरन्जन खोज-खबरको ताँती ^^^ं^^^Meromind Blog ko संदेशमूलक जानकारी *तपाईंको पल-पलको साथी ^^^ं^^^ www.meromind.blogspot.com & www.facebook.com/mindmero >>>>>
मिठो तथ्य,तितो सत्य र मनोभावना घचघचाउने तपाईंको बुलन्द आवाज बनेर सदैव फेसबूकका पानामा गुंज्यामान रहने www.meromind.blogspot.com & www.facebook.com/mindmero मा सबैलाई हार्दिक स्वागत तथा अभिवादन।
शेयर गर्नु परेमा www.meromind.blogspot.com & www.facebook.com/mindmero मा Good Luck>>
ल है साथी कमेन्ट लेखना मन लग्यो भने नछोड्नु हो ! तल कमेन्ट बक्स छ , त्यहाँ लेख्नुहोस तपाइको मनमा लागेको कुरा मेरो माइन्ड ले सक्दो प्रयास गर्ने छ !
के हो त ? मेरो माइन्ड
कामुकताको राप
- ब्रजेश
काठमाडाँैमा खुलेका अत्याधुनिक मलहरूमध्ये एउटा मलको लुगा पसलमा बाबु-आमा र एउटी टिनएजर छोरी किनमेल गर्दै थिए। छोरीले मन पराएको लुगामा बाबुको आपत्ति थियो भने त्यसबाहेक अरूमा छोरीको आँखा लागेको थिएन। बाबुलाई त्यो लुगा बढी उदांगो लागेको थियो। छोरी भने आफ्ना सबै साथीले त्यस प्रकारका लुगा लगाउने तर्क दिएर बाबुलाई आश्वस्त पार्न खोजिरहेकी थिइन्। आमा दुई जनाको बीचमा मध्यस्थकर्ता बन्ने प्रयासमा प्रस्तुत भइन्। अन्ततः नयाँ पुस्ताका सामु पुरानो पुस्ताले घुँडा टेक्यो। छोरी कानदेखि कानसम्म हाँसिन्, बाबु ठुस्स परेर पैसा तिर्न थाले।
आजको परविर्तित समाजले पुस्तान्तरका कारण भोगिरहेको 'एडजस्टमेन्ट'का अप्ठ्याराहरूको एउटा सानो अंश मात्र हो यो। पहिरन मात्र नभएर सिनेमा, गीतसंगीत, पुस्तक, जीवनशैली र जीवनप्रतिको दृष्टिकोणमा पनि परविर्तनका स्पष्ट संकेत देखिएका छन्। खासमा भन्ने हो भने त अहिलेका युवा पुस्ता र तिनका बाबुआमाका बीच त्यसभन्दा अघिको पुस्ताको जति फरक नहुनुपर्ने हो। किनभने, अहिलेका अभिभावकहरू तुलनात्मक रूपमा आफैँ नै पढेलेखेका र संसार बुझेका पुस्ता हुन्। आफ्नो अभिभावकसँग हुन नसकेको मित्रतापूर्ण र खुला सम्बन्ध आफ्ना छोराछोरीसँग रहोस् भन्ने कुरामा उनीहरू बढी सचेत हुन्छन्। तर पनि पुस्तान्तर भन्ने कुराले उनीहरूलाई सताउन छाडेको छैन। अघिल्लो पुस्ता र पछिल्लो पुस्ताका बीचको मानसिकताको चेपुवामा परेको यो मध्यपुस्ताका लागि सन्तुलन कायम गर्न त्यति सजिलो पनि छैन। द्रुत विकासको युगमा बाँचेको यो पुस्ताले धेरै कुरामा सम्झौता गर्नुपरेको छ। पहिले २० वर्षको अन्तरालमा पुस्तान्तर हुन्थ्यो भने अहिले पाँच-सात वर्षको अन्तरमा नै दृष्टिकोण र मानसिकतामा भिन्नताहरू देखिन थाल्नु पनि यसको प्रमुख कारण हो।
गर्मी लागेपछि लुगाफाटाका पसललाई हेर्ने हो भने त्यहाँ बेच्न राखिएका परधिानहरूले विगतका केही समयमा हाम्रो समाज र मानिसहरूको मानसिकतामा आएका परविर्तनको बखान गररिहेको पाइन्छ। विशेष गरेर महिलाहरूका परधिानहरू पहिलेको तुलनामा बढी उदार र आकर्षक देखिन थालेका छन्। केही समय पहिलेसम्म पसलमा ठिंग उभिएका आकर्षक तर निर्जीव म्यानिक्विनहरूमा मात्र भिराइएका त्यस्ता पहिरनहरू अचेल बाटोमा हिँड्ने र स्कुटरमा हुइँकिने युवतीहरूले पनि निश्चिन्तताका साथ पहिरएिका हुन्छन्। पहिले भए हाफ प्यान्ट लगाएर बाटोमा हिँडेका युवतीलाई घिच्रो बटारीबटारी फर्केर हेर्नेहरू पनि अचेल त्यस्ता दृश्य सहज मान्न थालेका छन्।
मानवशास्त्री सुरेश ढकालका अनुसार विदेश पुगेका नेपालीहरूले पैसासँगै सांस्कृतिक रेमिट्यान्स पनि भित्र्याए। बाहिरी संसार र त्यहाँको प्रचलनसँग भिजेका कारण स्वतः उनीहरूको विचार र व्यवहारमा समेत बिस्तारै परविर्तन आउन थाल्यो। नेपाली समाजको जीवनशैलीमा देखिएको परविर्तनमा विदेशिएका युवाहरूले ल्याएको विचार, संस्कार र संस्कृतिको नै महत्त्वपूर्ण हात रहेको उनको ठम्याइ छ।
त्यस हिसाबले हेर्दा पहिरनको सन्दर्भमा मात्र नभई मानसिकतामा आएको यो परविर्तनले आजको समाज कामुकताप्रति बढी उत्साही र उदार हुँदै गएको भान हुन्छ। निकै लामो समयसम्म यौन र कामुकताका बारेमा हाम्रो समाजमा खुलेर चर्चा गरएिन। कला, साहित्य, संगीत र सिनेमामा पनि यस पक्षलाई खुलेर अगाडि सारएिन। किनभने, यो विषयमा चर्चा गर्नेहरूलाई छाडा, अश्लील र चरत्रिहीन भन्ने दोहोरो मानसिकता हाम्रो समाजमा व्याप्त थियो। तर पनि मानिसको प्राकृतिक आवश्यकताको यो कुरा अप्रत्यक्ष रूपमा बेलाबेला अभिव्यक्त भइरह्यो। जस्तो ः मित्रसेनको पालाका केही गीतहरूमा कामुकताका अंश पाइन्छन् भने पछि गएर कुमार बस्नेत र राम थापाले पनि केही लाक्षणिक लोकगीतहरू गाएका थिए। तिनका कारण अहिलेसम्म पनि बस्नेतलाई 'पात्तिएको बूढा' भन्नेहरूको कमी छैन। त्यतिबेलाको कुरा उनी अहिले पनि झलझली सम्झन्छन्। उनका भनाइमा विपरीत लिंगीप्रतिको आकर्षण भनेको हरेक युगका हरेक प्राणीमा हुने कुरा हो, त्यसलाई समय र समाज अनुसार मान्छेले पूरा गर्ने तरकिाहरू अपनाएको हुन्छ। भन्छन्, "हाम्रो पालामा त्यस्तै गीत र नाचबाट त्यो सन्तुष्ट हुन्थ्यो। महिलाहरू नभएका कारण कुमार दर्शनधारीसँग केटी बनेर मैले पनि कति नाचेको छु। जात्रा र मेलामा केटाकेटीहरू एकार्काप्रतिको आकर्षणलाई जुहारी र दोहोरी गीतहरूका माध्यमबाट अभिव्यक्त गर्थे। त्यतिबेलाको कामुकता त्यत्तिमै सीमित थियो।"
तर, अहिलेको समाजमा त्यतिबेलाको दाँजोमा बेपत्ता परविर्तन आएको उनले अनुभव गरेका छन्। त्यस्ता अप्रत्यक्ष उपायहरूको आज आवश्यकता रहेन भन्ने उनलाई लाग्छ। यो परविर्तनलाई पश्चिमी हावाबाट प्रभावित मान्ने बस्नेत समयको मागलाई सहजतापूर्वक लिनुपर्ने ठान्छन्।
यसै कारण अचेल युवकयुवतीहरू पहिलेको तुलनामा बढी सेक्सी देखिन थालेका छन्। हुन त सेक्सी भन्ने शब्दको ठ्याक्कै अर्थ लाग्ने शब्द हाम्रो भाषामा छैन भने पनि हुन्छ। छेउछाउसम्म पुग्ने अर्थ लगाउने हो भने चित्ताकर्षक वा मनमोहक व्यक्तित्व भएको पुरुष वा महिलालाई बुझ्न सकिन्छ। चित्त र मन भनेका दुवै कुराको भौतिक अस्तित्व नभएको र यो भावना एवं विचारसँग आबद्ध कुरा भएकाले हाम्रा लागि सेक्सी भन्ने शब्दको पनि स्पष्ट र सटीक अर्थ नलागेको हो। केही हदसम्म सेक्सीलाई कामुक भनेर पनि बुझ्ने गरेका छौँ। तर, हरेक कामुक मान्छे सेक्सी हुनुपर्छ भन्ने छैन र सेक्सी मान्छे कामुक हुन्छ भन्ने पनि छैन। तर, सामान्य र बढी प्रचलित रूपमा त हामीले त्यस शब्दको असाध्यै गलत अर्थ लगाएका छौँ, बुझेका छौँ र बुझाएका छौँ। यौनका विषयमा बढी कुरा गर्ने, यौन चाहना बढी भएको वा अत्यधिक सम्भोग गर्नुपर्ने मानिसलाई पनि सेक्सी भनेर बुझ्ने गलत मान्यताका कारण पुरुषका लागि यो शब्द मर्दानगीको परचिायक भए पनि कुनै नारीलाई सेक्सी भन्नु उसको चरत्रिमाथि लान्छना लगाएको भन्ने बुझिन्छ।
को चरत्रिवान र को चरत्रिहीन भन्ने कुरामा पनि हाम्रा त्यस्तै अचम्मका मान्यता छन्। भलै, कुनै मानिस भ्रष्टाचारी होस्, अपराधी होस्, अरूको प्रगतिमा आरसि गर्ने दुच्छर प्राणी होस्, यदि उसको एकै मात्र विपरीत लिंगीसँग सम्बन्ध छ वा अरूसँगका सम्बन्ध उसले गोप्य राख्न सकेको छ भने त्यस्तो मान्छे चरत्रिहीन हुँदैन। तर, सबैको भलो गरेर हिँड्ने, सबैको दुःखमा रुने नैतिकवान र सोझोसाझो मान्छेमा यदि बढी यौन चाहना छ र एकभन्दा बढी सम्बन्धहरू उसले राखेको छ भने ऊ घोषित र सर्वमान्य चरत्रिहीन हुन्छ भन्ने गलत सोचाइ केही समयअघिसम्म पनि व्याप्त थियो। तर, बदलिँदो समयसँगै यौन चाहना बढी भएको अथवा एकभन्दा बढी पुरुष वा नारीसँगको सम्बन्ध -शारीरकिको मात्र होइन, धेरै हदसम्म मित्रता पनि) हुनेलाई चरत्रिहीन भनेर ठप्पा लगाउने हाम्रो मान्यता पनि अब बिस्तारै परविर्तन हुँदै गएको छ।
शरीरविज्ञानले यौन आवश्यकता हरेक मानिसको भिन्न हुन्छ भनेर मानेको छ। वयस्क मानिस मात्र होइन, कुनै पनि प्राणीको प्राकृतिक आवश्यकता हो यौन। जसरी कुनै मान्छेलाई बढी खाना खानुपर्छ वा बढी पानी पिउनुपर्छ, त्यसरी नै कसैको शारीरकि यौन आवश्यकता अर्को मान्छेको भन्दा धेरैथोरै हुन सक्छ। तर, यो साधारण प्राकृतिक कुरालाई हाम्रो समाजले यति धेरै ठूलो हौवा बनायो, जसले गर्दा आफ्नो प्राकृतिक आवश्यकता पूरा गर्नका लागि मान्छेले अनेकौँ लुकीछिपी उपायहरू अपनाउनुपर्छ। यसका कारण जन्मेका थुप्रै विकृतिलाई पनि आँखा चिम्लेर नदेखेको जस्तो गर्छ हाम्रो समाज। कोही धेरै खान्छ तर उसलाई खन्चुवासम्म भनिए पनि चरत्रिहीन भनिँदैन। त्यसैले यौनेच्छा बढी हुनेलाई मात्र किन चरत्रिहीन भनिन्छ भन्ने प्रश्नको उत्तर कसैसँग छैन। त्यसै कारण पश्चिमी समाजमा कसैलाई सेक्सी भन्नु गतिलो प्रशंसा गर्नु हुन्छ भने हाम्रो परपि्रेक्ष्यमा चाहिँ त्यसको विपरीत। तसर्थ, हाम्रो समाजमा खुलेआम प्रयोग गर्न लजाइने शब्द हो सेक्सी।
मान्छेको सर्वाङ्गीण शारीरकि र सामाजिक स्वास्थ्यमा यौनले सकारात्मक प्रभाव पार्छ भन्ने कुरा प्रमाणित हुँदाहुँदै पनि यो प्राकृतिक आवश्यकतालाई नियन्त्रण गर्न खोज्दा वा पूरा गर्न नपाउँदा उसको मानसिक र समग्र पारविारकि जीवन नै तहसनहस भएका उदाहरणहरू छन्। यिनै कारण र विपरीतलिंगीप्रतिको आकर्षणबाट आफूलाई विमुख राख्न नसकेका कारण पुराण, इतिहास र वर्तमानसम्ममा ठूला उथलपुथल भएका छन्। हामीले बाँचेको समयको नै मात्र कुरा गर्दा पनि अमेरकिाको राष्ट्रपति छँदा आफ्नी सहयोगी मोनिका लेविन्स्कीसँगको सम्बन्धले बिल क्लिन्टनको राजनीतिक र सामाजिक जीवनमा मच्चाएको बबन्डर धेरै पुरानो कुरा होइन। अघिल्लो वर्ष मात्र पनि अन्तर्राष्ट्रिय मुद्रा कोषका कार्यकारी निर्देशक डोमेनिक स्ट्राउस कानले एउटी महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा आफ्नो करअिर नै चौपट पारेका थिए।
भिन्न समयमा भिन्न समाजमा यसलाई नियन्त्रण गर्नका लागि प्रयत्नहरू भएका छन्। मर्यादा, नैतिकता, धर्म र चरत्रिका खोल ओढाएर यसलाई नियन्त्रण गर्नका लागि रुढीवादी पूर्वीय मात्र होइन, खुला मानिएका पश्चिमा समाजमा पनि प्रयत्नहरू भएका छन्। हामीले ब्रह्मचार्यको कुरा गरेझैँ उताकाहरूले पनि 'सेलिबेसी' र 'च्यासिटी'का नाममा भन्ने कुरा त्यही हो। इन्दि्रयमाथि नियन्त्रण गरेर यौन चाहनालाई दबाउन सक्नु वा सुुषुप्त पार्न सक्नु। विश्वेश्वरप्रसाद कोइरालाको चर्चित कृति सुम्निमाले यस बहुरूपी प्रथाका कारण हुनसक्ने उथलपुथललाई उहिले नै बडो सजीव ढंगले चित्रण गरेको छ।
तर पनि यौनका कुरामा हाम्रो समाजमा सधैँ विरोधाभास नै छ। पुरातन मन्दिरका टुँडालहरूमा कुँदिएका नारी र पुरुष समागमका बिम्वहरू, सन्तान प्राप्तिका लागि युवतीहरूले आराधना गर्दै ढोग्ने उन्मत्त भैरवको यौनांग, योनि र लिंगको समागमको प्रतीक मानेर दर्शन गरनिे शिवलिंगको आकृति पनि हाम्रै समाजले सहज रूपमा पचाएका कुरा हुन्। एकातिर हुर्किने उमेरका सन्तानलाई यौन शिक्षा दिन आँट नगर्ने र आफैँ सबै सिकून् भन्ने आशा गर्ने अनि स्वस्थानी पढ्ने नाममा पूरै परविार बसेर समागमका वर्णनहरू सुन्न सक्ने दोहोरो मानसिकतामा निकै लामो समय रुमल्लिएको समाजको पैदावर हौँ हामी। सारी-ब्लाउज लगाउँदा शरीरको जतिसुकै भाग उदांगो पार्न हुने तर अरू पहिरनमा भने आधा इन्च मात्र पनि त्वचा देखियो भने त्यसलाई उच्छृंखल पहिरनको नाम दिने हाम्रो समाजमा यस्ता थुप्रै कुरा विरोधाभासपूर्ण रहेका छन्। यिनै कारण सेक्सी भन्ने शब्दले निकै लामो समयसम्म हाम्रो जनमानसमा भ्रामक अर्थ बोकेर मात्रै कुदिरहनुपरेको थियो।
विपरीत लिंगीको ध्यान आकृष्ट गर्ने कला मानिसमा मात्र होइन, हरेक प्राणीमा हुन्छ। बेला भएपछि प्राकृतिक समागमका लागि तिनलाई आकृष्ट गर्नका लागि सोच्न र बोल्न नसक्ने जीवजन्तु र चराचुरुंगीहरू पनि अनेकौँ क्रिया गर्छन्। त्यो स्वस्फूर्त र प्रकृतिले नै सिकाएको कुरा हो। मानिस त झन् चेतना र विवेकको विकास भएको प्राणी हुनाले यो कुरामा एक-दुई पाइला अगाडि हुनु अस्वाभाविक होइन। राम्रो देखिन र राम्रो हेर्न चाहने मानिसमा अन्य इन्दि्रयले नपाएको अवस्थ्ाामा आँखाले नै मात्र भए पनि आकर्षक कुराको रसास्वादन गरेर चित्त बुझाउने प्रकृति हुन्छ। त्यसैले त एउटी युवती र आकर्षक साहुनीले मन्द मुस्कानका साथ चलाउने होटलमा अरूभन्दा बढी भीड लाग्छ। विश्वको परपि्रेक्ष्यमा कुरा गर्दा सिनेमा, मोडलिङ्, साहित्य, चित्रकला, फोटोग्राफी र मूर्तिकलाजस्ता कलाका माध्यममा कामुकताको प्रयोग सधँै भएको छ। तर, अश्लीलता र कामुकताका बीचमा एउटा असाध्यै मसिनो रेखा हुन्छ। बेलाबेला त्यो खुट्याउन नसक्दा कामुक बन्न वा बनाउन खोज्नेहरू अश्लील भएका उदाहरण पनि प्रशस्त छन्।
विशेषतः सिनेमा तथा मोडलिङ्का क्षेत्रमा सफलताका लागि सेक्सी देखिनु वा हुनुलाई आवश्यक गुण मानिन्छ। तर, खासमा यो चाहना कामुकताको हो। सिनेमा र मोडलिङ्को कुरा गर्दा हामीले बढी अंगप्रदर्शन गर्ने र आँटिला दृश्यमा सहजताका साथ अभिनय गर्ने अभिनेत्रीलाई सेक्सीको पगरी गुथाउने गरेका छौँ, कामुक मान्ने गरेका छौँ। पछिल्लो पुस्ताका करश्िमा केसी, कृष्टि केसी, बीना बुढाथोकी, सारंगा श्रेष्ठहरू यसै कारण सेक्सी वा भनौँ कामुक नायिकामा गनिए। करश्िमाले आफ्ना हरेक अन्तर्वार्तामा आफूलाई 'ग्ल्यामरस' भएको दाबी गररिहे पनि अरूहरू भने एकोहोरो उनलाई सेक्सी प्रमाणित गर्न लागिरहे। अंग प्रदर्शन र कामुकताका सन्दर्भमा चलचित्र निर्देशक यादव खरेल भन्छन्, "अलिअलि उत्सुकता भन्ने कुरा बाँकी रहेन भने पनि त्यसको कुनै अर्थ हुँदैन। रहस्य र उत्सुकताले सेक्सी बनाउँछ।"
तर, तिनै खरेलले पनि संवेदनशील अभिनयका लागि चर्चित गौरी मल्ललाई समेत एउटा चलचित्रका लागि सेतो धोतीमा बेरेर झरनामा भिजाए। तर, त्यसले न त गौरी मल्ललाई सेक्सी नायिका बनायो, न त्यो ग्ल्यामर खरेलले भजाउन सके। 'ब्यालेन्स' नभएको खाताबाट काटिएको चेकजस्तो त्यो प्रयास 'बाउन्स' भयो। उदांगो बन्दैमा सेक्सी वा कामुक दुवै नहुन पनि सकिन्छ भन्ने कुरालाई यसले पनि पुष्टि गर्छ। त्यसपछिको मध्य पुस्तामा रेखा थापा र अहिलेको नयाँ पुस्तामा विनीता बराललाई अंग प्रदर्शनमा उदारताका लागि सेक्सी र कामुक भन्न थालिएको छ। के नेपाली चलचित्रका कामुक नायिकाहरू उनीहरू मात्र नै हुन् त ? केहीअघि मात्र रििलज भएको एक फिल्ममा अंग प्रदर्शन गरेको भनेर सेक्सीको उपाधि पाएकी नायिका विनीता बराल भन्छिन्, "अंग प्रदर्शन गर्दैमा सेक्सी देखिन्छ भन्ने कुरामा म विश्वास गर्दिनँ। समग्र व्यक्तित्व, हाउभाउ, बोली र त्यस प्रकारका दृश्यमा अभिनय गर्दाको आत्मविश्वासले कसैलाई सेक्सी बनाउँछ।"
बदलिँदो समयसँगै बिस्तारै मान्यताहरू परविर्तन हुन थालेका छन्। सञ्चार र प्रविधिको द्रुत विकासका कारण बाहिरी समाजसँग घुलमिल गर्न सहज भएका कारण अचेल हाम्रो समाजमा सेक्स र सेक्सी भन्ने शब्दको बुझाइ परमिार्जन हुँदै गएको पाइन्छ। त्यसका साथै चरत्रिको सम्बन्धमा व्याप्त मिथकहरू पनि क्रमशः भंग हुँदै गएका छन्। त्यति मात्रै नभई आजको समाज बढी उदार र सहज हुन थालेको अनुभव गर्न सकिन्छ। अरूको तुलनामा उदार मानिने 'शो बिज'का व्यक्तित्वहरूलाई पनि केही समयअघिसम्म आफ्नो यौन जीवनका बारेमा सार्वजनिक रूपमा कुरा गर्न हच्किनुपर्ने अवस्था थियो। विवाहपूर्वको यौन सम्बन्धलाई सबैले नकार्ने गर्थे। तर, अचेलका पुस्ता खुलेर त्यस विषयमा कुरा गर्न थालेका छन्। त्यति हुँदाहुँदै पनि एउटै उमेर समूहका विभिन्न युवतीलाई कसैले तपाईंलाई सेक्सी वा कामुक भन्यो भने कस्तो लाग्छ भन्ने प्रश्न गर्दा कानको लोती रातो पारेर घोसेमुन्टो लगाउने, जिब्रो थुतिदिन्छु भनेर आक्रामक प्रतिक्रिया दिनेदेखि लिएर त्यसलाई प्रशंसाको रूपमा लिएर दंग पर्छु भन्नेजस्ता विविध प्रतिक्रिया पाइन्छ। सेक्सी भनेको के हो भन्ने कुरामा अझै पनि यो असमञ्जस्यता केही हदसम्म बाँकी नै छ।
सौन्दर्यशास्त्रका बारेमा अध्ययन गरेका दन्त चिकित्सक डा सुशील कोइरालाको भनाइमा हरेक मानिसको आफ्नो बेग्लै शारीरकि बनोट हुन्छ। त्यसलाई कत्तिको सहज र आकर्षक रूपमा प्रदर्शन गर्न सक्ने हो, त्यसैले मान्छे सेक्सी देखिने वा नदेखिने भन्ने निक्र्योल गर्छ। कोही सबै शरीर ढाक्ने पहिरनमा पनि सेक्सी देखिन सक्छन् भने कोही निर्वस्त्र हुँदा पनि त्यस्तो नदेखिन सक्छन्।
'सेक्स अपिल' भन्ने कुरा प्रकृतिप्रदत्त कुरा हो तर मानिसले लबाइखबाइ र व्यक्तित्वमा ल्याउन सक्ने परविर्तनले पनि धेरै हदसम्म त्यसलाई प्रभावित पार्न सक्छ। विश्वका विभिन्न भागमा कस्तो मान्छे सेक्सी हो भन्ने फरक-फरक मत पाइने हुनाले एउटै कसीमा सबैलाई नाप्न भने सकिँदैन। तर, जे भए पनि आफू सेक्सी देखिन चाहनु भनेको विपरीत लिंगीको यौनजन्य चाहनालाई भड्काउनका लागि मात्रै हो भनेर चाहिँ भन्न मिल्दैन। आफू आकर्षक देखिनाले मानिसमा आत्मविश्वासको वृद्धि हुने गर्छ। आत्मविश्वासी मानिसले कुनै पनि क्षेत्रमा अरूको तुलनामा सफलता प्राप्त गर्छ। यस अर्थमा बुझ्ने हो भने सेक्सी देखिन चाहनु नाजायज कुरा होइन, पौरुषताको परचिायक पनि होइन र चरत्रिहीनता त पटक्कै होइन भन्ने कुरा अहिलेको समाजले बिस्तारै स्वीकार गर्दै आएको छ। ध
फिल्म : ग्ल्यामरस रस !
- मनबहादुर बस्नेत
नायिका रेखा थापाले फिल्ममा लगाएका छोटा कपडाले नै उनलाई धेरैले सेक्सी र कामुक नायिकाका रूपमा चिन्छन्। उनी प्रायः फिल्ममा मिनी स्कर्टजस्ता छोटा पहिरनमै देखिएकी छन्। भन्छिन्, "कलाकार भएपछि राम्री र आकर्षक त हुनैपर्यो नि!" आफूले फिल्ममा छोटा पहिरन लगाएर क्रान्ति नै गरेको रेखाको दाबी छ। "थुप्रै आलोचना खेपेर यहाँ आइपुगेकी हुँ। अब त म ५० वर्षसम्म जवान नै देखिन्छु होला।"
तर, फिल्ममा अब यस्ता सिन सामान्य बन्दै गएका छन्। "विषयवस्तुसँग मेल खायो र यस्ता सिन भल्गर नभई ग्ल्यामरस देखियो भने दर्शकले पनि सहज रूपमा लिन थालिसकेका छन्," सेक्स थि्रलर फिल्म चपली हाइटकी नायिका विनीता बराल भन्छिन्।
लुटमा उत्तेजक आइटम डान्स गरेपछि नै सुषमा कार्कीले बिन्दासमा तीन लाख रुपियाँमा मुख्य भूमिका पाइन्। फिल्ममा उनले नग्न दृश्य दिनेछिन्। आफ्नो जीउभर िकसैले बान्ता गरििदएपछि सुषमालाई निर्वस्त्र देखिनेछ। "कन्टेन्ट राम्रो हुनुपर्यो," उनी भन्छिन्, "युवा पुस्तामा फिल्ममा रुचि बदलिएको चाहिँ पक्का हो।"
त्यस्तै विजय पराजयमा नायिका रूपा राणाले सरोज खनालसँग दिएको सानो बेडसिनजस्तो दृश्यमा पनि ठूलै खैलाबैला मच्चिएको थियो, फिल्मी क्षेत्रमा। मनकामना फिल्ममा शिव श्रेष्ठ र करश्िमा मानन्धरले दिएको कामुक अधर चुम्बनको दृश्यले पनि फिल्मी क्षेत्रलाई गरमागरम बनाएको थियो। चलचित्र हंगामामा नदीकोे किनारामा नायिका रेजिना उपे्रतीलाई पछाडिबाट निर्वस्त्र देखाइएको थियो। रेजिनाले आफू चर्चामा आउनकै लागि यस्तो दृश्य दिएको बताएकी थिइन्।
फिल्ममा कामुकताको पारो बढ्दै जानुलाई कतिपयले यौनका मामलामा नेपाली समाजमा देखिएको उदारपन र खुलापनको संकेतका रूपमा अथ्र्याएका छन्। निर्देशक यादव खरेल पनि सामाजिक मूल्य-मान्यतामा आएको परविर्तन र दर्शकका रुचिमा देखिएका फेरबदलले फिल्ममा यस्ता चीजको प्रयोग बढेको बताउँछन्।
राजेश हमाल र नन्दिता केसीले द युगदेखि युगसम्म फिल्ममा 'टङ्किस'को दृश्य दिँदा हमाल पसिनैपसिना भएका थिए। त्यस फिल्मका निर्देशक दीपेन्द्र के खनाल भन्छन्, "१८ टेक किस सिन खिच्नुपरेको थियो। उनी निकै हैरान देखिन्थे।" सम्भवतः अभिनेता हमाल र पछिल्ला दिनमा रजतपटमा उदाएका कलाकारका बीच यौनलाई हेर्ने दृष्टिकोणमा अन्तरानुभूति भएकाले यस्तो भएको हुनुपर्छ। तिनै हमालले कसम फिल्ममा विना बुढाथोकीसँग समुद्रमा उत्तेजक पोज दिँदासमेत त्यो दृश्यलाई लिएर चर्चा भएको थियो। पछिल्ला दिनमा यौनिक चर्चाकै कारण फिल्म लुट र चपली हाइटले गज्जब व्यापार गरेपछि आधा दर्जन फिल्म यौन र युवा पुस्ताकै विषयमा बन्ने तरखरमा छन्। प्रविधिको सहज पहुँचका कारण खल्तीमै बोकेकोे मोबाइलबाट संसार नियाल्न सकिने अवस्था आइसकेको छ। इन्टरनेटले गर्दा युवापुस्ता आफूले चाहेको जुनसुकै कुरा पनि हेर्न सक्ने अवस्थामा पुगेका छन्। "स्वाभाविक हो, यस्तो प्रविधिमा हुर्किएको पुस्ताले फिल्ममा आएका यस्ता दृश्यलाई सहज रूपमा लिन थालिसकेको छ," डि्रम्स एन्ड आइडियाजका संस्थापक अभिनव कसजू भन्छन् "अमेरकिामा हुर्किएको बच्चा र काठमाडौँमा हुर्किएको बच्चाले प्रयोग गर्ने प्रविधिको पहुँचमा खासै फरक हुन छाडिसक्यो, त्यसैले त यस्ता दृश्यहरू पाच्य हँुदै छन्।" अर्कातिर मनोरञ्जन पत्रपत्रिकामा छापिने मोडलका ब्लोअप, फेसन टीभी कार्यक्रम, कलात्मक फोटोग्राफीको सुरुवातजस्ता कारणले पनि यस्ता कुरा समाजमा सामान्य बन्दै गएका छन्।
जबकि, नेपाली भाषाको पहिलो फिल्म सत्य हरिशचन्द्रमा महिला पात्रको भूमिकामा अभिनय गर्ने कलाकार तयार नभएपछि पुरुषले नै महिला बनेर अभिनय गर्नुपरेको थियो। यो पाँच दशकमा नेपाली फिल्म यस्तो रफ्तारमा विकास भयो कि यौनजन्य दृश्यका लागि अन्कनाउने नायिका भेटिनै मुस्किल छ। नायिकाहरूबीच उत्तेजक दृश्य दिने होडबाजी चलेको मात्रै छैन, यही कारण मिल्ने साथीसँगको सम्बन्धसमेत पानी बाराबारमा परण्िात हुन पुगेको घटना ताजै छ।
एकातिर नवप्रवेशीहरू फिल्ममा कामुक दृश्यका लागि सहज रूपमा प्रस्तुत हुँदै छन् भने अर्कातिर यस्तै सूत्रमा बनाइएका फिल्मले व्यापारसमेत राम्रै गर्न थालेका छन्। फिल्म निर्देशक खरेलको अनुभवमा अहिले नेपाली समाजका मूल्य, मान्यतामा समेत क्रमशः आएको परविर्तनको संकेत हो यो। तर, उनले भनेजस्तै के साँच्चिकै नेपाली समाज यौनप्रति उदार बन्दै गएको हो त ? मानवशास्त्री सुरेश ढकालका अनुसार नेपाली सामाजिक संरचनाको एउटा तहमा उदारीकरणले व्यक्तिलाई बढी नै स्वतन्त्र र उन्मुक्त भने बनाएको छ। भन्छन्, "हिन्दु दर्शन र धर्मले थिचिएको नेपाली समाजको प्रभावशाली हिस्सामा समेत अहिले यौन आकांक्षा खुला रूपले व्यक्त गर्ने आँट र धृष्टता हुन थालेका छन्।"
समाजमा आर्थिक, सामाजिक र सांस्कृतिक तीनवटै पक्ष एकसाथ परविर्तन भइरहेको हुन्छ। उदारीकरणले व्यक्तिको निजत्व कायम र वैयक्तिकता निर्माण गररिहेको हुन्छ। यसैकारण व्यक्ति बढी उन्मुक्त र स्वतन्त्र पनि भइरहेको हुन्छ, जसको झल्को फिल्ममा समेत देखिएको छ।
नेपाली फिल्मको सुरुवाती चरणमा कामुक दृश्य नदिनुमा तात्कालिक सामाजिक संकुचनले मात्रै नभई राजनीतिक कारणले पनि ठूलो भूमिका खेलेको थियो। किनभने, ०४६ सालभन्दा अघि बन्ने सिनेमाको उद्देश्य केवल उतिबेलाकै राजनीतिक व्यवस्थालाई टेवा पुर्याउनु मात्र थियो। निर्देशक खरेल भन्छन्, "त्यही भएर नेपाली फिल्मको सुरुवाती कालमा देशप्रेमको भावना जगाउने फिल्म बढी मात्रमा बन्थे।"
बहुदलीय व्यवस्था आएसँगै समाजमा अभिव्यक्ति स्वतन्त्रताका कुराले समेत पर्याप्त स्थान लिन थाल्यो। त्यसपछि भने फिल्मको उद्देश्य सन्देश दिनुमा मात्रै सीमित रहेन। सामाजिक मूल्य, मान्यतामा परविर्तन आउन थालेपछि फिल्मले समेत व्यावसायिक रूप लिन थाल्यो। पाखुरा देखाउन लाज मान्ने नायिकाहरू अर्धनग्न रूपमा फिल्ममा प्रस्तुत हुन थालेको खरेलको अनुभव छ। उनले निर्देशन गरेको फिल्म लोभीपापीमा नायिकाले झरनामा नुहाएको दृश्यलाई समेत त्यतिबेला कस्तो दृश्य राखेको भनेर टिप्पणी भएको उनी सम्झन्छन्। सन्तानमा उज्ज्वल घिमिरेसँग करश्िमा मानन्धरले दिएको सानो बेडसिनलाई लिएर हंगामै भएको थियो, त्यतिबेला। साथी फिल्ममा छोटो स्कर्ट लगाएपछि नै करश्िमालाई धेरैले चिन्न थालेको स्वयं करश्िमा नै स्वीकार्छिन्। भन्छिन्, "नग्नता र ग्ल्यामर फरक कुरा हुन्। हामी चर्चा गरएिजति नग्न भइसकेका छैनौँ। ग्ल्यामरस हुँदै छौँ।"
नग्न मोडल, नग्न चित्र
अमेरकिामा अध्ययन सकेपछि चार वर्षअघि नेपाल फर्किएर न्युड पेन्टिङ् गर्दा उनलाई परविारको मात्रै साथ थियो। तर, अहिले बिस्तारै समाजले यसलाई स्वाभाविक रूपमा लिन थालेको उनको अनुभव छ। प्रारम्भिक दिनमा न्युड पेन्टिङ्का लागि विदेशी मोडल मात्रै पाएका उनले अहिले नेपाली मोडल नै पाइरहेका छन्।
नेपालमा मोडल राखेरै न्युड पेन्टिङ् गरेको स्वीकार्ने सम्भवतः कपिलमणि पहिलो हुन्। उनी यसअघि कल्पना गरेरै कलाकारहरूले यस्ता चित्र तयार गर्थे। उत्तम नेपाली, गोविन्दसिंह डंगोल, हरबिहादुर खड्का, शंकरनाथ रमिाल, गौतमरत्न तुलाधर, श्यामलाल श्रेष्ठ र रागिनी उपाध्यायले पनि न्युड पेन्टिङ् गरेको बताए पनि यसलाई प्रदर्शनीमा भने ल्याउन सकेनन्। रागिनीले बज्र होटलमा सन् १९८५ मा यस्ता पेन्टिङ्का केही थान प्रदर्शन गरेपछि खाएको खप्कीले हालसम्म यस्तो हिम्मत गर्न सकेकी छैनन्।
सोझै न्युड पेन्टिङ् नगरे पनि शशीकला तिवारीका चित्र पनि यौनभाव झल्कने खालका छन्। तर, उनी आफू यही 'थिम'मा बसेर चित्र कोरेको स्वीकार्दिनन्। कतिपय कला समीक्षकहरू कलाकार शशीविक्रम शाहको घोडाको चित्रलाई समेत यौनशक्तिका रूपमा व्याख्या गर्छन्। तर, शाह भने यस्तो समीक्षाले घोडाको शक्तिलाई संकुचन गरेको बताउँछन्।
कलाकार अस्मिना रञ्जित यौनिकता मानिसको पहिचान भएकाले आफूले यही विषयमा चित्र कोरेको बताउँछिन्। अस्ट्रेलियाबाट पढेर फर्केपछि उनले बनाएका चित्र देखेर धेरैले अस्मिनालाई विदेशमा यस्तै काम गरेर आएको भन्ने सोचेको उनको कटु अनुभव छ। तर, अहिले यस्ता कार्यलाई स्वाभाविक मान्न थालिएको उनको भनाइ छ। "लाज भनेर छोपिएका कुराले महिलामा यौन रोगजस्ता चीज निम्त्याएको उदाहरण थुप्रै भेटिन्छन्," उनी भन्छिन्, "त्यही भएर मैले महिलाको पनि अस्तित्व छ भनेर देखाउन यस्ता चित्र कोर्न थालेकी हुँ।"
'न्युडिटी भनेको प्रकृतिसँग नजिक'
ििसर्जना जोशी, निर्देशक
साहित्य र संगीत: उध्रँदो चोली
यौन र यौवनका विषयमा उदार सबैभन्दा पुरानो विधा साहित्य नै हो। संस्कृतका महाकवि कालीदासले युगौँअघि कुमारसम्भवमा गरेका नारी वर्णन मात्र हेर्ने हो भने यसबारे भेउ पाउन सकिन्छ। उनले त्यस काव्यमा पार्वतीका यौनांगहरूको यति सुन्दर र सौम्य शैलीमा वर्णन गरेका छन् कि त्यस हदसम्म आजका कलमशिल्पीहरू जान सकेका छैनन्। हो, कसैले लेखेका छन् भने पनि
अर्का कवि भतर्ृहरलिे पनि नारी सौन्दर्यको वर्णनमा नारीका अवयवहरूकै चर्चा गरेका छन्। जस्तो ः एउटी नारी पूर्ण सौन्दर्यवती हुनलाई के के गुणको आवश्यकता पर्छ भन्ने सन्दर्भमा उनले हात्तीको कनपटजस्तै पुष्ट, उन्नत वक्ष र बाहिर उठेको नितम्ब भएका स्त्री कामवासनायुक्त हुन्छन् भनेका छन्।
पुरातनकालका साहित्यमा नारी सौन्दर्य उसको अवयवहरूको वर्णनबिना पूर्ण हुँदैन भन्ने मान्यता थियो। यौन र मनोवादका प्रखर विश्लेषक विश्वेश्वरप्रसाद कोइरालाले आफ्नो प्रसिद्ध आख्यान सुम्निमामा पात्र सुम्निमालाई निर्वस्त्र पारेर उनको शारीरकि संरचनाको व्याख्यान गर्नु कुनै आपत्तिजनक प्रसंग थिएन। उनका सहोदर भाइ तारण्िाीप्रसाद कोइरालाले तीन दशकअघि लेखेको र हालै प्रकाशित उपन्यास अग्नि वाटिकामा विश्वेश्वरभन्दा धेरै कदम अघि बढेर नारी यौनलाई सौन्दर्यका रूपमा उल्लेख गरेका छन्।
खुलेर होस् या सांकेतिक र द्विअर्थी रूपमा होस्, साहित्यमा नारी कलात्मकता उसका छोपिएका अंगहरूको नापनक्साका आधारमा गरएिका छन्। त्यसैले सृष्टिको सुरुदेखि आजसम्म नारी आकर्षणको केन्द्रबिन्दु उसको रूप-लावण्यभन्दा पनि आंगिक पुष्टतालाई नै मानिँदै आएको पाइन्छ। पछिल्लो समय प्रकाशित अविनाश श्रेष्ठको कथासंग्रह तान्या इन्द्रकमल र अन्धकारमा एउटा कथा छ, 'जुनेली रातकी द्रौपदी'। यसमा कथाकारले कथित द्रौपदीका तिघ्रा, कम्मर, वक्ष र नितम्बको सुन्दर र त्यस स्त्रीलाई तप्त मरुभूमिमा भोग्ने पात्रहरूको रसिक र उन्मत्त शैलीको वर्णन गरेका छन्।
साहित्यमा यौन-सौन्दर्यको मिहिन वर्णन भएका कृतिमध्ये तारानाथ शर्माको उपन्यास आगो आजपर्यन्त चर्चित छ। त्यसयता परशु प्रधान, पुष्कर लोहनी, सीता पाण्डेले पनि साहित्यमा यौनवादी धारलाई अझ खुलस्तसँग भित्र्याए। पाण्डेको 'कालो पोखरी'जस्ता कथाले यौनिक आशक्तिलाई स्वीकारोक्ति दिएका छन्। अविनाश भन्छन्, "हाम्रो साहित्यिक फाँट आदिकालदेखि नै यौनधारमा चर्चित थियो, आज त झन् उदार हुन पुगेको छ।" त्यसैले कुनै समय अलि अश्लील र अति यौनिक मानिने साहित्य आज आएर कलात्मक र ग्राह्य साहित्यको कोटिमा गनिएका छन्।
नेपाली संगीतकै कुरा गर्ने हो भने पनि छ दशकअघि आदिगायक मित्रसेनले गाएको गीत 'मलाई खुत्रुक्कै पार्यो जेठान तिम्री बहिनीले'मा नै यौनिक मादकता छ। यहाँ जेठानकी बहिनी अर्थात् आफ्नी श्रीमतीले गायकलाई दाउराको चिर्पटले हानेर खुत्रुक्कै पारेको प्रसंग होइन भन्ने अर्थमा बुझेपछि खुत्रुक्कै पार्नुको कारणबारे धेरै घोरइिरहनु पर्दैन। यस गीतमा नारी यौन उदारतापूर्वक प्रकट भएको छ, सांकेतिक रूपमा।
तर, यसभन्दा धेरै पाइला अघि बढेर आजको संगीत चेलीले लगाउने चोलीको वरपिर िपरभि्रमण गररिहेछ। चेलीले लाउने चोलीमाथि धेरै नेपाली गीतहरू कथिएका छन्। चाहे शिष्ट र सौम्य 'मखमली चोली चाहिँदैन' होस् अथवा उदार यौवनमाथि लेखिएको 'चोली सानो भो' भन्ने गीत, यिनले कुनै न कुनै रूपमा नारीका वक्षका नापनक्साका वर्णन गरेका छन्।
'छुनलाई होइन, हेर्नलाई पाइन्छ, आँखालाई सेक्न जति नि पाइन्छ। उध्रेको चोली छ है, त्यही पनि लाइन्छ...।' यौनलाई खुला आमन्त्रण दिइएको लुट फिल्मको यस गीतले पाएको सीमातीत लोकपि्रयताले आजको किशोर-युवामा आएको उदार यौनको खुलस्त वर्णन गर्छ। यसकी गायिका इन्दिरा जोशी पनि यसमा पूरै विमति राख्दिनन्। उनका कथनमा पनि आजको समाज धेरै अघि बढिसकेको छ, यौनप्रवृत्तिमा। यो गीत दर्शक-स्रोताका ओठको सुसेली हुनुका कारण पनि अबका पुस्ता खुल्दै गएको यौनप्रसंगलाई पचाउने मात्र होइन, स्वीकार्ने अवस्थामै पुगेको कुरा खुलस्त हुन्छ। कुनै समय गोपाल योञ्जनले 'वर्णन गरेर तिम्रो सर्वांग लेखिदिन्छु' भन्ने शब्दावली प्रयोग गर्दा जिब्रो टोक्ने अवस्थाबाट रूपान्तरति भई आजको पुस्ता 'उध्रेको चोली'भित्र चिहाउन आपत्ति ठान्दैन। र, यसले सामाजिक स्वीकृतिसमेत पाइसकेको छ।
देवालय : अर्थ टुँडाल आसनको
तले शैलीका मन्दिरमा पाँचौँ/छैटौँ शताब्दीमा लिच्छविकालदेखि नै टुँडालमा कला कुँद्न थालिएको हो। सुरुमा शरीरका विभिन्न मोडका रूपमा मात्रै कला बनाइन्थ्यो। हिन्दु धर्ममा यसरी तले मन्दिरमा टुँडालमा कला कुँद्ने काम भने बौद्ध धर्मबाट आएको हो। कुषणकालमा यक्षसीहरूको मूर्ति बनाइन्थ्यो। वनदेवीले भिक्षुहरूको रक्षा गरेको र पछि हिन्दु संस्कृतिमा वनदेवीलाई कालाभाञ्जिकाकै स्वरूप मानियो। कालाभाञ्जिकाले आफ्ना मान्छेलाई रूखका हाँगामा बसेर सुरक्षा दिन्छिन् भन्ने विश्वास भएका कारण मन्दिरको माथिल्लो भागमा ४५ डिग्री बनाएर रूखकै हाँगामा झुन्डिएजसरी मूर्ति कुँद्न थालिएको हो। यतिबेलासम्म मन्दिरमा यसरी यौनक्रीडाका विभिन्न आसनसहितका कला देख्न पाइँदैनथ्यो। तर, १३औँ शताब्दीमा पनौतीमा निर्माण भएको इन्द्रेश्वर महादेव मन्दिरको टुँडालमा भने कामुक कला देख्न सकिन्छ। मन्दिरजस्तो धार्मिक ठाउँमा यौनेच्छा जगाउने विषय कसरी आयो ? यो कुरामा भने विद्वान्हरूबीच विचार बाँडिएको छ। तीमध्ये केही मन्दिरमा यौनजन्य संकेतसहितका कला राख्दा चट्याङ पर्दैन भन्ने लोकविश्वासका साथ यस्तो गरएिको बताउँछन्। कोही भने यस्तो तर्क गर्छन् ः तात्कालिक बौद्ध र हिन्दु धर्म मान्नेहरूमा जीवनप्रति चरम वितृष्ण पैदा भएकाले उनीहरू सांसारकि जीवन त्यागेर भिक्षु र जोगी बन्न थाले। व्यापक मात्रामा यस्तो हुन थालेपछि मानव विकास प्रक्रिया र सृष्टिको चक्र नै बिथोलिने भय बढ्यो। त्यसपछि यस्ता चित्र देखाएर मानिसहरूलाई सन्तान उत्पादनका लागि प्रोत्साहन गर्न मन्दिरहरूमा यस्ता कला कुँद्न थालियो।
तेस्रो मत के छ भने, जसरी मन्दिरको बाहिरी भागमा कामुक कला हुन्छ र भित्र देवताको मात्रै बास हुन्छ, त्यसरी नै मन्दिरजस्तो पवित्र स्थलमा पस्दा मानिसले नराम्रा विचार, भावना बाहिरै फालेर विशुद्ध धार्मिक भावना र कार्यका लागि मात्रै पस्नुपर्छ भन्ने सन्देश दिन यस्ता कला कुँदिएका हुन्।
चौथो : बौद्ध र हिन्दु धर्ममा शक्तिदेवीको पूजाआराधना गर्ने चलन बढी थियो। तन्त्रमन्त्रको प्रयोग पनि घनीभूत थियो। तन्त्रमन्त्र प्रतीकात्मक रूपमा बढी प्रयोग गरन्िछ। र, उनीहरूले त्यही बेला यौनलाई प्रतीक बनाएर तन्त्रमन्त्रको प्रयोग गरेको अर्काथरीको मत छ। यौनाकांक्षा झल्किने यस्ता कला मन्दिरका टँुडालमा कुँदिए पनि तत्कालीन समाज व्यभिचारी थियो भनेर भन्नुचाहिँ गलत हुन्छ। तर, यस्ता चित्रलाई पनि त्यतिबेलाको समाजले सहजै स्वीकारेको थियो।
(नेपाल तथा दक्षिण एसियाली अध्ययन केन्द्र, सिनासका प्राध्यापक डिल्लीराम दाहालसँगको कुराकानीमा आधारति)
'खोइ यौन फोल्डर ?’
पछाडिबाट हेर्दा भने उसले नितम्बमा पहिलो नजर लगाउँछ। राम्रो भए पुनः फर्किएर हेर्छ। त्यसपछि शारीरिक बनोटतर्फ ध्यान दिन्छ। शरीरलाई आकर्षक देखाउन लुगा लगाउने हो। लुगा शारीरिक बनोटसँग मिल्ने भयो भने सेक्सी देखिन्छ, नभए भद्दा।
मान्छेको जीवनशैली हेर्दा समाज उदार बन्दै गएको हो कि भन्ने लाग्छ। तर, अवस्था त्यस्तो छैन। सर्भिस, माइन्ड र सेक्स (एसएमएस)लाई सन्तुलित बनाउन नसक्दा जति नै धनी भए पनि मानिस खुसी छैनन्। धेरै मान्छे अहिले कामलाई बढी प्राथमिकता दिएर तनावमा हिँड्छन्। यसले दोस्रो र तेस्रो कुरा अर्थात् माइन्ड र सेक्सलाई असर गरिरहेको हुन्छ। फेरि तेस्रो कुराप्रति मानिस साँच्चै उदार भयो भने पहिलो र दोस्रोलाई समेत सकारात्मक असर पार्छ। हामीले यौनकार्यको फोल्डर दिमागमा खोल्नै सकेनौँ। मानिसले यसलाई केवल शारीरिक आवश्यकता बनाए, भावनात्मक बनाएनन्।त्यही भएर अहिले यौनसँग सम्बन्धित सामग्रीको बजार बढेको हो।
By: Nepal saptahik